Friday, September 26, 2014

गिद्ध,लास र झिङाहरु via nareedarpan poem

कबिता 

जिउँदा लासहरुले घेरेर राखेका छन्
मृत शरीर, हो एउटा अर्को लास
कन्काल र छाला मात्रको 
थाहा छैन किन झुम्मिएका छन् 
जिउँदा लासहरु छद्मा भेसमा 
कोही कानुन हुँ भन्छन्
कोही राष्ट्रको सरकार भन्छन्
कोही अधिकार हुँ भन्छ्न् 
तर केही पर 
कोही खित्का छोडेको सुनिन्छ,
सबै जिउदा लास त्यती दौडन्छन्
बिचरा लास एक्लै हुन्छ 
माथि बाट गिद्धहरुको 
यस्तो लाग्छ,बिजय जुलुस नै आउँदैछ,
के थाहा ति गिद्धहरु वरपर नै थिए  
त्यो जिउदो लास मृत घोषित हुनु पूर्व नै 
दारा र नग्रा खियाउदै थिए 
अनि  कामना गर्दै थिए कि 
चाडैं नै जिउँदा लास बाट प्राण पखेरू उडोस् भनेर। 

हो तिनै गिद्धहरु हुन्,
हाम्रा छाना माथि सदैब रुगेर बस्ने 
आज बिच शहरमा रुङ्दै छन् 
एउटा पुरानो जिउदो लास 
हिमालको काखबाट न्याय खोज्दै 
शहर पसेको,,,
लखेटी लखेटी
तिनै गिद्धहरुले लिए आखिर प्राण पनि 
फरक एत्ती छ कि 
आज तिनै गिद्धहरु 
आशू झार्दै छन् 
कतै सुक्सुकाउदै छन् भने 
कतै भक्कानिदै छन्। 

सिङो शहर नतमस्तक छ,
पत्थर बनेका छन् मनहरु 
कानुनका पहरेदारहरु 
आँफै अशुरक्षित छ्न्
कानुन बन्द किताब,,
औचित्य हिन नाराहरु गुन्जिएका छन् 
जिउँदा लासहरुको जुलुशमा,,

लास उठ्न सकेको छैन 
आज बेबारिसे बनेको छ 
हिजोको जिउदो लास,,
सेलाएका छैनन् 
लासमा राजनीति गर्नेहरु 
सुसुप्त छैनन् पर्खाइमा छन्
हरिया बिटाहरुको राजमार्ग खोज्दै
लाज पचेकाहरु लुछ्दै छ्न् 
आज उही लास,,
नाङो नाच देखाउदै,
जिउँदा  लासले लास लुछेको देख्दा 
गिद्धहरुको के कुरा आज 
झिङ्गाहरु भन्कन छाडिसके,,


जिउँदा लासहरुले घेरेर राखेका छन्
मृत शरीर,हो एउटा अर्को लास। 
-----------------------
श्रीभक्त पौडेल ¨आफन्त¨

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...