Sunday, September 7, 2014

।$$ ।$$ ।$$ ।$$ गजल

नदुख्नु मनै´जो दुखायौ तिमीले
भिजेका परेली सुकायौ तिमीले

नसोचे तिमीले जमाना खराबी
न माया न घ्रिणा लुकायौ तिमीले

कहेका पुराना कहानी कथा ती
कहाँ हो कसोरी छुपायौ तिमीले

नसोधे मलाई तिम्रो त्यो जवानी
यी केशै र राशी फुकायौ तिमीले

म देख्थें सधैं´जो हराएँ तिमीमा
शिशा झैं छु माया चुकायौ तिमीले

 -----------------
एस बि पौडेल ¨आफन्त¨
८ सेप्टेम्बर २०१४ आईतवार
त्रिन्चेर्पे सान सेबास्टिअन
स्पेन

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...