Sunday, February 23, 2014

गजल



नयाँ कोही आए जस्तो कुकुर भुकेका छन 
टन्न केही खाए जस्तो कुकुर फुकेका छन 

भन्छन भुक्ने कुकुरले टोक्दैन आजकाल 
साहु अर्कै पाए जस्तो कुकुर झुकेका छन 

टाङ्मुनी पुच्छर सधैं छिमेकी नै ताक्छन  
छिमेकी मै धाए जस्तो कुकुर ढुकेका छन 

जती मुइ खाएपनि आखिर काम नै भुक्ने 
बफादारी हराए जस्तो कुकुर लुकेका छन 

चोर लखेट्ने त्यस्तै एउटा चरो मार्या हैन
आँफै सँग डराए जस्तो कुकुर चुकेका छन 

Wednesday, January 8, 2014

प्यारो छोरो श्रीजनको आज ५औ जन्मदिनको शुभकामना सहित्


प्यारो थियो सानु थियो, तोतेतोते बोल्ने बाबु थियो 
छाडि आयौं स्वदेस दुबैले टुकटुक हिंड्ने बेकाबु थियो  

चौथों बर्ष पुरा भईकन पाचौं बर्षमा दगुर्दै छ आज 
चाहना थियो संगै जन्मदिन मनाउने काटेर केक साँझ  

भरिन्छन आँखा चर्कन्छ छाती सम्झेर बाबु बिदेशमा 
गल्ती नै गरियो कि, जस्तो लाग्छ छाडेरै स्वदेशमा

देख्दा यहाँ बिदेशमा केटा-केटी हुलका हुल अती 
बाबुको त यो हाल आमाको उठ्दो हो शुल कती 

बोल्यौं केही क्षण बिहानिमा आनन्दको भान भो 
छोरो हाम्रो श्रीजन बाबु आज  अद्भुभुत शान भो    

भन्नुहुन्छ हजुरआमा खेलनी साथी हो मेरै घरको 
शोभा छ कोमल छ अती, प्यारो छ वर-परको   

भन्नुहुन्छ हजुरबुवा नाती मेरो शिखर हो कुलको 
हामी भयौं सब भमरा चिन्ता नगरे है फुलको

Thursday, January 2, 2014

मिठो गीत



साथ थियो हिजो सम्म, हातमा पनि हात थियो
पलपल प्रहर शुहाग लाग्ने छोटो मिठो रात थियो

थियो माया चोखो हाम्रो प्रित पनि चोखो थियो
संगै गाउने संगै नाच्ने बाच्ने संगै धोको थियो

पापी संसार पापी नजर, शहर पनि पापी थियो
छुटाइ दियो त्यही पापीले बाच्ने रहर काफी थियो  

थियो छोटो चिनारी हाम्रो सपना पनि छोटो थियो
धन्न रह्यो कुनै बेला संगै खिचिएको फोटो थियो

लुकी छिपी हर साँझमा, भेट्ने पनि रीत थियो
त्यही भेटमा गाउने हाम्रो,छुट्टै मिठो गीत थियो 

Tuesday, December 24, 2013

नशा


नशा
न मायाको न मोहको खै कस्तो नशा हो यो
पिए पनि नपिए पनि खै कस्तो दशा हो यो
उनको जित न मेरो हार कस्तो पासा हो यो
गुलाम सँग हारखाने खै कस्तो बास्सा हो यो

छोए पनि मात लाग्ने खै कस्तो रात हो यो
जो सुकैले माया गर्ने खै कस्तो जात हो यो
नयाँ भन्दा पुरानो, प्यारो लाग्ने पात हो यो
जसले पिउछ उसले जित्ने अजम्बरी बात हो यो

अक्षर अनि शब्द,



अक्षर अनि  शब्द,
शब्द अनि भाब भाब सङ्गै मितेरी लगाउन खोज्दा
निकै गहिराई मा म पुगेछु।
जहाँ मनका अघोसित युद्दहरु छेडिएछन,
अप्रस्फुटित भावनाहरु, हृदयमा गुम्सिएका
अनगिन्ती चाहनाहरु पोखिएछन
त्यसैले केही हलुङो अनुभब भएको छ
आजकाल मलाई।
चाहना नभएको त होइन मलाई
तर कहिले के कहिले के
नढाटी भन्नु पर्दा
सिमित समाजका असिमित बन्धनहरु
पार गर्न निकै अप्ठेरो हुदोरहेछ।

कापी कलम अनि कागज
कबिता कोर्न खोज्दा
समाजको तितो यथार्थ छरपस्ट छरिएछन
बिस्कुन सरि छरिएका आवाजहरुलाई
स्वछन्दताले दबाइेएका मुट्ठिहरुलाई
उचाल्न खोज्दा प्रफुल्ल छ
यो मन आजकल।
असफलता सँग मितेरी लगाएका
सफल तर हार खाएका उम्मेदवारहरुको
केहि सहानुभुतिको आशामा
उनैका थोरै अनुभुतीहरु
धमिलिएका मसिहरुले कोर्न खोज्दा
नजानिदो सकुन मिल्न
थालेका छन। 

म कबि होइन र त्यसैले 
मेरा लेखिएका शब्दहरु कबिता होइन
जहाँ यथार्थ छन
जहाँ सपना छन
त्यो कबिता हुन सक्दैन

माया,चोट धोकाधडिहरुको माझ
आफ्नै अबमुल्यन हुँदा
कस्को कलम चल्दैन र?
माया,चोट धोकाधडिहरुको माझ
आफ्नै अबमुल्यन हुँदा
कस्को कलम चल्दैन र?

Sunday, December 22, 2013

मैले भनेर हुने भए

मैले भनेर हुने, भए यो शहर तिम्रै हो 
बहुमत तिम्रै पक्षमा यो लहर तिम्रै हो 

मैले त के भनुं खै एक्लो बाच्ने मान्छे 
माहोल छ मायाको, यो रहर तिम्रै हो

मैले दिएर हुने भए,लैजाउ सारा सृस्‍टिहरु
अल्पमतमा छ दुनियाँ, यो प्रहर तिम्रै हो 

अझै के माग्दैछ्यौ के पुगेन र तिमीलाई
धाँदली भा´को छैन, यो सगर तिम्रै हो

सागर नदी घाम जुन, भन अरु के दिउ
संसोधन पर्दैन कानुनको यो बगर तिम्रै हो

०८:२५ बिहान
१२।१५।१३
स्पेन

Saturday, December 21, 2013

श्रीजनका केही मुक्तकहरु



भिजेको कागज जस्तै छ जिन्दगी मेरो
न कोही जलाउछन न चलाउछन कोही
एक्लो छु एक्लै रुमलिएको छु दोबाटोमा
न कोही टहलाउछन न बहलाउछन कोही
,,,,,,,,,,,,,,,,,,
पर भएर पनि पराइ हुन सकिन
जती रोए पनि बताउन सकिन
पिर यो होइन फेरि भेट होला नहोला
तिमी बिना दुई पल कटाउन सकिन
 ,,,,,,,,,,,,,,,,,,,,,,,,,,
मुटुमा प्रत्येक राज लुकाएर राख्छु
ओठमा हांसो सधैं सजाएर राख्छु
संसार केबल खुशीमा साथ दिन्छ
त्यसैले आफ्नो आसुँ लुकाएर राख्छु
,,,,,,,,,,,,,,,,,,
आसुँका बुँदहरु हुन मेरा पानी होइनन
आँखा हुन मेरा आशुका खानी होइनन
एदी मेरा पिडा तिमी महशुस गर्छेउ भने
माफ दिन सक्छु, तिम्रा बानी होइनन

गजल जमघटमा


गजल जमघटमा

जुगै भयो नबसेको    साथी-भाइको जमघटमा
जाउँकी आज जस्तोलाग्छ, साँझपख जमघटमा
 
छिर्नै हुन्न खाता खोली   तेर्साउछिन साहुनिले
बेइज्ज भयो जस्तोलाग्छ,सबकोसामु जमघटमा

कती हिंड्नु तर्कीतर्की बोलाइहाल्छन साथीभाइले
नजाउँ कि त जस्तोलाग्छ ,मधुशाला जमघटमा

तलतल नलागेको कहाँ होर? कौडीछैन पकेटमा
ढाँटी पिउँकी जस्तोलाग्छ , आजफेरि जमघटमा

एक्लै पिउने माहोलछैन, निम्तादिन गरीब भएं
कोही आउँछकी जस्तोलाग्छ,रम्नेभैयो जमघटमा

२०।१२।१३
१०:२५ बिहान
स्पेन   

गजल: जहर मिलेनन


गजल: जहर मिलेनन 

लेख्न खोजें गजल तर बहर मिलेनेन 
लाउन खोजें प्रित हजुर रहर मिलेनन 

पछी लागें धेरैबर्ष उन्ले वास्ता नगर्दा
पछी परें म त हजुर,नजर मिलेनन

दिलै खोली निम्ता दिदा फर्की नहेर्ने
बुझ्नै गार्हो मलाई हजुर कशर मिलेनेन

बसाईं संगै डेरा पनि उन्कैलागि सरें
देश त मिल्यो हजुर शहर मिलेनन

हारै खाएं पिरतिमा ज्यानै दिन खोज्दा
संसारमा मैले पिउने हजुर जहर मिलेनन

डिसेम्बर २०, २०१३
०७:३५ बेलुका

Friday, December 20, 2013

म सुकुम्बासी

खुला आकाश छानो मेरो, भो दरबार चाहिएन
सुकुम्बासी भएं आखिर म भो घरबार चाहिएन

यसै परदेशी उसै परदेशी,परदेशमै बित्ला जीवन
लाल-पुर्जा नापी-शाखाको, भो कारोबार चाहिएन

भनीहालें परदेशको सुकुम्बासी, अरु के भनौं र
इस्ट मित्र नातागोता सँगको,भो बेबार चाहिएन

को आफ्नो को आफन्त,मतलबी यो दुनियाँमा
बोली-बचन गोली सरह , भो तरबार चहिएन

गरीखाउला चाहे मागी खाउला,नभए मरिजाउला
बिन्दास भएछु आज,स्वदेशको भो खबर चहिएन

बिदा दियौ

सुँक्क सुँक्क मोती झारी रुवाउंदै बिदा दियौ
लामो यात्रा छाती भरी भिजाउदै बिदा दियौ

धन्य रै´छन सहयात्री यात्रा भरी बात मारे
बिदाइ लाई बाटो भरी सजाउदै बिदा दियौ

काँडा पनि फुल सरी मायालु को सम्झनामा
छुट्नै गार्हो अंगालो भरी फिजाउदै बिदा दियौ


बिजाउन थाले माला सुनाखरी उनिए पनि
छिट्टै भेट्छु बाचा भरी गिजाउदै बिदा दियौ

बाचाकसम त्यस्तै भए भेट हाम्रो हुने छैन
झस्किए आज सपना भरी ब्युझाउदै बिदा दियौ

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...