Sunday, September 14, 2014

गोधुलिमा आएं कति gazal

उनको छाया पछ्याउंदै, जुनेलीमा धाएं कति
कबिता लेख्दै सच्याउंदै, उजेलिमा गाएं कति

नजरको त्यो ईशाराले, बोलाउंदा कैयौं पल्ट
उल्टो पाइला लज्जाउंदै,गोधुलिमा आएं कति  

झम्के साँझमा बिदाईको,सपनीमा भेट्ने बाचा
निदरी लाई छक्याउंदै, अन्धेरिमा छाएं कति

दुनियाँको ति आँखाछल्दै,बोकी ल्यायौ प्यारहरु 
बाधा अड्चन लत्याउंदै, अन्जूलिमा खाएं कति

कहिले उड्यौ आकाशमा,बादलुका छाती भित्र
नदी सागर लट्ठ्याउंदै, बहेलीमा पाएं कति

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...