Saturday, September 27, 2014

खबर मिलेनछ gazal

बहै बहमा लेखें साथी बहर मिलेनछ
साहिबको महफिलमा रहर मिलेनछ

चिच्याउने बर्बराउने हरेक रातहरु
रातहरुमा निदाउने प्रहर मिलेनछ

ज्वारभाटाले ल्याई छाडे भुलि गएछन् लग्न
किनारा मै पो अलपत्र लहर मिलेनछ

एक्लिएको ग्रह जस्तो सौर्यमण्डल भित्र
उनले जस्तो हांसी बांच्ने शहर मिलेनछ

खुशी हिजै मरेको रे,मलामी जान पाईन
गहुँत खाइ चोखि सके खबर मिलेनछ

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...