Tuesday, September 9, 2014

बारुलाले चुसी सके, माहुरीका घारहरु gazal

तिर्नु पर्ने धेरै बाँकी,हिजोका उ´धारहरु
उदाउनु पर्ने थियो, जिन्दगीका धारहरु

उतार चढाब यस्तै, आउने जाने गर्छन
धानेरै बोक्छु हजुर, उकालीका भारहरु

पराई के आफ्ना भन्नु,दुखाउने यो मुटुमा 
रोक्नै पर्ने एकोहोरो, चलेका प्र´हारहरु

खोक्रो चाका सुकिसक्यो भिरमा ब्यर्थै धुवांयौ  
बारुलाले चुसी सके, माहुरीका घारहरु 

बनै डढ्यो चरी मर्यो, कस्ले झार्ला आँशु अब
कस्ले बुझ्ने दुनियाँ´मा, आफन्तका मारहरु

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...