Tuesday, September 2, 2014

ए बातें पुरानी song

पूर्णिमाको जून जस्तो तिम्रो जवानी
भएं लौ तयार सुन्न, तिम्रो कहानी

नसुनाउ भो छाती दुखाउने कथा
स्विकार छ मलाई भएमा बिहानी

बिगत नकोट्याउ म सोध्दिन पनि
ईशारा काफी छ बन्दिन बेई´मानी 

यादहरु सारा यहाँ भुल्नका लागि
छाड्देउ भन्न बाँकी ए बातें पुरानी

सुने ? सुनिन नसोध तिम्रा अतित
बनाऔं मिली हाम्रो सफर सुहानी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...