Tuesday, September 2, 2014

हंसी भयो जीवन gazal

लेख्दा मेटिजाने मसी भयो जीवन
बाट्दा चुँडिजाने रसी भयो जीवन

सुन भन्दा जलप पित्तलका कर्जा
कस्दा उडिजाने कसी भयो जीवन

असामीको ऋण चालिस लिएं हिजो   
दिंदा बढिजाने असी भयो जीवन

आडम्बरले कति बांच्ने जिन्दगीमा
देख्दा उठिजाने हंसी भयो जीवन

लेख्दा मेटिजाने मसी भयो जीवन
बाट्दा चुँडिजाने रसी भयो जीवन

(हसी - हांसो हंसी  )

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...