Friday, September 12, 2014

याद अझै ताजा छन्




स्मृति केही धमिलिय होलान तर याद अझै ताजा छन्

प्रेम प्रकाश पौडेल
पूर्व प्रधानध्यापक

अहो समयले साँच्चै नै कोल्टो फेरेछ,बाल युवा प्रौढ हुँदै बुढेशकाल पनि लागि सकेछ। आज आँफै आफ्ना सेता केही दार्हिहरु खौरन लाग्दा पो महशुस भयो मलाई कि बुढो भएछु अशक्त होइन। निधार गालामा परेका केही गहिरा धर्साहरुले जिस्काए जस्तै लाग्छ। एेनाले पनि गिज्जाए जस्तै लाग्छ ¨की प्रेम तँ बुढो भै´छस¨ हो नि किन बुढो नहुने ,हल्का रिष उठेर आउछ एेना सँग। समयको अन्तरालमा कैयौ आरोह अबरोह काटेर आएं , नाउदी पाउदिका जङ्घारहरु तरेर आएं म। बयपानीका आपका रुखहरु चढ्दै मानेचौका कुन्छाका कान्ला कुन्ली उफ्रेर आएं।पुतली बजार सुन्दर बजारमा फागु पुर्णिमामा फागु खेलिन कि तामाकोटका भिरहरुमा बाख्रा पो चराइन कि? हो साँच्चै नै आफ्नै बिगत सम्झने हो भने एउटा सिङो इतिहाँस बोकेको पो छु कि जस्तो लाग्छ।

पहिलो पटक म्याट्रिक असफल भएपछी भागेर मामाघर हुँदै चितवन पश्चिम रामपुर लाई नै कर्मथलो बनाए पछी नै हो शायद जीवनका गोरेटाहरु पछ्याउन थालें। तर पनि हार्न जानिन बिरगन्जमा प्राइवेट परिक्ष्या दिएर भए पनि म्याट्रिक् सफल भए। पहाडीया ठिटो कहिल्यै पायन्ट लगाएको थिएँ कहिल्यै साइकल नै देखेको थिएं तै पनि जीवनका उकाली ओराली पहाडमा नै छाडेर समथर थालो चितवनमा घिस्रिन थालें,आफ्ना भनेका मेरो मावली मात्र हुनुहुन्थ्यो चितवनमा।

उच्च शिक्ष हासिल गर्ने चाहना नभएर हो सक्ष्यम नभएर हो लागे जागिर खोज्न,,समयले साथ दिएकै मान्नु पर्छ ब्रहम्पुरी बाट सुरु भयो मेरो शिक्षण पेशा जुन अनन्त रही रह्यो।महिनाको ७५ रुपैया देखी सुरुभयो तलब मेरो,जिन्दगिको कमाइ। खुशी साथ बिते मेरा दिनहरु। बुढो पिता केही अशक्त,समयकै लेखो भनुँ छोरा छोरी मायाकै बगानमा हुर्काएं सकेको लेखाए पढाएं। हुन आफ्नै बुवाले चाढै नै छाडेर जानु भयो, आमाको मुहार पनि याद छैन,टुहुरो बने ,तर प्यारो सानो मामा (शेषकान्त अधिकरी)को माया साथले नै जिन्दगीमा अघि बढ्ने प्रेरणा मिलिरह्यो मिलिरहेको छ।

शायद मेरा समकालिन साथी इस्ट मित्रहरुले के कती कमाय तर मैले जीवनमा माया कमाएं। हो सिङाने बाबुनानीहरुको कलिलो हातको स्पर्श ले मलाई सधैं सुम्सुम्याइ रह्यो। ब्रहम्पुरी बाट सुरु भएको मेरो लगाब माइजुको नाममा भएको बिद्ध्यालय सम्म रह्यो शिक्षा शिक्षण पेशा प्रति, हुन मैले मेरो पेशा जागिरलाई कमाउने साधन बनाइन तर जीवन जिउने साध्य बनाएकै हुँँ। प्यारो लाग्छ प्यारो लाग्थ्यो तोते बोलिहरु,मिठा लाग्थे अबोध बालबालिका सँग रा सिक्दा सिकाउदाका क्षणहरु। दुखी कहिल्यै भइन खुशी सधैं भएँ अझै छु।केटाकेटिहरुको आवाज,तोते बोली,उनिहरुले पढेका आवाज नै भए मेरा लागि भजन यो बिद्यालय नै बन्यो मेरो लागी सदैब मन्दिर। चक डस्टर मेरा जीवनका अनिबार्य साधन बने।खुसी लाग्छ छडी मैले प्रयोग गरिन, अझै कसैलाई प्रयोग गर्न नै सल्लाह दिन्छु, किताबका रा मात्र पढाएं जस्तो लाग्दैन।मेटिदै गएका गुरु चेला बिचका धर्साहरुमा चहक थपें जस्तो लाग्छ। प्रेम बाढे प्रकाश बाढें जस्तो लाग्छ।    

खडाईले बारेको बिद्ध्यालय ढड्डाघरीको प्रबेश नै मेरो जिन्दगीको अर्को कोशे ढुङो बन्यो। मेरा अधिकान्श समय काल यही बिते। हजारौ साथी बने,इस्ट मित्र बने, आफन्त बने त्यही नै खुशी हो मेरो त्यही नै कमाइ हो मेरो। 

सजिलो थिएन फासिस्ट पञ्चायती शासनको समयमा समाजमा शिक्षाको प्रचार प्रसार गर्न। कुण्ठित परेका थिए हाम्रा आवाज,सिमित परीधी भित्र रहेर पढाउनु पर्थ्यो,राजा प्रतापी हुन भनेर रटाइन्थ्यो हामीलाई। ¨सबै युवा पन्च सबै पन्च युवा¨भनेर सिकाइन्थे तर पनि यस्तो अस्त्र बोकेका थियौं हामीले कि कसैको केही तागत चल्थेन हामीहरुको मन्दिर डगाउन। समाजमा कहिल्यै पछी लुकिन त्यसैले होला पटक पटक पन्चायती प्रशासनको तारो बने। तर पनि डगमगाइन लागिरहें शिक्ष्याको बिउ छर्न ,ज्योती बाँढ्न। यस्तो लाग्थ्यो जन्मेको सार नै शिक्षाको निम्ती हो।

साथ साथै मा अर्को धार जन्माइ दिनुभएको थियो मामा रामकृष्ण घिमिरे (जो अहिले सभासद) हुन्हुन्छ,त्यो धार थियो प्रजातन्त्रको,समाज उदारिकरणको अरु केही नगरे पनि ३२ साल देखी ४५ साल सम्म नेपाली काङ्रेसका कैयौ गोप्य बैठक ब्यबस्थापन गर्ने गर्थें आफ्नै घरमा केही डर थियो कतै मेरा बाल बच्चाले पढ्न नपाउने पो हुन् कि भनेर तै पनि, सफल हुन्थ्यौं भयौं पनि। शिक्षा, समाज राजनीति व्याख्या गर्नेहरुले के कसरी जसरी गरे पनि मेरा निम्ती समानन्तर थिए। समाजलाई राजनीति देखी टाढा राखिनु हुन्न भन्ने मेरो बिचार  थियो अझै पनि छ।

अन्तत: प्रजातन्त्र पनि आयो अर्थात ल्यायौं केही सजिलो हल्का महशुस गरे पनि सन्तुस्टको साश फेर्न हामी शिक्षकहरुले सकेनौ। आबस्यक थियो, थिएन एक अर्को जन क्रान्ति तर देशले रगत बगायो,हाम्रा शिक्षाका धरोहर, आधारहरु च्यातिने काम भए। नैतीक,सन्स्क्रित,सामाजिकका किताबहरु जलाइए। अबोध सहपाठिहरुलाई झुन्ड्याइए कशूर बिना नै। यो बुढो हुँदै गएको शरीर हुर्कदा छोराछोरिहरु प्रतिको जिम्मेवारि बहन गर्ने बेलामा फेरी अर्को डर त्रास थपिएको थियो। आएका होइनन् धम्की झुन्ड्याइने काटिने कि दोश थियो मेरो ¨अशतोमा सद्गमय

मेरा बिगतका सम्पूर्ण साथीहरु,सहपाठिहरु,दाजुहरु बुवाहरु,भाइहरु(गन बहादुर बानिया, जीवन न्यौपाने,तोयानाथ चापागाइँ,ताराप्रशाद अधिकारी,केशर बहादुर,शन्खकुमार श्रेष्ठ,रामशरण थापा,पदम बहादुर कुँवर,रामचन्द्र थपालिया, श्याम कृष्ण घिमिरे,पोख्रेल,बिष्णु घिमिरे ,,त्यस्तै चित्रकान्त अधिकारी, पुष्पराज काफ्ले, भक्त राज हमाल, रमा घिमिरे, कबिन्द्र कंडेल, पदम बहादुर पौडेल,बैकुन्ठ थापा, इश्वरी दवाडी, सानो बुवा(दुर्गा नाथ पौडेल),जसजसले मेरो जिन्दगीमा बिशेष गरी ढड्डघरी बिद्ध्यालय सन्चालन,पठनपाठनमा सदैब अहो रात्र खटेर सहयोग गर्नुभो उहाहरुलाई कसरी बिर्सन सक्थें ? काका बेद प्रशाद बराल, साइला दाई(बानिया),अधिकारी साइला,केशब रेग्मी, राधा,,उहारुको प्रतिको सद्भाब कहिल्यै पनि अपूरो रहेन। भाईहरु पदम,बैकुण्ठ इश्वेरी,भक्तराज, धन बहादुर,जो सदैब मेरा सहपाठि,सहयोगी,सहयात्री एबं पथ पर्दर्शक नै बने। जीवनका केही असजिला कालखण्डमा जसजसले मलाई साथ दिनु भो उहाहरु लाई नमन टक्र्याउछु,आदार टक्र्याउछु।

बिध्ह्या ददाती बिनयम्: बस यही थिए मेरा जीवनअका बिगत पन्नाहरु,खै किन हो याद बढ्दै छन आजभोलि अल्ली बढी नै,हुन मेरो मैले बगाएं बगाइन पसिना,श्रम,समय,कर्तब्य परायण बनें बनिन त्यो बुझ्ने सम्झने जिम्मा चितवनका शिक्षा प्रेमी महानुभाबहरुलाई दिन्छु। मेरा विद्यार्थी भाई बहिनिहरुलाई नै सुम्पिन चाहन्छु। कसले के कमाए मात्र होइन के सिके के सिकाउदै छन् आजका युवा   पिँढिहरुलाई त्यो बुझ्ने जिम्मेवार पनि भाईहरुको नै हो। यती भनेर पंछिन खोजेको होइन,अझै अहो रात्र खटिन तयार छु शिक्षा,उन्नती बिकासका निम्ती,,कमजोर नठान्नु प्रेमका चाहना विश्वाश लाई। 

मान्छे हुँँ पनि गल्ती भए होलान तर अन्जानमा, थिएन छैन अझै मा लोभ डाह इर्श्या, नगरेका होइनन् कोशीस धमिल्याउन मेरा प्रकाश हरु,दोश देखाउन मेरा प्रेममा,तर तर अडिग छु स्थिर छु मेरा कर्म प्रती।

हो शिक्षक हुँँ शिक्षक थिएं शिक्षक नै रहने छु, अगाढ माया मलाई मेरो बिद्ध्यालय शिक्षा प्रती, बिद्ध्या प्रती,अफसोच छैन कत्ति पनि मेरो बिगत सँग,शिक्षक लाई पेशा मात्र नबनाउ,जहा हामीले सिकाउन , पढाउन भन्दा पनि जीवन मार्गहरु खोस्रने गरौं,घोटाएर घोकाएर रटाएर मात्र होइन होइन बुझाएर सिकाऔं,,धेरै होइन थोरै तर गुणात्मक शिक्षा दिउँ। हुन राष्ट्रिय शिक्ष्या, पाठ्यक्रम, पाठ्यपुस्तक नै बर्तमान समाज परिस्थिती अनूकुल छैनन,धेरै परिवर्तन परीमार्जित गर्नुपर्ने देखिन्छ। व्याबहारिक शिपमुलक ज्ञान नै आजको आवश्यकता हो भन्ने मेरो ठम्याइ हो।

जीवनमा लुरे,ठुलाघरे नाती,भन्जा बाबु भन्ने शब्दहरु सुन्दै हुर्कदै गरेको प्रेम प्रकाश बाट प्रेम जी,प्रेम सर, हेड सर, बुढो हेड सर, कतै अनेकन नातामा आई पुगेको छु।हेड सल! हेड सल,, $$$$$$$$$ यही आवाज हुन मेरा जिन्दगीका उर्जाहरु। स्मृति केही धमिलिय होलान तर याद अझै ताजा छन् मेरा। ३७ बर्ष महिना भन्दा बढी जीवन खन्डमा कलम चक डस्टर बोकेर नै बिताएं। एक छुट्टै जोश जागर,द्रिस्टीकोण थिए मेरा अझै छन् पनि, कमजोर भएको छैन म। कपाल फुल्नलाई नै उम्रेका रहेछन्।

टुटेनन् मेरा शिलशिला,बाबुनानीहरुको चिर्बिर चिर्बिर ताराबाजी लै लै दुई एकाने दुई सुन्ने रहरहरु त्यसैले समाजसेवी मामा,मामाका छोराहरु आँफै मिलेर अर्को बिध्ह्यालयको पनि निर्माण सम्पन्न गर्यौं। अझै पनि सुन्छु आगनमा बसेर त्यही आवाज,,


बुढो भएकै हुँँ ? अहँ मेरो मनले मान्दै मान्दैन। अझै धेरै गर्नु सकेको यो देश राष्ट्र अनी मेरो समाज लाई, यो मोरो एेना जे पनि बताउँछ, त्यसैले मान्दिन, सँग अझै उही जोश जाङर सबै भन्दा प्यारो मेरो नातिको कलिलो स्पर्श ,,अहिले घरमा नै सानो नाती अर्को उर्जा मेरो लागि,,आँट दिन्छ,भरोशा दिन्छ विश्वाश दिन्छ,यही नै काफी छ।  


जाँदा जाँदै

(श्री दुर्गा शेषकान्त अधिकारी उच्च मा बि को स्वर्ण महोत्सवको स्मारिकामा भएको कबिता)

हुँ शिक्षक----------

A real story.....



अबोध प्रेमको शिलशिला


समयको अन्तराल सँगै थाहा छैन आज तिमी कहाँ छौ? तिम्रो खबर त तिम्रो बारेमा नसुनेको पनि थुप्रै भैसकेछ। म त परदेशिएं,थाहा छ के तिमीलाई? पश्चताप गरेको होइन आज केबल पुराना स्‍मृतिका झिल्काहरु शब्दहरुका सिन्कामा उन्दै उही निठुरी यादहरु बिछ्याउने जमर्को मात्र गर्दैछु। कती पवित्र थिए हाम्रा सम्बन्धहरु कती निर्दोश थिए हाम्रा बोली,मित्रता अनी के के। सांच्चै नै समयको चाल होकी छल थाहा भएन तर पापी त समय नै हो नि होइन र? हाम्रा ति सुन्दर बिहानी,धुलो र माटोमा बितेका स्वर्णिम पलहरु आखिर मेरा लागि अतित नै भए थाहा छैन तिमीले त सायद पुरै भुलिसक्याउ हौली? हाम्रा बाल अबोध प्रेम कथाहरु तिनै रामपुरे धुलोहरुमा बिलाइसके,चितौने धुपहरुमा हराइसके तर आज किन हो कुन्नी मलाई तिनै यादहरुले घोचेको जस्तो,खोजेको जस्तो अनी लखेटे जस्तो भएको छ। हुन त म पनि एक घरबारे भैसकेको मान्छे हुँं। आफ्नो बर्तमान सँग पूर्ण खुशीमा जीवन बिताइरहेको छु। तैपनि आज यो केही थकित मानसपटलमा सलबलाई रहेका छन्। लगभग तीन दसक भन्दा बढी भै सकेका हाम्रा तिनै बाल प्रेम कथाहरु वास्तव मै अबोध,निश्चल र पवित्र थिए. भाँडाकुंडि,रुमाल लुकाइ,आस पास भुलिसकेछु ति खेलका नामहरु पनि जुन हामी सदैब रामपुरे टांडिका गराहरुमा खेल्थ्यौं या भनु हाम्रो दिनको सुरुवात नै यसरी नै हुन्थे। तिम्रा मेरा आँखाका अब्यक्त भाबहरु के तिमीलाई याद छ? तिम्रो मामाघरको कटेरा पछाडि तिमी दुलही म दुलाहा खेलेका पलहरु के तिमीलाई याद छ? तिमीलाई अहिले याद छ कि छैन परन्तु मेरो मन मस्तिस्कमा अझै पनि ति यादहरु ताजै छन् शायद अपुरा अधुरा भएर होलान्। सांच्चै नै ति सम्झनाका झटाराहरु बज्रे पनि आनन्द लाग्छन्। हो त्यसैले त कोर्दै छु,आज हाम्रा ति अबोध प्रेमका शिलशिलाहरु,,,,,

नढांटि भनुँ आज सम्झंदा पनि लाज लागेर आउंछ,हामी दुबैका नाकभरी सिङ्गान हुन्थे, धुलाम्यै हुन्थ्यौं,गालामा तेर्सा सिङ्गान कटकटिएका हुन्थे। मेरो घरको तगारो आङ्गन छेउ हतकेला भरी गट्टा र अडेल लिएर तिम्रो आगमन हुन्थ्यो। म खुशी हुँदै तिम्रो सामु हात थाप्न पुग्थें। तिमीले सर्वस्व दिए झै ति सबै मेरा अन्जली भरी खन्याइदिन्थ्यौ। अनी सुरु हुन्थ्यो हाम्रो त्यो दिनको भाँडाकुंडि र घर बनाइ खेल,जिन्दगिको यस्ता क्षणहरु जुन कहिल्यै खोजेर पाउदिन म। माटो र स-साना ढुङ्गाहरुले साँध लगाएर बनाएका ति घर सांच्चै नै सपनाका सुन्दर महल लाग्थे। धुलोमा कोरिएका सिमारेखाहरुले नै हो कि आज हामीलाई अल्ग्यायो है? तिनै घरहरु औल्याउंदै तिमीले भन्थ्यौ अती सरल र सहज रुपमा अझै म सम्झन्छु, उ त्यो हेर त हाम्रो घर यो हाम्रो भान्छा कोठा,त्यो तिम्रो र मेरो सुत्ने कोठा। म हेर्थे रमाउंथे तिमी सँग,बाल क्रिडामा। कैयौ पटक भनेकी थियौ, ¨ म पर सरेको छु, नजिक नआउ है¨¨मलाई छुनु हुन्न तिमीले¨ यद्धपी मैले बुझेको हुन्थें कि हुन्थिन थाहा छैन।

अहिले म एकान्तमा घोत्लिन्छु आखिर के थिए त हाम्रा ति सम्बन्धहरु,के थियो त ति समय। कहाँ गए ति पलहरु अहिले न मैले सोचेर पाउछु न खोजेर नै। सुनेको थिए मैले भन्दा पहिले नै तिमीले जीवन साथी रोजेर घर बसालिसकेकी थियौ रे। खै कता पश्चिम नेपाल तिर तिम्रो घर छ रे। समयले संघार नाघेको पत्तो नै हुन्थेन। मध्यान्ह भैसकेको हुन्थ्यो। तिम्रो हजुरआमाले ¨ .... नानी खाजा खान आउ¨ भन्दा हातका गट्टा र अडेल भुइमा त्यसै मिल्काएर ¨एक्कै छिनमा आउंछु है¨भन्दै दगुर्दै जान्थ्यौ। हो त्यही हो सायद हाम्रो अबोध प्रेम,अबोध प्रेमको शिलशिला।लाग्छ केही समय त्यसरी नै बिते हासी हासी बिते खुशी खुशी बिते, कहिले बडहरका रुखमा लुकामारी खेल्दै बिते त कहिले खनायो को जराहरुमा लुकामारी खेल्दै बिते। आज आएर ति सबै धमिलिएका यादहरु मात्र भन्न् सुहाउंछ।

अनि धेरै बर्षपछि, तिमीलाई देखे त्यही हाम्रो रामपुरे धुलोमा,साँझको बेला थियो अनि तिमी त्यो साँझलाई नै जलाउने गरी धपक्क बलेकी थियौ।सांच्चै नै एक कबिले देखेको भए कती कबिता र गजल लेख्थे होलान तिम्रो त्यो सुद्नरताको बर्णन गर्दै। लाज,बैन्श,उमेर,इर्श्या मोह सबैले तिमीलाई सिङारेको जस्तो लाग्थ्यो। लेहेङ्गामा सजिएकी थियौ। गाजल र टिकाले झनै सुन्दर देखिएकी थियौ। म अवाक्क थिए केही बोल्न सकेको पनि थिइन या आँट नै गर्न सकेको थिइन। बास्तवमा भन्ने हो भने म तिम्रो त्यो त्यतिखेरको सुन्दरता र खै के ले हो बेहोशी जस्तै बनिसकेको रहेछु (आज याद हुँदैछ),,तर तर खै कता बाट हो अलिकती जोश,बल र आँट बटुलेर यती मात्र भन्न सकें कि ¨ ..... तिमीलाई याद छ?¨तर तिमी त म भन्दा पनि बढी लजाएर हो या एक किसिमको आबेगमा,,, मामी !!!!!!!!!!!!!!!!भन्दै तिम्रो मामाघर तर्फ पो भाग्यौ। एस्तो लागेको थियो तिम्रो त्यो अतितको बालसुलभ अझै रहेछ तर तिमी त अर्काकी भै सकेकी थियौ। म पनि कस्तो अबुझ। जिस्काउन खोजेको पनि त थिइन केबल एक छिन हाम्रो अतितको याद दिलाउँ भनेर मात्र तर तिमी त टाढा भागीसकेकी थियौ मेरो वरपर रात पार्दै। अनि म पनि लागें साइकल समाएर साथी निरज को घर तर्फ यही अतीत उसलाई पनि सुनाउ कि भनेर। खै आज यो मन बहकिएछ कि कुन्नी !!

२६ जनवरी,२०१४
२२:३५
स्पेन

Thursday, September 11, 2014

बसि बियांलो - २

बसि बियांलो - २


पिउंछु म मजाले पिउंछु, नरोक आज मलाई, कहिले नपिएको छु र? सधैं पिएरै त जिएको मान्छे हुँं म पनि, भिडमा तिमी जस्तै बस फरक यती छ तिमीले र मैले पिउने स्वाद फरक होलान अन्तत्वगत्वा प्रतिफल एउटै। विश्वाश लागेन तिमीलाई म सिधा पिउछु घटघटी तिमी लुकाएर छिपाएर पिउंछौ। मैले पिएको देखेर तिमी हास्छौ तर तिमीले पिएको कसैले देख्दैन। अचम्म किसिमको पारदर्शी छ यो दुनियाँ मैले जती नै लुकाएर पिए पनि देख्छन् तर तिमीले छत र आँगनमा ढलिमली गरेर पिए पनि मान्छे आँखा चिम्लेर हिड्छन् या देखेको नदेखेइ गर्छन्। त्यसैले आज पनि म पिउन्छु हिजो पनि पिएकै हुँं र भोलि पनि अबस्य पिउंछु। किन कि मेरो भागमा पिउन नै लेखेको छ भने तिमी को हौ र मलाई रोक्ने, तिमीले चाहदैमा न मेरो पिउने आदत रोकिन्छ न म भाग्न नै सक्छु।हो आज म पिउने कुरा गरिरहेको छु तिमी अर्थात समय,परिस्थिती,बाध्यता, रहर,कर चाहे जे होस्। हो म पिउंछु मेरो बाध्यता होला तर अहिलेको परिस्थितीमा रहर अबस्य होइनन्। मैले चाहेर पनि लुकाएर पिउन सक्दिन किन कि मेरो संसार यो दुनियाँ नै पारदर्शी छ,छर्लङ एेना जस्तै अह होइन एेना जस्तै किन कि एेनाले देब्रे लाई दाहिने र दाहिनेलाई देब्रे देखाउंदो रहेछ ढिलै भएपनि मलाई यति ज्ञान भएको छ कि एेनाले जस्ताको तस्तै देखाउंदो रहेनछ। धन्नै बाटो भुलेको मैले आज, कता पिउने प्रसँगको कुरा गर्दै थिए कता एेनाको बखान गर्न पुगेछु। हो मैले पिउन थालेको धेरै भयो। पहिले एक्लै पिउंथे अहिले म सँग मेरो जीवन र जिन्दगीका क्षण पलहरुले पनि साथ दिएका छन् अर्थात मलाई पिउनमा रङ्ग (मन) दिएका छन्।पिउन तिमीले नै सिकाएको हौ धेरै पहिला देखि,सिकायौ मलाई पिउन जसरी हावामा पौडन,आगोमा दौडन सिकायौ। थम्यायौ प्यालाहरु अनेक ब्रान्ड र मार्काका मेरा हातमा सुरुवाती दिनहरुमा दियौ मिठा यादहरु। अनि बिस्तारै टाढा भयौ,जुनबेला मलाई तिम्रो साथ चाहिएको थियो मैले पाईन तिम्रो छाया सम्म प्यालाहरु ठोक्काएर (चियर्स) गर्ने मन हुन्थ्यो तर तिमी हुन्थेनौ,तर मैले छाडिन पिउनलाई। एक्लै पिएं थाहा छैन तिमीलाई एक्लै पिउंदाका मज्जाहरु। भन्दिन आज म ति मज्जाहरु कस्ता थिए र कतिसम्मका रमाइला थिए या कस्टकर थिए,किन कि हिजो को तिमी आज मेरो अतित हौ। हो त्यो अतितलाई आज म बर्तमानमा मेरो माहोल बिथोल्न ल्याउन्न र ल्याउन चाहन्न पनि। म खुशी छु आज एक्लै एक्लै पिउंछु। कसैको कम्पनि (साथ) जरूरत पर्दैन मलाई किन कि म मेरो बर्तमान सँग पिउंछु अतितको यादलाई चुमामी (स्न्याक,सितन,जापानी भाषामा) बनाएर भने भबिश्यका सुन्दर भोलिहरु सँग पिउंछु। बिहानीमा रातका सपना सँग पिउंछु भने साँझमा तिनै बिहानीका यादमा। अहो तिमी र सार्है तर्सियौ कि कसो? आज मैले यहाँ न कुनै रक्सी,वाइन,ह्विस्की या कुनै मादक पदार्थ पिउने कुरा गरेको होइन तिमी सँग,,अझै बुझेनौ मैले पनि अरुले जस्तै जीवन भोगाइ,जिन्दगीका हरेक मोडहरुलाई एक मिठो नशा सम्झेर पिइरहेको कुरा गर्दै छु, तिमीले पनि पिएको छैनौ र? माथि नै भनिसके नि तिमीले पिएको कसैले देख्दैन तिमीले सुखै सुख र अलिशान महलमा जिएका छौ अन्तर यति छ कि म शिशामहलमा। पारदर्शी मेरो जिन्दगी तारामन्डल पनि अनि खुला किताब जस्तै छ जीवन,जहाँ म हरेक दिन पिउंछु हरेक पल पिउंछु कहिले खुशी सँग कहिले आँशु तर पनि मेरा पिउने प्यालाहरु छचल्की रहन्छन् प्रत्यक सांझ मिठो शुवाश सँगै,प्रत्येक बिहान तरङ्ग र छुट्टै अभिलाषा सँग ब्युझन्छु अनि सुरु हुन्छ मेरा फरक फरक प्यालाहरु जिन्दगीका।।



 



13 september 



 



हाहाहाहा !!!!!!11

कसैको करले लेख्दिन म,म मेरो नै रहरले लेख्छु। कमाउन लेखेको छैन र होइन पनि।साहित्यिक बजारमा स्थापित हुन्छु र नाम कमाउछु भनेर पनि लेख्न जमर्को गरेको होइन। बाध्यतालाई रहर बनाएर बर्तमान परिस्थिती र आफ्नै मनमा उठेका ज्वारभाटाहरुलाई अक्षरहरु सँग मितेरी लगाएर एउटा गती बन्छ कि भन्ने झिनो अभिलाषा मात्र हुन मेरा सारा लेखाइहरु होइन एक किसिमले भन्ने हो भने टिपोट नै मनका उकुसमुकुस भावनाहरु। हो प्रस्टिन खोज्छन मेरा अनगिन्ती रूपहरु,छद्मा रूपहरु मेरा गीत कबिता र गजलहरुमा। कतै पीडित प्रेमी हुँला कतै नशामा लट्ठिएको देबदास त कतै समाज र जिन्दगी देखि टाढिन र भाग्न खोज्दै गरेको एक भगुवा,जीवन सँग नै थकित हारेको जुवाडे जस्तै। तर म जे छु म छु निर्भिक प्राणी स्वतन्त्रताको गूड्डी हान्क्छु बन्द कोठा भित्र जहाँ स्वतन्त्रताको नै गीत लेख्छु। हो वास्तवमा जन्मभूमी देखि सात समुन्द्र टाढा स्वदेशको माया घरको याद अनि बेरोजगारी र सरणार्थि हुनु परेको बेग्लाई पिडा,हुदाहुँदै पनि म शब्दहरु सँग खेल्छु,रमाउछु,गुनगुनाउछु सपना बिपना दुबैमा नै मेरा शब्दहरु सँग आफुलाई घुलाउन चाहन्छु भने कतै धुलाउन चाहन्छु। जोडदार नहोलान मेरा प्रस्तुतिहरु नहुन् पनि तर म मेरा रचनाहरुलाई एउटा आमाले आफ्नो सन्तानलाई गर्ने जत्तिकै माया गर्छु प्यार गर्छु। मतलबी दुनियाँको वा वा होइन आफ्नै मनको सन्तुस्टिको लागि लेख्छु। हो म देखावटी छु युरोपको भब्य शहरभित्र लुकेर स्वदेशका पिडाहरुमा आँशु बगाउंछु किन न कि यो नै मेरो बाध्यता हो,तिनै बाध्यताहरु नै म मेरा कबिताहरुमा लिपिबद्ध गर्ने जमर्को गरिरहेको छु हालाकी लिपिमा न लिपिएलान तर भाब र आफ्नै सन्देश बाट बिचलित भने अबस्य छैनन्। हो म एक अनपढ,अबुझ स्वांठ त्यसैले मेरा गजलहरु मेहफिलमा नगाइेएलान किनकी मेरा गजलहरु फारसी र उर्दुका बहरे नियम र छन्द म लेखिएका छैनन् तर मेरा गजलमा सृङ्गार छन, बिम्ब छन्,भाब छन चाहे नहुन तर मैले नाम भने गजल नै दिएको छु। पश्चिमाहरुले कबितालाई जे जसरी व्याख्या गरेको भएपनी ति भन्दा बिशाल आफ्नै मनले जसरी लेखियो पोखियो आफ्नै शब्दहरु तिनिहरुको एक मुस्ट अनुच्छेदहरुलाई कबिता नाम दिए मैले त।  

बनको डालो रै´छ gazal

धोए पनि नजाने मनको कालो रै´छ
सम्बन्ध फुटाउने धनको जालो रै´छ,,

सादा जिवन उच्च बिचार भन्नु मात्र
भिडमा चिनाउने तनको खालो रै´छ

शिशा महल पाल्किमा कौडी भए सम्म
धूपमा जोगाउने बनको डालो रै´छ

कफन होस चाहे कात्रो टन्टनी बांधि
चितामा पुर्याउने फनको टालो रै´छ

धोए पनि नजाने मनको कालो रै´छ
सम्बन्ध फुटाउने धनको जालो रै´छ





हुन्थ्यो दसैं

दु:खाउन आउने भए न आएनी हुन्थ्यो दसैं
सनाइले मालश्री धुन न गाएनी हुन्थ्यो दसैं

परदेशी आफन्तले बिदा पाएनन् रे यसपाली
मझेरी र त्यो आँगनमा न छाएनी हुन्थ्यो दसैं

जमरा र रातो टिका कस्को शिरमा सिउरिने
रुवाउने त्यस्तो खबर न पाएनी हुन्थ्यो दसैं

ठूलोखसी काटने बुवा भन्दै छ यो फुच्चे नाती
बलि भोग तातो रगत न खाएनी हुन्थ्यो दसैं

तिज त्योहार मनाउंदा जेथा सकें ब्यथा थपि
तिर्नै पर्ने साहुको मुख न बाएनी हुन्थ्यो दसैं !!

Wednesday, September 10, 2014

मेरै हुन कबिता

म लेख्छु कबिता अक्षरहरु मेरै हुन्
यी सवाल आफ्नै उत्तरहरु मेरै हुन्।
सृजना गर्छु म सागरको शब्दहरुले
हिमाल, पहाड, पत्थरहरु मेरै हुन्।।
नरोक अबिछिन्न गती गोरेटाहरुमा
बषन्त शिशिर पत्झरहरु मेरै हुन्।
म जिउंछु जीवन सार पद्दतीहरुमा 
ताल र तलैया, बगरहरु मेरै हुन्।।
स्वतन्त्रताका गीत म गाउँछु सदैब
ज्वारभाटा सारा लहरहरु मेरै हुन्।
छु अबिभाज्य छातीमा बोकेर हिन्दूत्व 
हो धाक मेरा रवाफहरु मेरै हुन्।।
राख्दिन गुमराह सृस्‍टि छ सुनौलो
खोज्दिन अर्काको जवाफहरु मेरै हुन्

म लेख्छु कबिता अक्षरहरु मेरै हुन्



Tuesday, September 9, 2014

रोपेका ति बिजहरु song

अतितको फूलबारीमा रोपेका ति बिजहरु
हावाहुरी घामपानीमा छोपेका ति बिजहरु

उम्रे होलान फुले होलान माली छ छैन होला
मायालुको त्यो आङ्गनमा पोखेका ति बिजहरु

जुन बेला गोधुलिमा बिताएका हात समाई
सम्झना हाम्रो छोड्नलाई खोपेका ति बिजहरु

मुल बाटो बिर्सिएर सहयात्री पराई हुँदा
पवित्र भन्दै पिरतिमा चोबेका ति बिजहरु

उम्रे होलान फुले होलान माली छ छैन होला
मायालुको त्यो आङ्गनमा पोखेका ति बिजहरु

तर्किएर जानेलाई song

तर्किएर जानेलाई फर्किएर, आउ भन्दिन
फर्किएर आउनेलाई अब म जाउ भन्दिन।

तोडिजाने भूलिजाने बिर्सिजाने बाचा सपथ
विश्वाशमा चल्नसके ती कसम खाउ भन्दिन।

बिरहमा बिते होलान् अतित तिम्रा हिजोका ती
भक्कानिदै सम्झिसम्झी तिनैपिडा गाउ भन्दिन।
  
लुकामारी खेल्नुछैन जिन्दगीमा, अब मलाई
अन्धेरीमा चल्छु आँफै जून बनी छाउ भन्दिन।

तर्किएर जानेलाई फर्किएर, आउ भन्दिन
फर्किएर आउनेलाई अब म जाउ भन्दिन।

बारुलाले चुसी सके, माहुरीका घारहरु gazal

तिर्नु पर्ने धेरै बाँकी,हिजोका उ´धारहरु
उदाउनु पर्ने थियो, जिन्दगीका धारहरु

उतार चढाब यस्तै, आउने जाने गर्छन
धानेरै बोक्छु हजुर, उकालीका भारहरु

पराई के आफ्ना भन्नु,दुखाउने यो मुटुमा 
रोक्नै पर्ने एकोहोरो, चलेका प्र´हारहरु

खोक्रो चाका सुकिसक्यो भिरमा ब्यर्थै धुवांयौ  
बारुलाले चुसी सके, माहुरीका घारहरु 

बनै डढ्यो चरी मर्यो, कस्ले झार्ला आँशु अब
कस्ले बुझ्ने दुनियाँ´मा, आफन्तका मारहरु

हल्ला भो साथी !

 

आफ्नै जवानी साला आज हल्ला भो साथी 
लुटेरा को त्यो बस्ती माझ गल्ला भो साथी
छुरा लुकाउने हरु सँग भाग्दा भाग्दै 
नभेट्ने रे हरेक साँझ सल्लाह् भो साथी
पिउदै नपिउने लाई पिउन सिकाय् 
खै कता हो गएछ लाज झल्ला भो साथी
इज्जत नै के रह्यो अन्धकार बिहानी 
खेतमा नफुटेको आज डल्ला भो साथी
खल्ला लाग्लान् मेरा चित्कारहरु तिमीलाई 
आफन्त यो मनको राज चल्ला भो साथी

आउनु भो नी हजुर song

मेरो लागि यहाँ सम्म आउनु भो नी हजुर
साना ठुला कस्ता दुख पाउनु भो नी हजुर

खोल्साखाल्सी नाघि भदौरे भेल यो बिर्सिएर
अौंशि रात्´मा जूनबनि छाउनु भो नी हजुर

मिठा मिठा बात मारौं धेरै पछि भेट हाम्रो 
आफ्नै सम्झी यती टाढा धाउनु भो नी हजुर

आफ्नै छाया सँगपनि तर्सिन्छु म आजभोलि 
पिरती´का मिठा गीत गाउनु भो नी हजुर

धन्य धन्य आभारी छु कोमल सदभाब् पाएं
प्यासी थिएं चोखो माया लाउनु भो नी हजुर

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...