Tuesday, September 2, 2014

ए बातें पुरानी song

पूर्णिमाको जून जस्तो तिम्रो जवानी
भएं लौ तयार सुन्न, तिम्रो कहानी

नसुनाउ भो छाती दुखाउने कथा
स्विकार छ मलाई भएमा बिहानी

बिगत नकोट्याउ म सोध्दिन पनि
ईशारा काफी छ बन्दिन बेई´मानी 

यादहरु सारा यहाँ भुल्नका लागि
छाड्देउ भन्न बाँकी ए बातें पुरानी

सुने ? सुनिन नसोध तिम्रा अतित
बनाऔं मिली हाम्रो सफर सुहानी

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...