Monday, September 8, 2014

बास उठ्यो gazal

तिम्रो लागि डेरा सर्दा,  बस्तिको बास उठ्यो
जेजो थियो जति थियो अस्तिको गास उठ्यो

तारा गन्दै रात बित्दा, उजेलीको पत्तो छैन्
केहि क्षण राम्रा मेरा, मस्तिको खास उठ्यो

प्यासी लाई मोही भन्दा, पानीको कुवा प्यारो
मझ्धारमा डुब्नै लाग्दा, कस्तिको आस उठ्यो

भाग्य रेखा कस्तो कोर्यो, भाबिले छैटौं दिन
मै हुँँ भन्ने बल-वानि, हस्तिको लास उठ्यो 

दुनियाँ को छि छि भो भो, झेलेर बाँचे पनि
तिम्रो लागि डेरा सर्दा,  बस्तिको बास उठ्यो

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...