Monday, September 8, 2014

साटिदिन्थें जिन्दगी, अर्को होइन रै´छ gazal

मेटिदिन्थें जिन्दगी, धर्को होइन रै´छ
च्यातिदिन्थें जिन्दगी बर्को होइन रै´छ !

आँफैलाई बोझ लाग्ने बोल्दा सर्म लाग्ने
फुकिदिन्थें जिन्दगी, सर्को होइन रै´छ !

रेडियोमा बज्ने, बिरषीलो धून् भए बरु 
थुनिदिन्थें जिन्दगी, झर्को होइन रै´छ  !

मैदानमा दुश्मनले चलाउंदा गोली बारुद
थापिदिन्थें जिन्दगी, छर्को होइन रै´छ !

सुनामी निम्त्याउने, सागरमा भुइँचालो
फ्यांकिदिन्थें जिन्दगी,थर्को होइन रै´छ !

मलामी र जन्ती फरक देख्नछाडें आज
गई´दिन्थें जिन्दगी, लर्को होइन रै´छ !

बजारमा सजाएर समसट्टिमा पाउने भए
साटिदिन्थें जिन्दगी, अर्को होइन रै´छ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...