Thursday, September 11, 2014

बसि बियांलो - २

बसि बियांलो - २


पिउंछु म मजाले पिउंछु, नरोक आज मलाई, कहिले नपिएको छु र? सधैं पिएरै त जिएको मान्छे हुँं म पनि, भिडमा तिमी जस्तै बस फरक यती छ तिमीले र मैले पिउने स्वाद फरक होलान अन्तत्वगत्वा प्रतिफल एउटै। विश्वाश लागेन तिमीलाई म सिधा पिउछु घटघटी तिमी लुकाएर छिपाएर पिउंछौ। मैले पिएको देखेर तिमी हास्छौ तर तिमीले पिएको कसैले देख्दैन। अचम्म किसिमको पारदर्शी छ यो दुनियाँ मैले जती नै लुकाएर पिए पनि देख्छन् तर तिमीले छत र आँगनमा ढलिमली गरेर पिए पनि मान्छे आँखा चिम्लेर हिड्छन् या देखेको नदेखेइ गर्छन्। त्यसैले आज पनि म पिउन्छु हिजो पनि पिएकै हुँं र भोलि पनि अबस्य पिउंछु। किन कि मेरो भागमा पिउन नै लेखेको छ भने तिमी को हौ र मलाई रोक्ने, तिमीले चाहदैमा न मेरो पिउने आदत रोकिन्छ न म भाग्न नै सक्छु।हो आज म पिउने कुरा गरिरहेको छु तिमी अर्थात समय,परिस्थिती,बाध्यता, रहर,कर चाहे जे होस्। हो म पिउंछु मेरो बाध्यता होला तर अहिलेको परिस्थितीमा रहर अबस्य होइनन्। मैले चाहेर पनि लुकाएर पिउन सक्दिन किन कि मेरो संसार यो दुनियाँ नै पारदर्शी छ,छर्लङ एेना जस्तै अह होइन एेना जस्तै किन कि एेनाले देब्रे लाई दाहिने र दाहिनेलाई देब्रे देखाउंदो रहेछ ढिलै भएपनि मलाई यति ज्ञान भएको छ कि एेनाले जस्ताको तस्तै देखाउंदो रहेनछ। धन्नै बाटो भुलेको मैले आज, कता पिउने प्रसँगको कुरा गर्दै थिए कता एेनाको बखान गर्न पुगेछु। हो मैले पिउन थालेको धेरै भयो। पहिले एक्लै पिउंथे अहिले म सँग मेरो जीवन र जिन्दगीका क्षण पलहरुले पनि साथ दिएका छन् अर्थात मलाई पिउनमा रङ्ग (मन) दिएका छन्।पिउन तिमीले नै सिकाएको हौ धेरै पहिला देखि,सिकायौ मलाई पिउन जसरी हावामा पौडन,आगोमा दौडन सिकायौ। थम्यायौ प्यालाहरु अनेक ब्रान्ड र मार्काका मेरा हातमा सुरुवाती दिनहरुमा दियौ मिठा यादहरु। अनि बिस्तारै टाढा भयौ,जुनबेला मलाई तिम्रो साथ चाहिएको थियो मैले पाईन तिम्रो छाया सम्म प्यालाहरु ठोक्काएर (चियर्स) गर्ने मन हुन्थ्यो तर तिमी हुन्थेनौ,तर मैले छाडिन पिउनलाई। एक्लै पिएं थाहा छैन तिमीलाई एक्लै पिउंदाका मज्जाहरु। भन्दिन आज म ति मज्जाहरु कस्ता थिए र कतिसम्मका रमाइला थिए या कस्टकर थिए,किन कि हिजो को तिमी आज मेरो अतित हौ। हो त्यो अतितलाई आज म बर्तमानमा मेरो माहोल बिथोल्न ल्याउन्न र ल्याउन चाहन्न पनि। म खुशी छु आज एक्लै एक्लै पिउंछु। कसैको कम्पनि (साथ) जरूरत पर्दैन मलाई किन कि म मेरो बर्तमान सँग पिउंछु अतितको यादलाई चुमामी (स्न्याक,सितन,जापानी भाषामा) बनाएर भने भबिश्यका सुन्दर भोलिहरु सँग पिउंछु। बिहानीमा रातका सपना सँग पिउंछु भने साँझमा तिनै बिहानीका यादमा। अहो तिमी र सार्है तर्सियौ कि कसो? आज मैले यहाँ न कुनै रक्सी,वाइन,ह्विस्की या कुनै मादक पदार्थ पिउने कुरा गरेको होइन तिमी सँग,,अझै बुझेनौ मैले पनि अरुले जस्तै जीवन भोगाइ,जिन्दगीका हरेक मोडहरुलाई एक मिठो नशा सम्झेर पिइरहेको कुरा गर्दै छु, तिमीले पनि पिएको छैनौ र? माथि नै भनिसके नि तिमीले पिएको कसैले देख्दैन तिमीले सुखै सुख र अलिशान महलमा जिएका छौ अन्तर यति छ कि म शिशामहलमा। पारदर्शी मेरो जिन्दगी तारामन्डल पनि अनि खुला किताब जस्तै छ जीवन,जहाँ म हरेक दिन पिउंछु हरेक पल पिउंछु कहिले खुशी सँग कहिले आँशु तर पनि मेरा पिउने प्यालाहरु छचल्की रहन्छन् प्रत्यक सांझ मिठो शुवाश सँगै,प्रत्येक बिहान तरङ्ग र छुट्टै अभिलाषा सँग ब्युझन्छु अनि सुरु हुन्छ मेरा फरक फरक प्यालाहरु जिन्दगीका।।



 



13 september 



 



हाहाहाहा !!!!!!11

कसैको करले लेख्दिन म,म मेरो नै रहरले लेख्छु। कमाउन लेखेको छैन र होइन पनि।साहित्यिक बजारमा स्थापित हुन्छु र नाम कमाउछु भनेर पनि लेख्न जमर्को गरेको होइन। बाध्यतालाई रहर बनाएर बर्तमान परिस्थिती र आफ्नै मनमा उठेका ज्वारभाटाहरुलाई अक्षरहरु सँग मितेरी लगाएर एउटा गती बन्छ कि भन्ने झिनो अभिलाषा मात्र हुन मेरा सारा लेखाइहरु होइन एक किसिमले भन्ने हो भने टिपोट नै मनका उकुसमुकुस भावनाहरु। हो प्रस्टिन खोज्छन मेरा अनगिन्ती रूपहरु,छद्मा रूपहरु मेरा गीत कबिता र गजलहरुमा। कतै पीडित प्रेमी हुँला कतै नशामा लट्ठिएको देबदास त कतै समाज र जिन्दगी देखि टाढिन र भाग्न खोज्दै गरेको एक भगुवा,जीवन सँग नै थकित हारेको जुवाडे जस्तै। तर म जे छु म छु निर्भिक प्राणी स्वतन्त्रताको गूड्डी हान्क्छु बन्द कोठा भित्र जहाँ स्वतन्त्रताको नै गीत लेख्छु। हो वास्तवमा जन्मभूमी देखि सात समुन्द्र टाढा स्वदेशको माया घरको याद अनि बेरोजगारी र सरणार्थि हुनु परेको बेग्लाई पिडा,हुदाहुँदै पनि म शब्दहरु सँग खेल्छु,रमाउछु,गुनगुनाउछु सपना बिपना दुबैमा नै मेरा शब्दहरु सँग आफुलाई घुलाउन चाहन्छु भने कतै धुलाउन चाहन्छु। जोडदार नहोलान मेरा प्रस्तुतिहरु नहुन् पनि तर म मेरा रचनाहरुलाई एउटा आमाले आफ्नो सन्तानलाई गर्ने जत्तिकै माया गर्छु प्यार गर्छु। मतलबी दुनियाँको वा वा होइन आफ्नै मनको सन्तुस्टिको लागि लेख्छु। हो म देखावटी छु युरोपको भब्य शहरभित्र लुकेर स्वदेशका पिडाहरुमा आँशु बगाउंछु किन न कि यो नै मेरो बाध्यता हो,तिनै बाध्यताहरु नै म मेरा कबिताहरुमा लिपिबद्ध गर्ने जमर्को गरिरहेको छु हालाकी लिपिमा न लिपिएलान तर भाब र आफ्नै सन्देश बाट बिचलित भने अबस्य छैनन्। हो म एक अनपढ,अबुझ स्वांठ त्यसैले मेरा गजलहरु मेहफिलमा नगाइेएलान किनकी मेरा गजलहरु फारसी र उर्दुका बहरे नियम र छन्द म लेखिएका छैनन् तर मेरा गजलमा सृङ्गार छन, बिम्ब छन्,भाब छन चाहे नहुन तर मैले नाम भने गजल नै दिएको छु। पश्चिमाहरुले कबितालाई जे जसरी व्याख्या गरेको भएपनी ति भन्दा बिशाल आफ्नै मनले जसरी लेखियो पोखियो आफ्नै शब्दहरु तिनिहरुको एक मुस्ट अनुच्छेदहरुलाई कबिता नाम दिए मैले त।  

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...