Tuesday, September 9, 2014

तरङ्गीत छु म poem

तरङ्गीत छु म,
मन जस्तै
फरक छुट्याउन सक्दिन
म र मन बिच,
के अन्तर छ कुन्नि?
म आफुलाई कैद गर्छु तर
मन फुरुरु उडेको जस्तो लाग्छ
सिमलुको भुवा जस्तै
हठात पक्रन पनि सक्दिन
अद्रिस्य हुन्छ,निराकार मन 
धमिलिएको संसारमा
केही क्षण हराएर
सुटुक्क छाती भित्र
मुटु नजिकै डेरा जमाउन खोज्छ मन,,
पुन:तरङ्गीत हुन्छु म।

हिजो जस्तो आज
बहकिएको छैन मन
स्थिर छ,सौम्य छ
थाहा छैन कतिन्जेल सम्म हो,
तर पनि प्रफुल्लित छु म
मेरो मन आज म संगै छ
म भित्र नै छ,
उडेको छैन फुरुरु।

सम्हाल्छु म मन
सुम्सुम्याउछु छाती
देब्रे पाटोमा चल छ मन
धुक धुक मुटु संगै
खै के भएको छ यो मन आज
रोमान्चित छ सायद एक्लै
त्यसैले त अडिग छ
पत्थर जस्तै,
म चाहन्न मेरो मन
कठोर होस् पत्थर जस्तै
किन कि मैले धेरै
कठोर मनहरु झेलेको छु
कठोर मनका परकाष्टा  भोगेको छु
सायद होइन पक्कै हो
मन कोमल चाहन्छु
नौनी भन्दा कोमल
भुवा भन्दा नरम,,

परन्तु म चाहन्न
मेरो मन पग्लिरहोस् उडिरहोस्
अनि सजिलै गलोस,
तर अडिग होस् मेरो मन
मन मन भित्र नै रहोस्

आज जसरी मेरो मन
म संगै छ, त्यसरी नै सदा
म सगै रही रहोस्
लुकामारी खेलोस म संगै
सागर किनारमा म संगै लहसियोस
सिमित मेरा आकांक्ष्या र सपनाहरु सँग
मितेरी लगाओस,,
छुनुमुनु छुनुमुनु खेलोस
मेरै मन भित्र,,
ठुलो छ मन मेरो
हो ठुलो फराकिलो छ।
जहाँ ताराहरु चम्किरहेका छन्।

यस्तो बार पर्खाल बांध्न चाहन्छु
कि मन कतै नभागोस
आज जस्तै कहिं कतै नबहकियोस ।
तरङ्गित होस,रोमान्चित होस्
मेरो मन,,
आज मेरो प्रेमिका भएकी छ
सहयात्री भएकी छ .
म उसको प्रेमी
म नै उसको आफन्त

म तरङ्गित छु
मेरो मन संगै ।

--------------------
एस बि पौडेल ¨स्वतन्त्र¨

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...