नगरबधुले पनि त आफ्नो अडान देखाउँछे
आफ्नै अबमूल्यन हतार- हतारमा बिक्छन् !!
भन्छु भूल्नहुँदैन है आफू उभिएको धरातल
बिर्सिएर हुर्किएको जमिन दरारमा बिक्छन् !!
जिन्दगी ब्यापार बनाएर सबै कुरा दाऊमा
नगद किन चाहियो सारा उधारमा बिक्छन् !!
कबिता,गजल,गित, कबिता, हाइकु, बसी बियाँलो, तान्काहरुको सँगालो साथै केही अङ्रेजी र स्पेनिस भाषाका साहित्यिक रचनाहरु पनि,एक्लो पनको साथी अबस्य
नगरबधुले पनि त आफ्नो अडान देखाउँछे
आफ्नै अबमूल्यन हतार- हतारमा बिक्छन् !!
भन्छु भूल्नहुँदैन है आफू उभिएको धरातल
बिर्सिएर हुर्किएको जमिन दरारमा बिक्छन् !!
जिन्दगी ब्यापार बनाएर सबै कुरा दाऊमा
नगद किन चाहियो सारा उधारमा बिक्छन् !!
यो मुटुमा राज गर जहाँ, लुटेपनि हुन्छ
आफ्नै सम्झी ढुकढुकीमा, चुटेपनि हुन्छ !!
भनिहालें करारमा लैजाउ या दरबन्दीमा
लांदा लाँदै बिच बाटोमा, फुटेपनि हुन्छ !!
अदरका होस् या हत्केलाका स्पर्श देउ
थापी दिउँला दुबै गाला, कुटेटेपनि हुन्छ!!
दुई दिनको जिन्दगी, एकदिन तिम्रै भयो!!
जे पर्ला एकदिन दिनपछि, छुटेपनि हुन्छ
यो आफन्त नै तिम्रो भयो स्विकारी देउ
यो मुटुमा राज गर जहाँ, लुटेपनि हुन्छ!!
किन आफ्नै लाग्छन्, मतमताउने साँझहरु
झनै यो शहरमा,,,, मगमगाउने साँझहरु !!
हानथाप नै गर्छन्,, पिउन पिलाउन यहाँ
मात्नै दिँदैन कस्ता, झकझकाउने साँझहरु !!
उन्मुक्त हुन्छन् रे रात, बिहानी सम्म नै
आँसु देखिए कि,, थपथपाउने साँझहरु !!
कतै योवन छचल्किन्छन्, कतै प्यालाहरु
गला र नजर सङ्गै,, खसखसाउने साँझहरु !!
पर्खाई मै बित्छ दिन, गोधुलीको सधैं
घाम डुब्न नपाउँदै सकसकाउने साँझहरु !!
ती जो भुल थिए हाम्रा प्रिया फूल भए हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो जसै आज अझै यी नजर चुलबुल भए उ...