Friday, September 19, 2014

बोलाउ मलाई song

गीत

छरिएका केश राशी ,सङ्गाल्छु, बोलाउ मलाई
जूनिभरी हासी हासी, अङ्गाल्छु, बोलाउ मलाई

देखिएको प्यास् आँखामा, मेटाउने रहर मेरा
धमिलिए सम्बन्ध् हाम्रा, सम्हाल्छु,बोलाउ मलाई

एकान्तले डस्यो आज सामिपता खोजी रहे म
हेर्दै जाउ काला पत्थर् ,पगाल्छु, बोलाउ मलाई

विश्वाशले जित् मलाई देखावटी भो चाहिएन
एक ईशारामा जे भन, खसाल्छु,बोलाउ मलाई

हेर बेरङ्गी बिते हाम्रा हिजोका ति अतित सारा 
हरेक रात रङ्गिन् अब, बनाउछु बोलाउ मलाई

छरिएका केश राशी ,सङ्गाल्छु, बोलाउ मलाई
जूनिभरी हासी हासी, अङ्गाल्छु, बोलाउ मलाई

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...