Friday, September 19, 2014

भाग्दैछु म

-------
हो म आजभोलि भाग्दैछु,
समय र वास्तविकता देखि धेरै टाढा
अनि बर्तमान सँग सिङ्गौरी खेल्न नसकेर
लाटोबुङ्गो लोक-कथाको नायक झै
बाटो कुबाटो भाग्दै छु,
¨अन्तिम भोज¨कथाका सुत्रधार झै
देशको माटो चुम्दै म भाग्दैछु
हो म स्वतन्त्र छु भाग्न
त्यसैले म भाग्दैछु छु।

निदाउन सक्दिन म
अनेकौ एेठनहरुले थिच्छन मलाई
अनी म नभागेर को भाग्छ त?
भित्ताको घडी बोकेर भाग्छु म
स्खलित छु म
परिवर्तन पचाउन सकेको छैन
होइन सायद परिवर्तनले मलाई
पचाउन सकेको छैन,,
नितान्त फरक छन् मेरा शैलिहरु
यिनै मेरा आदर्श होलान कि,
भ्रमित छु भबिश्य सँग पनि
त्यसैले त म भाग्दै छु,

मन्दिर छिर्न डराउछु,
हरेक राता ढुङ्गा सँग तर्सिन्छु
ना कि यिनै पनि देवता हुन् भनेर,
क्रस र मस्जिद त कहिल्यै
मन मस्तिस्कमा नै बसेनन्
आस्था पनि छैन विश्वाश पनि छैन
न कहिल्यै थियो पनि,,
परन्तु म हरेक छाया सँग तर्सन्छु,
माया सँग तर्सन्छु,,

थाहा छैन मलाई
के ले लखेट्दै छ,
पछाडि नफर्की म भाग्दै छु,,
बाघडोर सम्हाल्न नसकेर भागेको
एक राजपूत झै भाग्दै छु,
अधिकार र कर्तब्य भुलेको
एक पिता झै भाग्दैछु
अनबिज्ञ छु भोलिका गन्तब्य सँग
तर पनि म भाग्दैछु।

यस्तो लाग्छ
भाग्नुको भोगाइ नै जिन्दगी हो
अर्थात जिन्दगीको पर्याय नै
भाग्नु हो,
गरुड्को छाया परेको हो
अगुल्टो देखि तर्सेको कुत्ता हो,

मलाई यती थाहा छ कि
म भाग्दै छु,
शाहु सँग ऋणी भागेको झै,
सात समुन्द्र पार पनि भाग्दै छु,,

--------------
¨आफन्त¨
अशोज ३ शुक्रबार २०७१
स्पेन


No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...