Sunday, September 7, 2014

।$$ ।$$ ।$$ ।$$ गजल

कसोरी कसोरी समायौ मनैमा 
नसोधी नसोधी रमायौ मनैमा

बिहानी सुनौला मिठा ती कहानी 
नबोली नबोली थमायौ मनैमा

म भेट्थें सहारा उसैको किनारा
नखोली नखोली कमायौ मनैमा

सिमाना नघायौ रुवायौ हसायौ
नघोली नघोली जमायौ मनैमा

जमाना दिवाना बनायौ तिमीले
कसोरी कसोरी समायौ मनैमा 

-----------------
एस बि पौडेल ¨आफन्त¨
७ सेप्टेम्बर २०१४ आईतवार
त्रिन्चेर्पे सान सेबास्टिअन
स्पेन

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...