Sunday, September 7, 2014

।$$ ।$$ ।$$ ।$$ गजल

कसोरी कसोरी समायौ मनैमा 
नसोधी नसोधी रमायौ मनैमा

बिहानी सुनौला मिठा ती कहानी 
नबोली नबोली थमायौ मनैमा

म भेट्थें सहारा उसैको किनारा
नखोली नखोली कमायौ मनैमा

सिमाना नघायौ रुवायौ हसायौ
नघोली नघोली जमायौ मनैमा

जमाना दिवाना बनायौ तिमीले
कसोरी कसोरी समायौ मनैमा 

-----------------
एस बि पौडेल ¨आफन्त¨
७ सेप्टेम्बर २०१४ आईतवार
त्रिन्चेर्पे सान सेबास्टिअन
स्पेन

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...