Friday, May 27, 2022

गीत :तिम्रो त्यो .......... बानीले

केटा:
तिम्रो त्यो ओठ, टोक्ने बानीले 
बाटो छेकी, त्यो रोक्ने बानीले 
मलाई, के गरुँ, के गरुँ बनायो  
भन भन, बाँचु कि मरुँ बनायो 

तिम्रो त्यो ओठ टोक्ने बानीले ......

केटी: 
तिम्रो त्यो गाम सोध्ने बानीले 
घरी घरी, नाम सोध्ने बानीले  
मलाई रुनु कि, हाँस्नु बनायो 
पिरती छोड्नु कि गाँस्नु बनायो 

तिम्रो त्यो गाम सोध्ने बानीले 

दुबै:
तिम्रो त्यो ओठ टोक्ने बानीले ......
तिम्रो त्यो गाम सोध्ने बानीले .......

केटा:
तिम्रो त्यो, आँखा झिम्काउने बानीले 
माया माया भन्दै, धम्क्याउने बानीले 
मलाई, कस्तो, कस्तो बनायो 
एस्तो लाग्छ धेरै सस्तो बनायो 

तिम्रो त्यो, आँखा झिम्काउने बानीले

केटी:
तिम्रो त्यो, झुटो बोल्ने बानीले  
मनका कुरा,केही नखोल्ने बानीले 
मलाई, जाउँ कि बसौं बनायो
पिरतीमा चढौँ कि खसौं बनायो  

तिम्रो त्यो, झुटो बोल्ने बानीले  

दुबै:
तिम्रो त्यो, आँखा झिम्काउने बानीले....
तिम्रो त्यो, झुटो बोल्ने बानीले   .....

दुबै:
मलाई रुनु कि, हाँस्नु बनायो .......
पिरती छोड्नु कि गाँस्नु बनायो.......
दुबै 
तिम्रो त्यो ओठ टोक्ने बानीले ......
तिम्रो त्यो गाम सोध्ने बानीले .......

कोमल मन, अनि ती गूलाबी अधरमा

कोमल मन, अनि ती गूलाबी अधरमा
आउनेछु पक्कै, बोलाउ तिम्रा शहरमा !!

तस्बिर हेरेर, कति रात कटाउने हामी
पल पल ब्युँझिएर, हरेक चार प्रहरमा !!

नभनेर मात्र हुन् चाहना पक्कै मिल्छन् 
बुझ्यौ केही तिम्रा त केही मेरा रहरमा !!

घुमौंला हातमा हातराखी ती कन्यामहरु 
दाङ्ग धनगडी भेंडेटार हिले साँफे-बगरमा !!

म तिमीलाई भेट्छु तिमी मलाई हेर है 
टाढा किन जानु एकआपसका नजरमा !!

उफ् आज फेरी तिम्रा याद आए

उफ् आज फेरी तिम्रा याद आए

रोक्नै नसक्ने गरी आ'जाद आए!! 

        उफ् आज फेरी तिम्रा याद आए 

ब्युँझेको मात्र हुँं,भर्खर बेहोस् बाट 

सम्हालिंदै थिएँ, मीठा बर्बाद आए!!

        उफ् आज फेरी तिम्रा याद आए 

मौनतामा हराएको बेला बाडुल्की 

हो न हो जवानीका उन्माद आए !!

        उफ् आज फेरी तिम्रा याद आए 

नसक्ने भएँ जिउन, पिउनै छाडेर

छातीका शूल सङ्गै आर्तनाद आए!!(नाद ध्वनी)

        उफ् आज फेरी तिम्रा याद आए !!

भूलिसकेका पुर्णिमाका उजेलीहरु 

औंसीका रातमा उफ् चाँद आए!!

        उफ् आज फेरी तिम्रा याद आए 

   






 

 


Thursday, May 26, 2022

# कालो चस्मा

लौ जवानीले धावा बोल्यो, चन्चल भए नजर 



x

लाउनै पर्‍यो कालोचस्मा, हल'चल भए नजर !!


घिन्ताङ्ग घिन्ताङ्ग ए घिन्ताङ्ग घिन्ताङ्ग बज्यो नि मादल 

लाली ओठमा,,,,,, मिर्मिर आँखामा कालो गाजल 


एहै नयाँं नयाँ रुप देख्छु, त्यो ओठ टोक्ने बानी   

कि देउ हैन भने लुकाई राख, आगो भो जवानी!!  


घिन्ताङ्ग घिन्ताङ्ग ए घिन्ताङ्ग घिन्ताङ्ग बज्यो नि मादल 

लाली ओठमा,,,,,, मिर्मिर आँखामा कालो गाजल 


कहिले सम्म तर्की हिंड्छ्यौ, पार्छु माया जालमा 

साथ मात्र देउन सानु, राख्छु आँखी झ्यालमा !!


घिन्ताङ्ग घिन्ताङ्ग ए घिन्ताङ्ग घिन्ताङ्ग बज्यो नि मादल 

लाली ओठमा,,,,,, मिर्मिर आँखामा कालो गाजल


उफ् नसकिने भो कति सम्म, भाऊ खोजेकी काली 

ए! सुनन भन्या, तिमी बन बगैंचा म बन्नेछु माली !! 


घिन्ताङ्ग घिन्ताङ्ग ए घिन्ताङ्ग घिन्ताङ्ग बज्यो नि मादल 

लाली ओठमा,,,,,, मिर्मिर आँखामा कालो गाजल 



महिला भर्सन


छि कति पिछा गरेको हो, ए गाउँको नकचरो 

चिनजान् केही छैन अझै, के नाउँ हो नकचरो 

 

घिन्ताङ्ग घिन्ताङ्ग ए घिन्ताङ्ग घिन्ताङ्ग बज्यो नि मादल

नलगाउ कालो चस्मा, देख्छौ निलो आकाशमा बादल

(लाली ओठमा,,,,,, मिर्मिर आँखामा कालो गाजल)


देख्यौ मान्छे म नक्कली छु, पछी लाग्ने धेरै छन् 

हिरो नसम्झ है तिम्रा भन्दा फ्यान धेरै मेरै छन्


घिन्ताङ्ग घिन्ताङ्ग ए घिन्ताङ्ग घिन्ताङ्ग बज्यो नि मादल

नलगाउ कालो चस्मा, देख्छौ निलो आकाशमा बादल

(लाली ओठमा,,,,,, मिर्मिर आँखामा कालो गाजल)

 

  



 




 

मन हो बहकिन सक्छ, सम्हाल्दै गर्नु

मन हो बहकिन सक्छ, सम्हाल्दै गर्नु
उड्ने आफ्नै सपनाहरु, अङ्गाल्दै गर्नु!!

दोश मलाई हैन, सके नजरलाई दिनु
मैनजस्तै हुन्छ्न् रहरहरु, पगाल्दै गर्नु!!

बहन देउ ती, दुई आँखाका पानी
गहहरु भरिएमा सधैं, पखाल्दै गर्नु!!

उतार चढाव नै रहेछ, जिन्दगी भन्नू
मन हो बहकिन सक्छ, सम्हाल्दै गर्नु

घृणा र तिरस्कारले कसलाई पुग्छ यहाँ 
बिन्ती प्रीतका रीतहरु, बसाल्दै गर्नु!!

मैन जस्तै हुन्छन् रहरहरु पगाल्दै गर्नु
मन हो बहकिन सक्छ, सम्हाल्दै गर्नु...

Wednesday, May 25, 2022

मेटिन्नन् प्यास, तिर्खाए मनका आर्तनादहरु

हर साँझ अन्धेरीहरुमा, जहर पिएको हुन्छु 

केवल बाँच्नको लागि,, रहर पिएको हुन्छु  !!


गर तिमीहरु नाटक नौटन्की, दर्शक हुँं म 

रङ्गमन्च भित्रका तिता, कहर पिएको हुन्छु !! 


मेटिन्नन् प्यास, तिर्खाए मनका आर्तनादहरु 

नदिसम्म नपुग्दै कदमहरु,बगर पिएको हुन्छु !!


छोडेर आएँ गाउँबस्ती हिजो, मनमा राखी  

विश्वाश गर्नु आज यीनै, शहर पिएको हुन्छु !!



छटपटीन्छु छाती दुख्दा, भिजेका शिरानीमा 

निन्द्रा हराए रातका हर, प्रहर पिएको हुन्छु !!


Monday, May 23, 2022

जवानीको भूत चढ्यो, लौन के के भा'छ song for gangaram

केटा:
ईलामको चियाबारी, चितवनको तोरी
आजै नाता लगाएर, भनौं ससुराकी छोरी ??

केटी:
महाकालीको चाँदनी-दोधारा चितवनको ठोरी
नभन भो भन्नु पर्या छैन, ससुराकी छोरी !!  

दुबै:
कर्णलीको पूलपारी... चिसापानीको माछा
जवानीको भूत चढ्यो, लौन के के भा'छ  

केटा:
हुन्छ मात्र भन, घुम्न जाउँ टनकपुर नैनी
आजै नाता लगाएर, भनौं जेठानकी बैनी !!

केटी:
नबोल भो घिनै लाग्छ मुखमा च्यापी खैनी  
नभन भो, भन्नु पर्या छैन,जेठानकी बैनी !!

दुबै:
देबघाट पारी, फूल तारी काली तिरैमा  
मायाले पार्ने भयो, जिन्दगी पिर पिरैमा !!

केटा:
भक्तपुरको जुजु धौ, असनको सिमी'लाई
लौ भन न त, के भनी बोलाउँ तिमीलाई !!

केटी:
सिनामङ्गल तिनकुने, गट्ठाघर त्यो ठिमीलाई  
थाहाछैन सोध्नुपर्छ,तिम्री सासु मेरी ममीलाई!!

दुबै:
कर्णलीको पूलपारी... चिसापानीको माछा
जवानीको भूत चढ्यो, लौन के के भा'छ!!  

 
श्रीभक्त पौडेल 'आफन्त'
रमपुर चितवन
हाल स्पेन।।  

Saturday, May 21, 2022

जहरका अनुराग

सायद ती प्रेम नै थिए नजरका अनुराग 
बुझ्दैछु आज म प्रेमिल रहरका अनुराग  

जतिसुकै उठुन ज्वारभाटा किनारसम्म मात्र
कसोरी बुझोस् त्यो सागरले लहरका अनुराग  

बेचैनीका पाईला बहकिएका मनका आँसु 
अन्योलमा पार्नेरहेछ सधैं शहरका अनुराग  

आन्धी तूफान छिचोलेर डुङ्गा छेउ लाग्यो 
माझीदाईलाई सोध्ने गर्नुस् बगरका अनुराग 

पिउन त जानियो जिउन जानिएन कि कतै 
कसोरी भनुँ प्यारा लाग्छन् जहरका अनुराग

Friday, May 20, 2022

करोडौं सपनाहरु अनि,,, एक रात यहाँ !!

करोडौं सपनाहरु अनि,,, एक रात यहाँ
काफी छन् रुझान रुझ्न, यी बर्षात यहाँ !!

निदरीहरु लाई फकाउँछु, पर'पर जान्छन्   
र पनि आँखासङ्ग कैयौं, मिठा बात यहाँ!!

न मनले सोध्छन् न त मस्तिस्क बोल्छन्   
मौनताका आवाज भित्र, मीठै घात यहाँ !!

सायद ती प्रेम नै थिए, नजरका अनुराग
बुझ्नै सकिएन ईशारा, अनौठा मात यहाँ!!

भनिदेउ आज 'आफन्तले' पिउन छाड्यो रे   
कसले पो चुँड्छ फूललाई, छोडी पात यहाँ !! 

करोडौं सपनाहरु अनि,,, एक रात यहाँ !!
 

Wednesday, May 18, 2022

करोडौंमा खेल्छु भन्नेहरु हजारमा बिक्छन्

करोडौंमा खेल्छु भन्नेहरु हजारमा बिक्छन् 
कति सजिलै रत्नपार्कका बजारमा बिक्छन् !!




नगरबधुले पनि त आफ्नो अडान देखाउँछे  
आफ्नै अबमूल्यन हतार- हतारमा बिक्छन् !!





भन्छु भूल्नहुँदैन है आफू उभिएको धरातल
बिर्सिएर हुर्किएको जमिन दरारमा बिक्छन् !!




जिन्दगी ब्यापार बनाएर सबै कुरा दाऊमा
नगद किन चाहियो सारा उधारमा बिक्छन् !! 

Sunday, May 8, 2022

रमाइलो गजल

यो मुटुमा राज गर जहाँ, लुटेपनि हुन्छ 

आफ्नै सम्झी ढुकढुकीमा, चुटेपनि हुन्छ !!

 

भनिहालें करारमा लैजाउ या दरबन्दीमा 

लांदा लाँदै बिच बाटोमा, फुटेपनि हुन्छ !! 


अदरका होस् या हत्केलाका स्पर्श देउ 

थापी दिउँला दुबै गाला, कुटेटेपनि हुन्छ!!

 

दुई दिनको जिन्दगी, एकदिन तिम्रै भयो!! 

जे पर्ला एकदिन दिनपछि, छुटेपनि हुन्छ 


यो आफन्त नै तिम्रो भयो स्विकारी देउ

यो मुटुमा राज गर जहाँ, लुटेपनि हुन्छ!! 

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...