Monday, September 8, 2014

पाप कस्तो रै´छ gazal

पाईला पिच्छे भासी जाने,यो ढाप कस्तो रै´छ
जिन्दगीमा लौ नमेटिने, यो छाप कस्तो रै´छ 

भित्र भित्रै जलाए जस्तो,छाती पोल्ने जलन यो
खरानी आगो नभेटिने, यो ताप कस्तो रै´छ 

आकाश जमिन क्षितिज, नमिलेको आकार
उज्यालो कतै नपाईने, यो काप कस्तो रै´छ

भिडमा एक्लो हुन्छु सधैं, मानब सँग टाढा
त्यो एकांकिले सताउने, यो चाप कस्तो रै´छ

स्वतन्त्रताको गीत लेख्छु, गाउँदा स्वर दब्छ
धर्मात्मा यहाँ खोल ओढ्ने, यो पाप कस्तो रै´छ

तीन हात बित्ताको कात्रो, बेरी जाने जीवन
बाचुन्जेल नै कमाउने, यो नाप कस्तो रै´छ


No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...