Saturday, September 13, 2014

जून पोखिएछ gazal

शुक्लपक्ष आङ्गनिमा जून पोखिएछ
पश्चिम मा पुग्नु पर्ने नून पोखिएछ 

चौंरी खर्क भेंडि खर्क तुषारोले खायो
सम्हालेको थोरै मेरो ऊन पोखिएछ

मुल्याङ्कन कस्को यहाँ शक्ती रैछ भक्ती
सुन्दैछु म तोला सय सून पोखिएछ

सारङ्गीले मुर्चुङ्गाले गीत बिर्स्यो अरे
तान् पुराले भन्दै थियो धून पोखिएछ

पसिनाको मोल छैन गाउँ बेशी रित्तै
बिदेशमा नेपालीको खून पोखिएछ !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...