Saturday, September 20, 2014

मुक्तक दसैं

आउदै छ दसैं कतै, दुखाएर जान्छ
देखिदैनन् पिडा कतै लुकाएर जान्छ
बर्षैभरि गुम्सिएका मुठी अनि सन्दुक
हेर्दैजानुस् जता ततै फुकाएर जान्छ

देखा सिकी हुनेखानेको आडम्बरले गर्दा
गरीबको ओठ तालु कठै सुकाएर जान्छ
आशिर्बाद हराउदैछ आफन्त भए परदेश
साहूका सामु हाम्रा शिर झुकाएर जान्छ

-------------
गरुन रक्षा राखुन शान्ती दुर्गा भवानीले
त्यो मुहारमा छरुन कान्ती दुर्गा भवानीले
केश नझरोस् ठेस नलागोस् मेरो कामना
रहोस् देशै शान्ती मनै शान्ती दुर्गा भवानीले

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...