स्मृति
केही धमिलिय होलान तर
याद अझै ताजा छन्
प्रेम प्रकाश पौडेल
पूर्व प्रधानध्यापक
अहो
समयले साँच्चै
नै कोल्टो
फेरेछ,बाल
युवा प्रौढ
हुँदै बुढेशकाल
पनि लागि
सकेछ। आज
आँफै आफ्ना
सेता केही
दार्हिहरु खौरन लाग्दा पो महशुस
भयो मलाई
कि म
बुढो भएछु
अशक्त होइन।
निधार र
गालामा परेका
केही गहिरा
धर्साहरुले जिस्काए जस्तै लाग्छ। एेनाले
पनि गिज्जाए
जस्तै लाग्छ
¨की प्रेम
तँ बुढो
भै´छस¨। हो नि किन
बुढो नहुने
त म,हल्का रिष
उठेर आउछ
एेना सँग।
समयको अन्तरालमा
कैयौ आरोह
अबरोह काटेर
आएं म,
नाउदी र
पाउदिका जङ्घारहरु
तरेर आएं
म। बयपानीका
आपका रुखहरु
चढ्दै मानेचौका
र कुन्छाका
कान्ला कुन्ली
उफ्रेर आएं।पुतली
बजार र
सुन्दर बजारमा
फागु पुर्णिमामा
फागु खेलिन
कि तामाकोटका
भिरहरुमा बाख्रा
पो चराइन
कि? हो
साँच्चै नै
आफ्नै बिगत
सम्झने हो
भने एउटा
सिङो इतिहाँस
बोकेको पो
छु कि
जस्तो लाग्छ।
पहिलो
पटक म्याट्रिक
असफल भएपछी
भागेर मामाघर
हुँदै चितवन
पश्चिम रामपुर
लाई नै
कर्मथलो बनाए
पछी नै
हो शायद
जीवनका गोरेटाहरु
पछ्याउन थालें।
तर पनि
हार्न जानिन
बिरगन्जमा प्राइवेट परिक्ष्या दिएर भए
पनि म्याट्रिक्
सफल भए।
पहाडीया ठिटो
न कहिल्यै
पायन्ट लगाएको
थिएँ न
कहिल्यै साइकल
नै देखेको
थिएं तै
पनि जीवनका
उकाली ओराली
पहाडमा नै
छाडेर समथर
थालो चितवनमा
घिस्रिन थालें,आफ्ना भनेका
मेरो मावली
मात्र हुनुहुन्थ्यो
चितवनमा।
उच्च
शिक्ष हासिल
गर्ने चाहना
नभएर हो
सक्ष्यम नभएर
हो लागे
जागिर खोज्न,,समयले साथ
दिएकै मान्नु
पर्छ ब्रहम्पुरी
बाट सुरु
भयो मेरो
शिक्षण पेशा
जुन अनन्त
रही रह्यो।महिनाको
७५ रुपैया
देखी सुरुभयो
तलब मेरो,जिन्दगिको कमाइ।
खुशी साथ
बिते मेरा
दिनहरु। बुढो
पिता केही
अशक्त,समयकै
लेखो भनुँ
५ छोरा
छोरी मायाकै
बगानमा हुर्काएं
सकेको लेखाए
पढाएं। हुन
त आफ्नै
बुवाले चाढै
नै छाडेर
जानु भयो,
आमाको त
मुहार पनि
याद छैन,टुहुरो बने
म,तर
प्यारो सानो
मामा (शेषकान्त
अधिकरी)को
माया र
साथले नै
जिन्दगीमा अघि बढ्ने प्रेरणा मिलिरह्यो
मिलिरहेको छ।
शायद
मेरा समकालिन
साथी इस्ट
मित्रहरुले के कती कमाय तर
मैले जीवनमा
माया कमाएं।
हो सिङाने
बाबुनानीहरुको कलिलो हातको स्पर्श ले
मलाई सधैं
सुम्सुम्याइ रह्यो। ब्रहम्पुरी बाट सुरु
भएको मेरो
लगाब माइजुको
नाममा भएको
बिद्ध्यालय सम्म रह्यो शिक्षा र
शिक्षण पेशा
प्रति, हुन
त मैले
मेरो पेशा
जागिरलाई कमाउने
साधन बनाइन
तर जीवन
जिउने साध्य
त बनाएकै
हुँँ। प्यारो
लाग्छ प्यारो
लाग्थ्यो तोते
बोलिहरु,मिठा
लाग्थे अबोध
बालबालिका सँग क ख रा सिक्दा सिकाउदाका
क्षणहरु। दुखी
कहिल्यै भइन
खुशी सधैं
भएँ र
अझै छु।केटाकेटिहरुको
आवाज,तोते
बोली,उनिहरुले
पढेका आवाज
नै भए
मेरा लागि
भजन र
यो बिद्यालय
नै बन्यो
मेरो लागी
सदैब मन्दिर।
चक डस्टर
मेरा जीवनका
अनिबार्य साधन
बने।खुसी लाग्छ
छडी मैले
प्रयोग गरिन,न अझै
कसैलाई प्रयोग
गर्न नै
सल्लाह दिन्छु,
किताबका क
ख रा
मात्र पढाएं
जस्तो लाग्दैन।मेटिदै
गएका गुरु
र चेला
बिचका धर्साहरुमा
चहक थपें
जस्तो लाग्छ।
प्रेम बाढे
प्रकाश बाढें
जस्तो लाग्छ।
खडाईले
बारेको बिद्ध्यालय
ढड्डाघरीको प्रबेश नै मेरो जिन्दगीको
अर्को कोशे
ढुङो बन्यो।
मेरा अधिकान्श
समय काल
यही बिते।
हजारौ साथी
बने,इस्ट
मित्र बने,
आफन्त बने
त्यही नै
खुशी हो
मेरो त्यही
नै कमाइ
हो मेरो।
सजिलो
थिएन फासिस्ट
पञ्चायती शासनको
समयमा समाजमा
शिक्षाको प्रचार
प्रसार गर्न।
कुण्ठित परेका
थिए हाम्रा
आवाज,सिमित
परीधी भित्र
रहेर पढाउनु
पर्थ्यो,राजा
प्रतापी हुन
भनेर रटाइन्थ्यो
हामीलाई। ¨सबै युवा पन्च सबै
पन्च युवा¨भनेर सिकाइन्थे
तर पनि
यस्तो अस्त्र
बोकेका थियौं
हामीले कि
कसैको केही
तागत चल्थेन
हामीहरुको मन्दिर डगाउन। समाजमा कहिल्यै
पछी लुकिन
त्यसैले होला
पटक पटक
पन्चायती प्रशासनको
तारो बने।
तर पनि
म डगमगाइन
लागिरहें शिक्ष्याको
बिउ छर्न
,ज्योती बाँढ्न।
यस्तो लाग्थ्यो
म जन्मेको
सार नै
शिक्षाको निम्ती
हो।
साथ
साथै म
मा अर्को
धार जन्माइ
दिनुभएको थियो
मामा रामकृष्ण
घिमिरे (जो
अहिले सभासद)
हुन्हुन्छ,त्यो धार थियो प्रजातन्त्रको,समाज उदारिकरणको
अरु केही
नगरे पनि
३२ साल
देखी ४५
साल सम्म
नेपाली काङ्रेसका
कैयौ गोप्य
बैठक ब्यबस्थापन
गर्ने गर्थें
आफ्नै घरमा
केही डर
थियो कतै
मेरा बाल
बच्चाले पढ्न
नपाउने पो
हुन् कि
भनेर तै
पनि, सफल
हुन्थ्यौं र भयौं पनि। शिक्षा,
समाज र
राजनीति व्याख्या
गर्नेहरुले के कसरी जसरी गरे
पनि मेरा
निम्ती समानन्तर
थिए। समाजलाई
राजनीति देखी
टाढा राखिनु
हुन्न भन्ने
मेरो बिचार थियो र अझै
पनि छ।
अन्तत:
प्रजातन्त्र पनि आयो अर्थात ल्यायौं
केही सजिलो
र हल्का
महशुस गरे
पनि सन्तुस्टको
साश फेर्न
हामी शिक्षकहरुले
सकेनौ। आबस्यक
थियो, थिएन
एक अर्को
जन क्रान्ति
तर देशले
रगत बगायो,हाम्रा शिक्षाका
धरोहर, आधारहरु
च्यातिने काम
भए। नैतीक,सन्स्क्रित,सामाजिकका
किताबहरु जलाइए।
अबोध सहपाठिहरुलाई
झुन्ड्याइए कशूर बिना नै। यो
बुढो हुँदै
गएको शरीर
हुर्कदा छोराछोरिहरु
प्रतिको जिम्मेवारि
बहन गर्ने
बेलामा फेरी
अर्को डर
र त्रास
थपिएको थियो।
न आएका
होइनन् धम्की
झुन्ड्याइने र काटिने कि दोश
थियो मेरो
¨अशतोमा सद्गमय:¨।
मेरा
बिगतका सम्पूर्ण
साथीहरु,सहपाठिहरु,दाजुहरु बुवाहरु,भाइहरु(गन
बहादुर बानिया,
जीवन न्यौपाने,तोयानाथ चापागाइँ,ताराप्रशाद अधिकारी,केशर बहादुर,शन्खकुमार श्रेष्ठ,रामशरण थापा,पदम बहादुर
कुँवर,रामचन्द्र
थपालिया, श्याम
कृष्ण घिमिरे,पोख्रेल,बिष्णु
घिमिरे ,,त्यस्तै
चित्रकान्त अधिकारी, पुष्पराज काफ्ले, भक्त
राज हमाल,
रमा घिमिरे,
कबिन्द्र कंडेल,
पदम बहादुर
पौडेल,बैकुन्ठ
थापा, इश्वरी
दवाडी, सानो
बुवा(दुर्गा
नाथ पौडेल),जसजसले मेरो
जिन्दगीमा बिशेष गरी ढड्डघरी बिद्ध्यालय
सन्चालन,पठनपाठनमा
सदैब अहो
रात्र खटेर
सहयोग गर्नुभो
उहाहरुलाई म कसरी बिर्सन सक्थें
र? काका
बेद प्रशाद
बराल, साइला
दाई(बानिया),अधिकारी साइला,केशब रेग्मी,
राधा,,उहारुको
म प्रतिको
सद्भाब कहिल्यै
पनि अपूरो
रहेन। भाईहरु
पदम,बैकुण्ठ
इश्वेरी,भक्तराज,
धन बहादुर,जो सदैब
मेरा सहपाठि,सहयोगी,सहयात्री
एबं पथ
पर्दर्शक नै
बने। जीवनका
केही असजिला
कालखण्डमा जसजसले मलाई साथ दिनु
भो उहाहरु
लाई नमन
टक्र्याउछु,आदार टक्र्याउछु।
बिध्ह्या
ददाती बिनयम्:
बस यही
थिए मेरा
जीवनअका बिगत
पन्नाहरु,खै
किन हो
याद बढ्दै
छन आजभोलि
अल्ली बढी
नै,हुन
त मेरो
मैले बगाएं
बगाइन पसिना,श्रम,समय,कर्तब्य परायण
बनें बनिन
त्यो बुझ्ने
र सम्झने
जिम्मा त
चितवनका शिक्षा
प्रेमी महानुभाबहरुलाई
दिन्छु। मेरा
विद्यार्थी भाई बहिनिहरुलाई नै सुम्पिन
चाहन्छु। कसले
के कमाए
मात्र होइन
के सिके
र के
सिकाउदै छन्
त आजका
युवा
पिँढिहरुलाई त्यो बुझ्ने
जिम्मेवार पनि भाईहरुको नै हो।
यती भनेर
म पंछिन
खोजेको होइन,अझै अहो
रात्र खटिन
तयार छु
म शिक्षा,उन्नती र
बिकासका निम्ती,,कमजोर नठान्नु
प्रेमका चाहना
र विश्वाश
लाई।
मान्छे
हुँँ म
पनि गल्ती
त भए
होलान तर
अन्जानमा, थिएन र छैन अझै
म मा
लोभ डाह
र इर्श्या,
नगरेका होइनन्
कोशीस धमिल्याउन
मेरा प्रकाश
हरु,दोश
देखाउन मेरा
प्रेममा,तर
तर म
अडिग छु
स्थिर छु
म र
मेरा कर्म
प्रती।
हो
म शिक्षक
हुँँ शिक्षक
थिएं र
शिक्षक नै
रहने छु,
अगाढ माया
छ मलाई
मेरो बिद्ध्यालय
र शिक्षा
प्रती, बिद्ध्या
प्रती,अफसोच
छैन कत्ति
पनि मेरो
बिगत सँग,शिक्षक लाई
पेशा मात्र
नबनाउ,जहा
हामीले सिकाउन
, पढाउन भन्दा
पनि जीवन
मार्गहरु खोस्रने
गरौं,घोटाएर
घोकाएर र
रटाएर मात्र
होइन होइन
बुझाएर सिकाऔं,,धेरै होइन
थोरै तर
गुणात्मक शिक्षा
दिउँ। हुन
त राष्ट्रिय
शिक्ष्या, पाठ्यक्रम, पाठ्यपुस्तक नै बर्तमान
समाज र
परिस्थिती अनूकुल छैनन,धेरै परिवर्तन
र परीमार्जित
गर्नुपर्ने देखिन्छ। व्याबहारिक र शिपमुलक
ज्ञान नै
आजको आवश्यकता
हो भन्ने
मेरो ठम्याइ
हो।
जीवनमा
लुरे,ठुलाघरे
नाती,भन्जा
बाबु भन्ने
शब्दहरु सुन्दै
हुर्कदै गरेको
म प्रेम
प्रकाश बाट
प्रेम जी,प्रेम सर,
हेड सर,
बुढो हेड
सर, त
कतै अनेकन
नातामा आई
पुगेको छु।हेड
सल! हेड
सल,, स
$$$$$$$$$ ल यही आवाज हुन मेरा
जिन्दगीका उर्जाहरु। स्मृति केही
धमिलिय होलान
तर याद
अझै ताजा
छन् मेरा।
३७ बर्ष
९ महिना
भन्दा बढी
जीवन खन्डमा
कलम चक
र डस्टर
बोकेर नै
बिताएं। एक
छुट्टै जोश
जागर,द्रिस्टीकोण
थिए मेरा
अझै छन्
पनि, कमजोर
भएको छैन
म। कपाल
त फुल्नलाई
नै उम्रेका
रहेछन्।
टुटेनन्
मेरा शिलशिला,बाबुनानीहरुको चिर्बिर
चिर्बिर ताराबाजी
लै लै
र दुई
एकाने दुई
सुन्ने रहरहरु
त्यसैले समाजसेवी
मामा,मामाका
छोराहरु र
आँफै मिलेर
अर्को बिध्ह्यालयको
पनि निर्माण
सम्पन्न गर्यौं।
अझै पनि
सुन्छु आगनमा
बसेर त्यही
आवाज,,
म
बुढो भएकै
हुँँ त
? अहँ मेरो
मनले मान्दै
मान्दैन। अझै
धेरै गर्नु
छ सकेको
यो देश
राष्ट्र अनी
मेरो समाज
लाई, यो
मोरो एेना
जे पनि
बताउँछ, त्यसैले
म मान्दिन,
म सँग
अझै उही
जोश छ
जाङर छ
सबै भन्दा
प्यारो मेरो
नातिको कलिलो
स्पर्श छ,,अहिले त
घरमा नै
सानो नाती
छ अर्को
उर्जा छ
मेरो लागि,,आँट दिन्छ,भरोशा दिन्छ
विश्वाश दिन्छ,यही नै
काफी छ।
जाँदा
जाँदै
(श्री
दुर्गा शेषकान्त
अधिकारी उच्च
मा बि
को स्वर्ण
महोत्सवको स्मारिकामा भएको कबिता)
म
हुँ शिक्षक----------
No comments:
Post a Comment