Tuesday, September 2, 2014

adding more

2 september,14
नियमा´पत्ति छ साथी झूट नबोल
ठुलो आपत्ति छ साथी गूट नखोल

कस्तो स्वतन्त्रताका कबिता कोर्छौ र
सार्है बिमत्ति छ साथी लूट नघोल

बिभाजन अनि राज चलन् पूरानो 
केमा आशक्ति छ साथी फूट नमोल
...............
6 september
कोरें भन्छ्यौ गीत दिलका कुनाहरुमा
बाधें भन्छ्यौ प्रित चोलीका तुनाहरुमा

गुन् गुनाउन चाहन्छु तिनै शब्दहरुमा
बाढें भन्छ्यौ रित फूलका मुनाहरुमा

बुझ्न सकिन कस्तो हर्शउल्लास जीवन
चाखें भन्छ्यौ जीत सालका दुनाहरुमा
,,,,,,,,,,,,,,,,
सपनामा आजभोलि परिहरु आउँछन
तारापून्ज बाटओर्ली परिहरु धाउँछन

जिस्काउँछन् घरिघरी कहिकतै रुवाउँछन्
पुतलिको हुलसँगै परिहरू गाउँछन
-------------------
7 september
मडारिने मेरा हरेक सपना कस्ता कस्ता
उजाडिने मेरा उदेक बिपना कस्ता कस्ता


पुर्णिमा´मा ग्रहण लाग्ने अंधेरी´मा औंशी 
बढारिने मेरा प्रत्येक जपना कस्ता कस्ता
......................
तिम्रो काखमा सधैं छुनुमुनु गर्छु म
अंगालोमा बांधिएर लौ नुनु गर्छु म 
भन्थें अबोध बाल पनको ईशारा ले 
हांसी हांसी सोर्छ्यौ है सुसु गर्छु म
-----------------------------
8 sept
गुमनाम छैन म, तर यहाँ बहस हुँदैछ
बदनाम छैन म, तर पनि सकस हुँदैछ
सुनामी पहिरो एकैचोटि आएजस्तो यहाँ
मेरोनाम लाग्छ आज तहस नहस हुँदैछ!!






No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...