Saturday, September 13, 2014

जून पोखिएछ gazal

शुक्लपक्ष आङ्गनिमा जून पोखिएछ
पश्चिम मा पुग्नु पर्ने नून पोखिएछ 

चौंरी खर्क भेंडि खर्क तुषारोले खायो
सम्हालेको थोरै मेरो ऊन पोखिएछ

मुल्याङ्कन कस्को यहाँ शक्ती रैछ भक्ती
सुन्दैछु म तोला सय सून पोखिएछ

सारङ्गीले मुर्चुङ्गाले गीत बिर्स्यो अरे
तान् पुराले भन्दै थियो धून पोखिएछ

पसिनाको मोल छैन गाउँ बेशी रित्तै
बिदेशमा नेपालीको खून पोखिएछ !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...