माया भन्ने के हो, थोरै जताएर गयो
जाँदा जाँदै त्यही मायाले अताएर गयो
चिसिएका मन मुटु फेरी तताएर गयो
केही मेरा पनि सुन, के भनेको थिएँ
त्यही मौनताले धेरै नै,, बताएर गयो
कबिता,गजल,गित, कबिता, हाइकु, बसी बियाँलो, तान्काहरुको सँगालो साथै केही अङ्रेजी र स्पेनिस भाषाका साहित्यिक रचनाहरु पनि,एक्लो पनको साथी अबस्य
हरेक सम्मोहक मिलनमा, गाडा हुनेछु!!
चुम्नेछु हरेक अङ्ग-अङ्गमा, नछोडी कतै
कहिले ओठ नजिक कहिले, टाढा हुनेछु!!
खोल्नेछु सर्टका टाँक, खोल्नेछु हुकहरु
कतै कतै ग्यांटिस कतै म, नाडा हुनेछु !!
उक्लनु ओर्लनु, तिमीले पनि गर्नुपर्नेछ
समथर मात्र कहाँ हो र,? डांडा हुनेछु !!
एेया भने भन, , दुख्यो भने पनि भन
च्वास च्वासी घोचि'राख्ने, कांडा हुनेछु!!
मित्र हो फेरी, बन्दका दिन आए सत्ता बिलाशी गन्धका दिन आए !!
बन्दुक गोली बारुद, समाउने कै राजनीति बे,-छन्दका दिन आए !!
पिटे जस्तो म गर्छु, तँ रोए जस्तो भाउजु र ती, नन्दका दिन आए !!
छिछि बुर्जुवासङ्ग, रात्री भोज गर्दै बिहानी क्रान्ति, द्वन्दका दिन आए!!
पालै पालो उक्लनु छ शिन्हदरबार कथित विप्लवी, चन्दका दिन आए!!
देखेका सपना चाहेका कुरा भेटिने रहेनछ
के लेख्योलेख्यो भाबिले पनि मेटिने रहेनछ
सम्हालें मनका कलम कापी लेख्नेछु भनेर
भोगेका ब्यथा लेख्छु भन्दा लेखिने रहेनछ
देखिने भए,भाग्यको रेखो कोतर्ने थिएँ नि
जति नै ठुलो एेनामा हेरें देखिने रहेनछ
साँच्चै रहेछ हत्केलाले सुर्य छेकिने रहेनछ
सजिलो रैछ है मर्छु भन्न मोहले छोड्दैन
धारिलो छुरा गलामा राख्दा रेटिने रहेनछ
मुटु दुख्छ भित्र कतै छातीको के दोश छ रआफ्नो धर्म निभाउने घातीको के दोश छ र!!देउताले त वासना खोज्छन् मान्छेका के कुराटिपिन्छ फूल मात्र गुमपातीको के दोश छ र!!अन्धकारमा देखिने सारा जून तारा चन्द्रमा हुन्डर उब्ज्यो मन भित्रबाट रातीको के दोश छ र!!खोक्रा आडम्बरले मलाई थिच्यो तिम्लाई थिच्योमैले भूलें उसले बिर्सियो साथीको के दोश छ र!!
ती जो भुल थिए हाम्रा प्रिया फूल भए हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो जसै आज अझै यी नजर चुलबुल भए उ...