Sunday, September 21, 2014

मलाई भने झुक्याउछ song

गीत

कहिले सम्म झुक्याउछ मलाई जिन्दगीले
बताउ किन, झुक्याउछ मलाई जिन्दगीले

जून मैले टिप्नु छैन तारा गन्नु छैन भने
कस्लाई सोधु झुक्याउछ मलाई जिन्दगीले

चाहना थाती राखी सपनामा जिउन खोज्दा
सकस भयो, झुक्याउछ मलाई जिन्दगीले

क्षितिजले थिचे जस्तो भाग्यले नै खिचे जस्तो
घरिघरी लौ, झुक्याउछ मलाई जिन्दगीले

आज आज भोलिभोलि समयले कोल्टो फेर्यो
मलाई भने झुक्याउछ यो आफ्नै जिन्दगीले



No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...