Sunday, September 14, 2014

song,,,Children´s day

हो र साथी हाम्रै लागि गीत लेख्छन् अरे 
खाली खुट्टा नाङ्गो आङ्ग प्रित देख्छन् अरे
ठूला ठूला भाषण विश्व प्रतिबेदन भन्दै 
सताब्दिऔं खोक्रा नारा जित लेख्छन् अरे,,
छुट्ने छैन हाम्रो ढाड घांसको भारी ठेला 
बुझ्यौ साथी हाम्रै लागि गीत लेख्छन् अरे
तारे होटल मखमली बिस्तरामा बसी 
सुन्यौ साथी तिम्रा लागि मित लेख्छन् अरे
गिटी ढुङ्गा थोत्रो बोरा तनमा छैन टालो 
सांच्चै हो कि झुट साथी रित लेख्छन् अरे
बुझ्यौ साथी हाम्रै लागि गीत लेख्छन् अरे !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...