Saturday, September 20, 2014

आजभोलि यो जिन्दगी

कही धुलो कहि धुवा आजभोलि यो जिन्दगी
प्यास मात्र छैन कुवा आजभोलि यो जिन्दगी

सोचे जस्तो देखे जस्तो पराइको आङ्गनिमा
जित भन्दा हार जुवा आजभोलि यो जिन्दगी

खोक्रि सक्दा सिद्दी सक्दा पत्तो छैन सिरकको
भित्र भित्रै जल्ने रूवा आजभोलि यो जिन्दगी

उडि जाने ऊन पनि बसी जाने छाया जस्तो 
सिमलु को भयो भुवा आजभोलि यो जिन्दगी

कतै भेटे गहिराईमा कतै रै´छ् किनारामा
बिझाउने त्यो बा´लुवा आजभोलि यो जिन्दगी

सास भए आशा अरे पलाउछ कुनै दिन
आङ्कुरा देखे पा´लुवा आजभोलि यो जिन्दगी



आजभोलि यो जिन्दगी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...