Tuesday, September 2, 2014

दस हाइकु (समसामयिक)

सुरु हुँदैछ
भाग लिने हजुर
कुर्चिको खेल?
----------
लठारिएका
उल्टो बटारिए रे
सहमती खै?
------------
उसैको जित
शक्ति र सन्तुलन 
भबिश्य बाणी।
------------
जस्ले नि टिप्छ
बाटो मुनिको फूल
रोगी भो माली।
-------------
ठूलो मान्छे रे
असल त होइन
आत्म ब्रितान्त!
-----------------
देश बिरानो
अधिनमा छैन म
छातीमा झन्डा।
----------------
खै के खै के रे
बार्ता बस्न सकेन
प्रबक्ता ब्यस्त !
-----------------
बिदेश बाट
कोख रित्याए पनि
बाकस भरें!
---------------
सपना जलाए
खरानीको दु:ख भो
धुवां पुत्तेन !
----- ----------
भगुवा पनि
पास हुने भो अब
परिक्षा कस्तो?

1 comment:

  1. जय नेपाल भाइ श्री

    भगुवा पनि पास हुने भो अब परीक्षा कस्तो ,,,,,,,

    यहाँ रित चल्यो थिती बस्यो
    बस्यो आफ्नै चल खेल
    एक महापुरुष नजन्मदा सम्म
    मासिन्न यो खेल ,,,, बस्तबिकता अनि मन परि तन्त्र को परिणाम हो ,,!!

    ReplyDelete

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...