Monday, September 8, 2014

मेरी सृजना poem

म मस्त छु
मेरी उनी सँग
हो अति नै ब्यस्त छु
आजभोलि म मेरो उनी सँग
जब मन मन्दिर अस्त ब्यस्त हुन्छ
म बोलाउछु उनिलाई
सेता पन्नाहरुमा
उनी आउंछिन मसिका डोबहरु कुल्चदै
अक्षरहरुको माला पहिरिएर
गीत बनेर गुन्जिन्छिन मेरा कानहरुमा
सरगम बनेर आउछिन कहिले
धून बनेर आउछिन

लुकाउदिनन् उनी उनका
पिर ब्यथाहरु,,
म सुन्छु उनका ब्यथाहरु
त्यसैमा समाहित हुन्छु
महशुस हुन्छ मलाई
क्रन्दन बोकेर आउछिन
शुशेलिहरुमा,,
सुनकोशिको तालमा डुबेर आउछिन 
रारा र तिलिचोमा नुहाएर आउछिन
गुरांश सिहुरिएर आउंछिन

प्यारो लाग्छ,आफ्नो लाग्छ
हो सुन्दर नहुन सक्छिन
बान्की नमिलेको हुन सक्छिन
कतै भङ्ग हुन्छिन लयमा भने
कतै सूरताल नमिलेकी हुन्छिन
तर पनि उनी मेरी हुन्
मनमा सजाउंछु म

बहकिएकी हुन्छिन कहिले
मार्ग बिराएकी हुन्छिन
तर म उनिलाई
ट्र्याक मा ल्याउन खोज्छु
किन कि नादान छिन उनी
म जस्तै अबोध छिन उनी
मेरो नाबालक बाबु जस्तै
फुरुङ्ग हुन्छिन ,,,

म पनि फुरुङ्ग हुन्छ
उनी सङ्गै केहीबेर
हराउछु बहलाउछु
अनि कतै एकान्तमा टोलाउछु
परको क्षितिजको रङ्ग टिप्न खोज्छु
उनको सिउँदो रङ्गाउन,,
हो म उनी सँग रमाउछु
किन कि उनी आधार हुन

हो उनी मेरी बर्तमान र अतित  हुन
अनबिज्ञ छु म
भबिश्यमा उनी म सँग हुन्छिन या हुन्नन्
तर बर्तमानमा उनी मेरी हुन
म उनको,

हिजो भने जस्तो
उनी मेरी कल्पना हुन
सम्झना हुन सपना हुन
बिपना हुन भावना हुन
सद्भभाब हुन,,हो उनी
मेरी सबै हुन
जीवन हुन जवानी हुन
जिन्दगी हुन
परन्तु मेरी
कोरा कल्पना र दिवा स्वप्ना होइनन्

किन कि म आत्मसाथ गर्छु
म मेरी उनिलाई
छातीमा टांसेर राख्छु
उनी मेरी सृजना हुन !!

.........................
८ सेप्टेम्बर,२०१४ सोमबार
स्पेन

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...