Thursday, May 5, 2022

देउन न फोन नम्बर गीत (लोक आधुनिक लयमा)


केटा:
निलो कुर्ता लाउने ए सानु!! देउन फोन नम्बर 


केटी:
पूलिष बोलाउँ कि चप्पल(उचालेर) लेउन फोन नम्बर 

केटा:
फेसबुकमा खोजें, इन्स्टामा खोजें, भेटिन कतै 
मनमा बस्यौ नजर हुँदै प्लिज(दुबै कान समाउँदै) देउन फोन नम्बर

केटी:(थोरै आवेगमा)
चलाऊँदिन फेसबुक, थाहा छैन, इन्स्टा टिकटक 
बेकारमा नमाग भो, दिन्न फोन नम्बर (फेरी भनम)

केटा:
धरोधर्म रातमा मात्र, फोन गर्छु विश्वाश गर (घाँटी छुँदै) कान्छु 
सिकाउनेछु, इन्स्टा टिकटक सारा, कसम देउन फोन नम्बर

केटा:
निलो कुर्ता लाउने ए सानु देउन फोन नम्बर 
केटी:
पूलिष बोलाउँ कि चप्पल(उचालेर) लेउन फोन नम्बर

केटी: 
रातमा गर कि दिनमा, दिन्न भनेसी दिन्न दिन्न  
कर नगर भो एती सारो,, दिन्न फोन नम्बर !!

केटा: 
जसरी नि फकाउँछु हेर अब तिम्रा साथीलाई  
उसै सङ्ग लिन्छु भो नदेउ,, तिम्रो फोन नम्बर     

केटी: 
ल ल टिप सक्छौ भने अन्ठानब्बे एकचालिस अन्त्यमा ....जिरो
टिप्यौ कि फेरी भनम मेरो फोन नम्बर ....... ए मेरो हिरो  


जुनी जुनी जुनी! सम्म प्रेमिल गीत

न सम्हाल केश राशी, बादलु झैँ लाग्छन् मलाई
बिना सृङ्गार नयनहरु, गाजलु झैँ लाग्छन् मलाई!!

बिहानीको सिर्सिरेमा, पारीजातको शुवाश जस्तो
सँगसँगै पाईला चल्दा, मादलु झै लाग्छन् मलाई!!

मायालुका मिठा साथहरु, जुनी जुनी जुनी! सम्म
थर्थराएका यी ओठहरु, नशालु झै लाग्छन् मलाई!!

लाली चड्दा हिम शिखरमा, टिपुँटिपुँ लालीगुराँश 
स्पर्शमा ढुकढुकीहरु, लजालु झै लाग्छन् मलाई!!

सुख दुख यो जिन्दगीमा, आउने जाने छाल जस्तै
रिसाउंदा त्यो मुहार झनै मायालु झै लाग्छन् मलाई!! 

Wednesday, May 4, 2022

किनारमा हुनेले हात दिएनन्!!

सपनी माग्नेले रात  दिएनन् 
बादल् लगेर ब'र्षात दिएनन्!!
 
बगानको आषमा भमरा बने
फूलको लोभमा पात दिएनन् !!

स्विकार्थे अनेक बहाना उसै
मिठै हुन्थ्यो बरु घात दिएनन् !!

प्रहर प्रहरमा म ब्युझि'रहन्छु
निदाउँ कसोरी मात दिएनन् !!

डुब्दैछु म एक्लै यै गहिराईमा
किनारमा हुनेले हात दिएनन्!!

Tuesday, May 3, 2022

बोल्नै भ्याईन अघि हतारमा थिएँ

बोल्नै भ्याईन अघि हतारमा थिएँ 
पूराना साथीसङ्ग म कतारमा थिएँ ।।

सुनेको थिएँ मोबाइल, बज्दै थियो
उठाउन सकिन सरी बजारमा थिएँ ।।

मिलोस पनि कसोरी फरक धारमा 
करोडौंमा खेल्नेसङ्ग हजारमा थिएँ !!  

अघि बढौ कि फर्कौ अन्योलमा छु
यात्रा अधुरो नै रह्यो संघारमा थिएँ ।।

न बोलायौ न हात दिएँ मैले उफ् 
तिमी माझ्धारमा म जंघारमा थिएँ !!

Sunday, April 17, 2022

required more edit

 भो आउने नगर सपनीहरुमा, हिजोआज मलाई रात मन पर्दैनन् 

दुई प्रहर समेत निदाउन नसक्ने साँझमा पिएको मात मन पर्दैनन् ,, 


रमाइलो लाग्छन् पतझड खडेरी, घरिघरि बर्षने बर्षात मन पर्दैनन् 

मोहित गजल

छाडेर ती प्याला, आउ म मा हराउ
नजर हुँदै मनमा, जाउ म मा हराउ।।

भूल्नेछौ सब् बाटा, निस्कनु पर्दैन
पुरिनेछन् पूराना, घाऊ म मा हराउ।।

न आउनु थियो  बाटो बिराई सक्यौ
ओठ चल्दा तिमी, गाउ म मा हराउ ।।

गूलामी सम्झ आफैं, आफैं महाराजा 
नराख् बाहिर ती, पाउ म मा हराउ।।

बिन्ती बिसाए, नलडाउ नजर अब
यी बाचा कसम, खाउ म मा हराउ।।

- कल्पना पौडेल आचार्य 

Monday, April 11, 2022

आफ्नो त जहाँं टेक्यो, उहिँ धराप भेटिन्छन्

आफ्नो त जहाँं टेक्यो, उहिँ धराप भेटिन्छन्
आशिर्वादको बदलामा पनि, सराप भेटिन्छन्!!

पिउँदिन भन्छु सधैं, परन्तु छाती रसाए पछि 
दबाई भनि जे ल्याएको, त्यही सराब भेटिन्छन्!!

कसोरी सहनु के अब त, अति नै भयो ए हजुर 
आफूँ परियो स्वतन्त्रताको पूजारी, दबाब भेटिन्छन्

न बुझ्छन् कसैले, न बुझ्न् खोज्छन् कोही आज 
सिधा सिधा स्वालका, घुमाउरा जवाब भेटिन्छन्!!

असफल भएको थिएँ, नामर्दीको टिका लाग्यो 
यो 'आफन्त'का आफन्तीहरु खराब भेटिन्छन् !!  

गीत गजल हानथाप छन् जिन्दगीमा

हेर्नुस् न हजुर निकै हान'थाप छन् जिन्दगीमा 
के भनु खै असिमित पस्चाताप छन् जिन्दगीमा !! 

छिरकने हान्नेहरुको भिड, तछाड मछाड उस्तै   
बोल्नु पर्ने मान्छे मौन चुपचाप छन् जिन्दगीमा !! 

मन्दिर धाईयो भोकै,, ब्रत् पनि बसियो परन्तु 
थाहै छैन धर्म के हो, पापैपाप छन् जिन्दगीमा !! 

छाती जल्छ हरहरी,,, हर रात छटपटी उस्तै 
सितल् खोज्न कहाँजाउँ रापैराप छन् जिन्दगीमा !!

प्याश मेटिएन कहिल्यै मृगतृष्णा यो'आफन्तको' 
छैनन् निर्जल ताल, मात्र'ढाप छन् जिन्दगीमा !!


Sunday, April 10, 2022

हामी नेपाली छौं ।।

केही सवालहरु 

थुप्रै अनुत्तरित सवालहरु बिच 

फेरी केही सवालहरु  

सवाल पुरानै हुन् 

कि कमरेड् देश भनेको के हो? 

जय नेपाल हजुर!

देश भनेको के हो? 

सार्वभौम के हो?

अपरिभाषित युद्ध जस्तै 

यो गणतन्त्र के हो? 

त्यो राजतन्त्र के थियो? 

जोडा मिलाऊ र फरक छुट्याऊ जस्तै  

के यशियाली मापदण्ड र पञ्चशिल योजना हुन्? 

बिकास क्षेत्र र सङ्घियता के हुन्? 

ईतिहाँस झुट होइनन् भने

हैन भने फरक छुट्याऊ  

हिजोका बाईसी चौबिसी राज्य र 

अनि आजका गनपते राज्य बिच,  

ए हलो कमरेड जय नेपाल !!

खबरदार!

नभाग तिम्रा दस्तावेजहरु जस्तै 

हाम्रा सवालका ठेलिहरु छन् 

अनेक तिकडमहरु बिच 

आज अर्कै सवाल खडा छन् 

ए साच्चै 

फरक मत फरक झन्डा फरक ईतिहाँस 

फरकै फरक नितान्त पृथकता बोकेका 

तिम्रा हाम्रा उनका सिद्धान्तहरु बिच 

यो कस्तो गठबन्धन हो ?

केवल सत्ता साझेदारीको लागि?

लाज सरम त थिएन तिमीहरु सङ्ग 

आज किन झनै नाङ्गिएका छौ?

उदाङ्गिएका छौ?

के अपरिभाषित देश तिम्रा बिर्ता हुन्? 

तिमीहरुले चाहेको त्यस्तै सार्वभौम हुन्

खै त जनताको चाहनाका कदर?

के यी हामी जिवित जनता, 

तिमीलाई एक भोटका लागि मात्र हौं?

ए सरकार! 

के परिभाषित गर्न सक्छस् ?

सरकार भनेको के हो? 

आजको तँ तेरो सरकार 

र हिजोको हुकुमी सरकार बिच 

फरक छुट्याउन सक्छस्?

भोक रोग शोक 

अनेकौं अभाब दबाब र प्रभाव बिच 

कुन मापदण्ड् बिच 

कसरी देश (राष्ट्र) चलाऊँदै छस्?

एति भन्दे कि तँ कहाँ छस्?

थोरै भएपनि प्रत्याभूती देओ 

जुका रूपी लाजनिती दलहरु 

कि देश छ 

यहाँ सरकार छ 

यहाँ जनता छन्

कानुन छ 

न्याय छ 

कि समग्रमा 'नेपाल' छ 

हामी नेपाली छौं ।। 

--------------

श्रीभक्त पौडेल 'आफन्त'   

परदेशबाट 




Saturday, April 9, 2022

यी रातका अन्धेरीहरु, ती जुनेलीलाई के थाहा

 यी रातका अन्धेरीहरु, ती जुनेलीलाई के थाहा  

(जो चन्द्र सङ्गसङ्गै आउने गर्छिन्)
बालपनका याद छुटीजाने सहेलीलाई के थाहा!! 

गोली छुट्छ बन्दुकबाट, निशानामा 'चरी' 
मट्याङ्राका चोटहरु, गुलेलीलाई के थाहा !!

भित्र भित्रै फूरुङ्ग छिन्,कसले रोक्ने उनलाई 
बाहिरी नकाव मनकी, उजेलीलाई के थाहा !!

रोई दिन्छन् बर्षि दिन्छन्, मन दुख्दा नजरहरु 
आँसुका स्वाद मिलेका, परेलीलाई के थाहा!!

बहहरु पोखिदिन्छु बनाई गीत कविता गजलमा 
ओठ चल्छन् एकान्तमा, सुशेलीलाई के थाहा !!
-------------------------
श्रीभक्त पौडेल आफन्त 
चैते दशै अस्टमी 
चैत्र २६,२०७८
शनिबार  
    

Saturday, April 2, 2022

फायर आगो

अल गुर्खा फ्रन्टलाइनर्स 

बेगमा छौं हामी, गतिमा छौं 

नरोक पाइला हाम्रा, सहमतिमा छौं 

अर्ध सैनिक जत्थामा छौं , हामी समूहमा छौं 

मानव कल्याणकारी हितका लागि आरोह अबरोहमा छौं, 

निस्कँदै छौं हामी बारुण यन्त्र, पानीका फोहोरा बनेर 

जोश, जागर, उमङ्गका साथ, अबरोधका बिच पहरा बनेर।।  

बेगमा छौं हामी, गतिमा छौं 

अल गुर्खा फ्रन्टलाइनर्स सहमतिमा छौं 

यहाँ गाउँबस्ती बचाउनु छ,शहर बचाउनु छ 

मान्छे भएरै त मान्छेका, बाँच्ने रहर बचाउनु छ!!

मानव सेवामा बढेका हाम्रा, हर कदमहरु अब   

रोकिने छैनन् कदापी, घाऊ चोटमा मलमहरु अब

लड्ने छौं खट्ने छौं हामी अहोरात्र शान्ती शुरक्षाका लागि

छातीमा हात राखी, खाँदै छौं हर कसमहरु अब ।। 

निभ्ने छ डँढेलो निभ्ने छ आगो 

निस्कने छैन ज्वाला भिज्ने छ आगो!!

जन,बन, जल, जमिन साराका खातिर 

हुँदैछ 'अल गुर्खा फ्रन्ट लाइनर्स' शुरक्षामा आतुर!!      

प्राकृतिक प्रकोप, दैवी प्रकोप, चाहे सूनामी नै किन नहोस्

भोक, प्यास, निन्द्रा, मध्य रात चाहे, बिहानी नै किन नहोस् !!

बेगमा छौं हामी, गतिमा छौं 

नरोक पाइला हाम्रा, सहमतिमा छौं  

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...