Sunday, September 21, 2014

मलाई भने झुक्याउछ song

गीत

कहिले सम्म झुक्याउछ मलाई जिन्दगीले
बताउ किन, झुक्याउछ मलाई जिन्दगीले

जून मैले टिप्नु छैन तारा गन्नु छैन भने
कस्लाई सोधु झुक्याउछ मलाई जिन्दगीले

चाहना थाती राखी सपनामा जिउन खोज्दा
सकस भयो, झुक्याउछ मलाई जिन्दगीले

क्षितिजले थिचे जस्तो भाग्यले नै खिचे जस्तो
घरिघरी लौ, झुक्याउछ मलाई जिन्दगीले

आज आज भोलिभोलि समयले कोल्टो फेर्यो
मलाई भने झुक्याउछ यो आफ्नै जिन्दगीले



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...