Wednesday, September 10, 2014

मेरै हुन कबिता

म लेख्छु कबिता अक्षरहरु मेरै हुन्
यी सवाल आफ्नै उत्तरहरु मेरै हुन्।
सृजना गर्छु म सागरको शब्दहरुले
हिमाल, पहाड, पत्थरहरु मेरै हुन्।।
नरोक अबिछिन्न गती गोरेटाहरुमा
बषन्त शिशिर पत्झरहरु मेरै हुन्।
म जिउंछु जीवन सार पद्दतीहरुमा 
ताल र तलैया, बगरहरु मेरै हुन्।।
स्वतन्त्रताका गीत म गाउँछु सदैब
ज्वारभाटा सारा लहरहरु मेरै हुन्।
छु अबिभाज्य छातीमा बोकेर हिन्दूत्व 
हो धाक मेरा रवाफहरु मेरै हुन्।।
राख्दिन गुमराह सृस्‍टि छ सुनौलो
खोज्दिन अर्काको जवाफहरु मेरै हुन्

म लेख्छु कबिता अक्षरहरु मेरै हुन्



No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...