Sunday, September 14, 2014

song,,,Children´s day

हो र साथी हाम्रै लागि गीत लेख्छन् अरे 
खाली खुट्टा नाङ्गो आङ्ग प्रित देख्छन् अरे
ठूला ठूला भाषण विश्व प्रतिबेदन भन्दै 
सताब्दिऔं खोक्रा नारा जित लेख्छन् अरे,,
छुट्ने छैन हाम्रो ढाड घांसको भारी ठेला 
बुझ्यौ साथी हाम्रै लागि गीत लेख्छन् अरे
तारे होटल मखमली बिस्तरामा बसी 
सुन्यौ साथी तिम्रा लागि मित लेख्छन् अरे
गिटी ढुङ्गा थोत्रो बोरा तनमा छैन टालो 
सांच्चै हो कि झुट साथी रित लेख्छन् अरे
बुझ्यौ साथी हाम्रै लागि गीत लेख्छन् अरे !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...