Tuesday, September 2, 2014

हंसी भयो जीवन gazal

लेख्दा मेटिजाने मसी भयो जीवन
बाट्दा चुँडिजाने रसी भयो जीवन

सुन भन्दा जलप पित्तलका कर्जा
कस्दा उडिजाने कसी भयो जीवन

असामीको ऋण चालिस लिएं हिजो   
दिंदा बढिजाने असी भयो जीवन

आडम्बरले कति बांच्ने जिन्दगीमा
देख्दा उठिजाने हंसी भयो जीवन

लेख्दा मेटिजाने मसी भयो जीवन
बाट्दा चुँडिजाने रसी भयो जीवन

(हसी - हांसो हंसी  )

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...