Sunday, September 21, 2014

राम फर्केनन् gazal

बनबास बसेका राम फर्केनन्
दरबार पसेका राम फर्केनन्

रामराज्य हाम्रा सपना हुनेभो
खै खरानी घसेका राम फर्केनन्

भाईमाराहरुको साम्राज्य बढ्दैछ 
हो कम्मर कसेका राम फर्केनन्

खराऊ हराए, नारद हराए
जताततै फसेका राम फर्केनन्

पवित्रता सीताको के कुरा गर्नु
मुसुमुसु हासेका राम फर्केनन्

अयोध्या भएछ् गणराज्य त्यसैले
बन बास पसेका राम फर्केनन्

राम फर्केनन्

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...