Sunday, September 14, 2014

लेख्नु छैन गजल अब

लेख्नु छैन गजल अब धोका खाएं नजरहरुमा
भेट्नु छैन निष्ठुरिहरु, नशा पि´ई शहरहरुमा

जवानीको जोशले होकी जवानी कै मातले कुन्नी
देख्नु छैन फेरी आईन्दा, गल्ती होला रहरहरुमा

थोरै थोरै मल्हम दल्दै निको पार्दैछु ति घाउहरु
थिच्नु छैन दुखेको छाती, मध्य राती प्रहरहरुमा  

बिष:भन्छन् पिरतीलाई चोखो प्रेम चाख्नेहरु आज 
बांच्नु छैन् हे! ईश्वर सधैं, कालो रह जहरहरुमा

च्यात्छु आज सम्झना सबै याद उनका तस्बिरहरु
मेट्नु छैन यात्रा छ लामो,प्यारा आफ्नै डगरहरुमा !

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...