Saturday, December 28, 2019

"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी",

आज म मेरो आफ्नै अन्तरमनमा
एउटा कविता खोज्दैछु
कविताका इलिमेन्ट्स खोज्दैछु
थोरै कन्टेन्ट्स खोज्दैछु
केही सेन्टिमेन्ट्स खोज्दैछु
वास्तवमा एउटा पूर्णत कविता खोज्दैछु।
अन्तरघातका कविता लेखिए
विश्वाशघातका कविता लेखिए
आखिर के नै लेखिन बाँकी छन् र?
कविताहरुमा
राजनीति बेथितीका लेखिए
इतिहाँसका उपहास लेखिए
चाँदनी र दोधाराका गीत लेखिए
बलात्‍कृत निर्मलाका पनि त कविता लेखिए
तर खै न्यायका कविताहरु?
कृष्णप्रसाद अनि गोबिन्द के सीका पनि त लेखिए
कविताहरु तर खै
खै अन्याय माथि न्यायका बिजयका कविताहरु?
र पनि म भित्रको शुक्ष्म कवि आज
आँफै भित्र कविता खोज्दैछ
जुन कविताहरु
अनन्त अनन्त सम्म लेखिएका छैनन् ।।
न् कार्ल मार्क्सले लेखे
न शेक्स्पियर ले नै
न् निकोलाई ले लेखे
न गोर्किले नै ।।
कर्णाली नपुग्दै कैयौं तेल नुनका बोराहरु हराए
खेल्दैगरेका आङ्गनबाट आमाका छोराहरु हराए 
आखिर के हराएनन् र यहाँ?
सिमानाबाट जङ्गे हराए
शिन्हदरबार बाट जमिन हराए
लुम्बिनीबाट पात सहित पिपलका बोट हराए
लेकका खर्कहरुबाट भेँडी र गाई गोठ हराए ।।
यथार्थमा लाखौं कविता हराए
त्यसैले त आज म कविता खोज्दैछु
शसक्त कविताहरु
कि ति कविताहरुले
सामन्तबादका जरा उखेलिउन्
सामन्तीका महल हल्लिउन
हल्लिउन् दुस्ट छिमेकीका
अहमताहरुका पर्खाल नै
कुदृष्‍टिहरुमा फूलो पारुन।।
भन्छन् रबी नपुगेको ठाउँमा कवि पुग्छन्
तर खै लेखनाथ, भानु, मोती , समले
पाइला टेकेका भूमिमा रबी ??
खै भिमनिधीले शिलन्यास गरेका सिमानाहरु
खै देबकोटाले कोरेका कविताहरु
आखिर किन अबमुल्यन भैरहेका छन्
तिनै कविताहरु
जो शसक्त थिए।
अझै म म भित्रको कविता खोज्दैछु
जो तपाईं सङ्ग छ
"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी",
जय कविता जय कवि
राष्ट्रका कविहरुको सम्मान गरौं
कविताहरुको सम्मान गरौं ।।
---------------------------
प्रेमप्रकाश पौडेल
रामपुर चितवन ।।


     

Friday, December 27, 2019

दोबाटोमा भेट हुँदा 'सानु' भन्दा कसो होला

दोबाटोमा भेट हुँदा 'सानु' भन्दा कसो होला
हातमा छ मिठो केरा खानु भन्दा कसो होला !!

मनमा थियौ मेरो, सजाएको थिएं सपना सरी
त्यसैले त मनै देखी 'नानु. भन्दा कसो होला  !!

खै के दिउँ नासो आज, मूल्यवान केही छैन 
साथमा यै रातोगूलाब, लानु भन्दा कसो होला!!

आउमिली संसार बसाउँ, सिमलको त्यो रूखमा 
म भएँ ज्यामी माहुरी, 'रानु' भन्दा कसो होला !!

भो भो भो भाऊ नखाउ, बोलाउनु गल्ती भयो
बाटो छेकेकै छैन अब, जानु भन्दा कसो होला!!

 --------------------------------------------------
'भन्दा कसो होला' काफिया गुरु पोष्टराज चापागाइँ  

अन्ध्यारो त्यो गूफाभित्र, पस्दै पस्दै गएँ!!

नचाहँदा, नचाहँदै म, फस्दै फस्दै गएँ
अन्ध्यारो त्यो गूफाभित्र, पस्दै पस्दै गएँ!!

कमजोर थिए रसी, मायाको नाम लिँदै 
फूस्केलाकी भन्दै दरो, कस्दै कस्दै गएँ!!

फिका लागे भित्ता, बेरङ्ग आँखी झ्यालमा 
जवानीका,, रङ्गहरु जो, घस्दै घस्दै गएँ!!

शिखर भेटेँ कतै मैले, कतै भेटेँ कुवा पनि
शिखरको बाटो हुँदै तल, खस्दै खस्दै गएँ!! 

साथी भन्नु, त्यही एउटा, कालो नाग थियो
जेजे भेटेँ, त्यहाँ जिबजन्तु, डस्दै डस्दै गएँ!! 

धुवाँ यो छातीमा मडारीयो आगो त्यो'बनमा थियो !!

केही त थियो, हामी बिचमा, जो मनमा थियो
केही चाहना, भित्री अनुभूती, जो'वनमा थियो!!

छट'पटी थिए , भुट'भुटी, थिए  के'के थिए'थिए
धुवाँ छातीमा मडारीयो, आगो त्यो'बनमा थियो !!

अगाडी प्रेमका खाडल, पछाडी प्रेमकै आँधिबेहरी
फर्कने कि अघी बढ्ने,, अन्योलता दो'मनमा थियो !!

नफक्रिएर के भयो? गूलाब आखिर मायाको चिनो
धरो-धर्म कसम, त्यो भित्रीराज भने यौ'वनमा थियो !!

आजफेरी केहीपल, तिनै मिठा यादमा गुजारें मैले
ताजा भेटिए सबै यादहरु,, यो एक्लो'पनमा थियो !!

गजल/ आगो थियो समय, पानी पनि उहीं थियो

महशुस् आजका, बाफिला मातहरु जस्तै
पैलो 'पैलो प्रेमका,,, पहिला रातहरु जस्तै !!

कस्ता उन्माद थिए, भेटिदैनन् खै आज
कम्मल भित्रका,, रसिला बातहरु जस्तै !!

छुट्दैनन् अधर, न छुट्छन् दुई उदरहरु
कस्मकस् प्यारमा,, दरिला हातहरु जस्तै !!

अंध्यारोमा तिर चल्दा,, घाऊहरु मिठा
चाँदनी सहित,, चम्किला रातहरु जस्तै !!

आगो थियो समय, पानी पनि उहीं थियो
आगो र पानीकै,, कसिला साथहरु जस्तै !!

Monday, December 23, 2019

प्रेम पनि बैध अबैध देख्ने

न त मेरो थियो प्रस्ताव ,न त उनको थियो
जो जे थियो सम्झौता, घाम र जूनको थियो !

संघर्षका दिन हुन्थे मुस्कुराउँथे थकानहरु पनि
आफ्नै आँसु आफ्नै पशिना,स्वाद नुनको थियोे !

परदेशका 'जमिन', पाखुरी स्वदेशका नै हुन्थे 
निराशा चिर्दै जीउने प्रेरणा, बात गुनको थियो!

हेलाँभए ऐना चर्किए आँफै, दोष फ्रेमलाई दिएँ
जाने औषधि नजाने जहर,त्यो गुण चूनको थियो!                                           
थाहा भएन परिभाषा, जीवन अनि जिन्दगीको नै
प्रेम पनि बैध अबैध देख्ने,दृष्टिकोण घुनको थियो!

शिखर पुगेर ओर्लनु पर्छ, गहिराईबाट उत्रनु पर्छ
सास फुकेर माथि पुर्याइएको, अहम् बलूनको थियोे !

निजी औपचारिकतामा सिमित, प्रेम बन्धकमा पर्दा
दिन जल्ने रात खल्ने,गोधुली झिस्मिसे मिलनको थियो !

पार्वती डाङ्गी 
झापा, नेपाल

गीती गजल कसूर बिनै सजायको नजीर बसेछ

रित्तै आभाशहरु भीडमा पनि मेरा
सुस्तै आवाजहरु जीतमा पनि मेरा !!

निल्दैछ एकान्कीले खोक्रो बनाउदै 
उस्तै आकाशहरु रीतमा पनि मेरा !!

धोकाधडीले डेरा जमाए पछी झनै
लुक्दै विश्वाशहरु मीतमा पनि मेरा !!

कहिले भाब त कहिले मोह'भङ्गमा
मिच्दै अन्दाजहरु गीतमा पनि मेरा !!

कसूर बिनै सजायको नजीर बसेछ
झुक्दै मीठासहरु प्रितमा पनि मेरा !!

Friday, December 20, 2019

अनि बिस्तारै फूलहरु, कांडा हुँदै गए !!

नजिक सम्झिएकाहरु, टाढा हुँदै गए
र अन्जान सङ्गका प्रेम, गाढा हुँदै गए !!

उर्लेको बैंश, र खहरे उस्तै त भन्छन्
तर ढल्केको जवानी, तगडा हुँदै गए !!
 
बुझि नसक्नु रहेछ, ती रहस्य नै रहस्य
बिहानीको प्रित, साँझमा झगडा हुँदै गए !!

शायद भूलपनि भए होलान्,पक्कै तब
जब ईशारा नै हाम्रा, छाडा हुँदै गए !!

घोच्न थाले, कोमल कालिनहरुले पनि 
अनि बिस्तारै फूलहरु, कांडा हुँदै गए !! 

Thursday, December 12, 2019

गीत

रुने छैन छोडि जाने उनलाई सम्झिएर
बादलुले छेकेका ती जूनलाई सम्झिएर !!

टल्किएकाले धोका दिए आज जिन्दगीमा
ढुङ्गो निक्ल्यो कसी लाउँदा सुनलाई सम्झिएर!!

रुने छैन छोडि जाने उनलाई सम्झिएर !!

छोटो यात्रा साथ पाएं हांसी खुशी कट्यो
संङ्ग संङ्गै कसिएका ति धुनलाई सम्झिएर !!

छायाले त साथ छोड्छ रे  तिमी पर्यौ मान्छे
प्रेम पत्रमा पोतिएका खुनलाई सम्झिएर !!

बादलुले छेकेका जूनलाई सम्झिएर !!

गित


आखिर किन मिठो साथ छुटाएर गयौ
फक्रिएको लाली यौवन लुटाएर गयौ ।।

तिम्रै नाउँमा यो जिन्दगी बकपत्र दिएं
बिश्वाशघात नै मेरो लागि जुटाएर गयौ ।।

सपनाको घर भरोशाको जग बन्दैगर्दा
हाम्रो थियो शिशा महल फुटाएर गयौ ।।

आखिर किन मिठो साथ छुटाएर गयौ
फक्रिएको लाली यौवन लुटाएर गयौ ।।


के भूल थियो मेरो मायामा खोट भए देखाउ
जिन्दगीमा जिन्दगी कै साथ टुटाएर गयौ ।। 

आखिर किन मिठो साथ छुटाएर गयौ ??


Monday, December 9, 2019

मनमा छ त माया लुकाउँछ्यौ किन

मनमा छ त माया लुकाउँछ्यौ किन
नजिक् आई नजर झुकाउँछ्यौ किन ??

दुख्छ भन्ने थाहा छ आफ्नै मन मुटु
घरि-घरी आजकल् दुखाउँछ्यौ किन ??

टिल्पिलाएको देख्छु नजरका डिलमा
बहन देउ ति आसुँ छुपाउँछ्यौ किन ??

बिस्कुनसरी सपना मनका आङ्गनीमा
पिरतीको घाममा, सुकाउँछ्यौ किन ??

मनमा छ त माया लुकाउँछ्यौ किन ??
@डायरीका पन्ना बाट

Sunday, December 8, 2019

मिल्दैन र पिउन?, कलकल ए साथी

मिल्दैन र पिउन?, कलकल ए साथी
प्यालामा छ तस्बिर, झलझल ए साथी!!

हुर्किएन जिन्दगी, जति हुर्कनु पर्ने
थोरै देउन बिन्ती, मलजल ए साथी!!

नपिय त भन्छौ, तर मन यो मान्दैन
कस्तो बस्यो जिब्रोमा, तलतल ए साथी!!

नसम्झाउ भो तिम्रा, आदर्शका बातहरु 
रुवाउने तिनै याद, पलपल ए साथी !!

नडुब्नु थियो डुबिसके, प्रेमका नदिमा
गहिराई भन्दा सकस, दलदल ए साथी !!

गजल

टाढा बाटै नमस्कार, ति शहरलाई आज 
हात् मिलाई छुराधस्ने, ति रहरलाई आज!!

मन्दिरमा त भेटिन्नन्, पन्चामृत कहाँ खोजुँ   
मिठो मानी पिउनुपर्ने, ति जहरलाई आज!!
 
छोडी आएँ घरआङ्गन, बालापन जहाँं बिते 
मात्सल्यमा जो बितेका, ति प्रहरलाई आज!!

कहिले काँडा कहिले फूल, पाइला चलिरहे 
'मित'मानें अन्जानका, ति डगरलाई आज!!

बैकल्पिक राजमार्गहरु, पछाडी नै रहेपछी 
आत्मसाथ गर्छ'आफन्त'ति बगरलाई आज!! 

Thursday, December 5, 2019

तस्बिरहरुमा

खै के भेट्छु भेट्छु मैले, उनका तस्बिरहरुमा
दाग बाहेक भेट्दिन केही, जूनका तस्बिरहरुमा

बिरासीला लाग्छन् हिजोआज, सुगम सङ्गित पनि
उनका मुहार मात्रै आउंछन्, धुनका तस्बिरहरुमा

मौनतामा मुस्कुराएको हुन्छ, त्यो दर्पणपनि आज
रङ्ग उँडेकै हुन्छन् हिरामोती, सुनका तस्बिरहरुमा

Wednesday, December 4, 2019

kuro


नचाहेर नै आउन थाले हिजोका ति यादहरु
कतै मिठा कतै तिता मिलनका ति रातहरु

सम्झेर नै काउकुती के'के भए त्यही बेला
गुन्जिदै छन् आज अस्तिका ति सम्बादहरु

मदहोशीका ईशारामा बेहोशीका पाइला मेरा
कसैगरी रोकिएनन् ती जवानीका उन्मादहरु

न रोक्यो दुरीले न त रोके बन्धनहरुले नै
स्विकार्नेछौं मिली दुनियाँका तिखा बातहरु 

हर गल्ती स्विकारीए बत्ती निभ्दा अन्धेरिमा
किनफेरी आफ्नै लाग्छन् जवानीका बर्बादहरु 

उन्मादहरु

खै यी कस्ता उन्मादहरु
मनका कुनाकुना बाट
निस्फिक्री शुस्केराहरुमा
एकान्किका शुशेलीहरुमा
एक फरक अनुभुती अनि आभास सँगै
फुरुङ्ग छ आकाशे चङ्गा जस्तै
यो मन आज ।।
सम्हालिदा सम्हालिदै पनि
बेहोशीमा दौडिएका पाइलाहरु
बेजोड हुत्तिरहेका हुन्छन्
भावनाका छालहरु
चाहनाका किनार सम्म ।।
केही यौवनका मिठा चाहहरु सायद
अनि छातीका असहज डाहहरु सायद
सायद अन्जान शहरमा छोडेर आएका यादहरु
सायद जोवनका रहरमा छोडेर आएका यादहरु
चाहे बहानामा हुन् या चाहनामा
स्पर्श सहित या बिना स्पर्श नै
यी/ति सबै सम्झनाका तरेलीहरुमा
मन मुटु हुँदै चिप्लेटी खेल्दै छन्
यी अनौठा उन्मादहरुमा आज। 

Thursday, September 12, 2019

सधैं छचल्किने, बैशालु प्याला उनका

छुँ छुँ लाग्ने, गूलाबी गाला उनका
सङ्गै हिँडु, सराबी चाला उनका 

कस्तो कशिस, उफ् त्यो मुहारमा 
अझै मोहकी, गाजल काला उनका

लुकाएकी छन् चाह, मनका दराजमा
कहाँँ होलान्?, चाबी र ताला उनका

सृङ्गार उनको मुस्कान, टिकी त्यो जून 
हेरिरहुँ लाग्ने, गलाका माला उनका

नपिएरै बेहोशी, पिए के हुन्छ कुन्नि
सधैं छचल्किने, बैशालु प्याला उनका

तिम्रा आसुँ पुच्छु भन्ने, यहाँ हजार भेटिन्छन्

तिम्रा आसुँ पुच्छु भन्ने, यहाँ हजार भेटिन्छन्
रगतको थाहा छैन, आँशुको बजार भेटिन्छन्

खुनले कोरिएका भेटिए, बेकारका सिमाहरु
उत्खनन् गर तराईमा, अझै पहाड भेटिन्छन्

नजानेर होला सायद, बशन्तमा फूल भेटिएन
भन्दै त थियो साथी, पतझडमा बहार भेटिन्छन्

प्यासी छु म स्वतन्त्रताको, सुख्खा नदिहरुमा
बम बारुद हतियारले भरिएका ईनार भेटिन्छन्

पर्खन्न खोलो फर्कन्न जवानी पर्खिएर बसे पनि
जिन्दगी जस्तै लमतन्न लाग्ने, किनार भेटिन्छन्




गैर बहर गजल

उनलाई छोएको बतासले छुँदा फुरुक्क हुन्छु
किन हो किन, उनी भने पछी हुरुक्क हुन्छु।। 

उमेरले नेटो काटेर, के भयो र ए! मित्र हो
कस्तो नशा अझै तस्बिर देख्दा जुरुक्क हुन्छु।।

न कहिल्यै नजर जुधे न मुस्कुराए ती ओठहरु
यो कस्तो अगाढ् प्रेम एकातर्फी धुरुक्क हुन्छु ।।

कैयौंचोटी बाटो छेकी प्रस्ताब राख्छु भन्दापनि
उनको आगमन सङ्गै, अन्तकतै लुरुक्क हुन्छु ।।
 
छाडेन साथी छाडेन, अझै जवानी उम्लनलाई
रती उन्मुक्तताको रापमा छिट्टै, भुलुक्क हुन्छु ।।


Wednesday, August 14, 2019

जति फराकिलो हुनुपर्ने, आकाश भएन !!


भन्दै'थियौ, मेरो मायाको आभाष भएन
सोध्छु तिमीलाई नै किन'एहशास' भएन ?!!

रहर मलाई पनि थियो, तस्बिर सजाउने
टुटेका आधार सजाउने, क्यान्भास भएन !!

सकिए जोवन सायद,यो एेना त्यसै भन्छ
लुटिएका यौवन फर्किने, कत्तिआस भएन !!

विश्वाश त दिलाएकै थिएँ, र पनि यहाँ
प्रतिफल मायाको, कहिल्यै खास भएन !!

साँघुरीए सोच, बदलिए हरेक चाहनाहरु
जति फराकिलो हुनुपर्ने, आकाश भएन !!

Monday, August 12, 2019

उड्यो जहाज, सिङ्गापुरमा ओर्लियो

भेटिन्छ लाखौं झुट, यहाँ सरकारको
जहिं-तहीं ब्रम्हलुट, यहाँ सरकारको

त्यो उखुबारीमा, कानुन नङ्ग्याईयो
महिमलाई छ छुट, यहाँ सरकारको

डन्का पिटियो, ठुलै परिवर्तन आयो
बोल्नेले भेटे बुट, यहाँ सरकारको

'लोभि र पापीको', सम्बन्ध सुध्रियो
सहमतिमा बन्यो गुट यहाँ सरकारको

घर लग्यो पहिरोले, भाषणका राहत
पिउनु छ अब घुट, यहाँ सरकारको 

कहिले शासु, कहिले बुहारीको पालो
हुँदैन कि पक्कै फुट, यहाँ सरकारको

उड्यो जहाज, सिङ्गापुरमा ओर्लियो
हेर्नुस् न मात्र लुट,यहाँ सरकारको

Sunday, August 11, 2019

थाहा भएन

कसोरी सक्यौ नि, भूल्न थाहा भएन
बिर्सियौ यो याममा फूल्न थाहा भएन!!

न यादका गीत न सम्झनाका झटारा
कहिं त गयौ खै, खुल्न थाहा भएन !!

नसोध्नु थियो सोध्यौ मेरा गन्तब्यहरु
छोड्यौ सङ्ग'सङ्गै डुल्न थाहा भएन !!

सिकायौ हांस्न, खुशी हुन जीवनमा
अनी किन अन्तै झुल्यौ थाहा भएन!!

स्विकार्य छन् नियतीका खेलहरु अब
कुन कुन रङ्गसङ्ग घुल्यौ थाहा भएन!!

Saturday, August 10, 2019

गाईजात्रा बिशेष

यी दल हुन् कि दलाल उस्तै लाग्छन्
हेर्दा सरकारका कमाल उस्तै लाग्छन् !!

कसलाई के भन्नु र खै नेपालमा अब
युवाका दारी र कपाल उस्तै लाग्छन् !!

बहुलाउछ नेता माईक देख्नैहुँदैन क्यार्नु 
नगरबधु र नेताका धमाल उस्तै लाग्छन्!!

आधा जनसंख्या मिडिया सम्हाल्दै यहाँ   
सोध्ने पत्रकारका सवाल उस्तै लाग्छन् !!

ढाक्दैन लाज मुखका लङौटीले साथी
हेर्नुस् फरिया र रुमाल उस्तै लाग्छन् !!

र कस्तो बैमन्स्यता थप्यो यहाँ राजनीतिले
रगत देख्दा ढकाल र हमाल उस्तै लाग्छन् !!

Thursday, August 8, 2019

थप्दैजाऊ तिमीअझै, बदनामको नशा !!

कहिले नजर त, कहिले जामको नशा
थप्दैजाऊ तिमीअझै, बदनामको नशा !!

लाग्दैन डर, न धक लाग्छ हिजोआज 
पिउँदैछु हेर यहाँ, खुलेआमको नशा !!

भन्छन् जिन्दगी नै नशा हो, पिउनेहरु
देखाउ भेटिन्छ कहाँं? हरसामको नशा !!

निश्ठुरीहरु हुन्, मझधारमा छोडीजाने
रित्याई बगली सारा, छलछामको नशा !!

खै त भेट्दिन म मात, जति  पिए पनि
उसलाई चढिसक्यो, मोहरदामको नशा !!

Monday, August 5, 2019

यो देश देश नै होईन, चिहान लाग्दैछ ।

किन कि यहाँ 'जिन्दगी, मशान लाग्दैछ
केबल मृत्‍यु जिन्दगीको, निदान लाग्दैछ ।।

मुर्कुट्टाहरुको नै राज, भगवानको देशमा 
यो देश देश नै होईन, चिहान लाग्दैछ ।।

शंखघोस् गरुँ झैं लाग्छ, एक युद्धको
गोली र बारुद रातमा, शिरान लाग्दैछ ।।

लुटिए स्वतन्त्रता, स्वतन्त्रताकै नाममा आज
त्यसैले त जन्मभूमी पनि, बिरान लाग्दैछ ।।

निभाउँछन् आशाका दिया,निराशाका हुरीले
क्षितिजका सुभ सन्केतले, बिहान लाग्दैछ ।। 

मर्छु भो बाँच्दिन भन्दा यहाँ, पासो मिल्दैन ।।

कहिले आसुँ मिल्दैन कहिले, हाँसो मिल्दैन
मर्छु भो बाँच्दिन भन्दा यहाँ, पासो मिल्दैन ।।

न मुखमा राम, न देखिन्छन् मनका भगवान
झुटको साहारामा छ दुनियाँ, साँचो मिल्दैन ।।

भरिपूर्ण छन् सपनाका भकारी, रित्तो संसार
अभाबको बाढी पहिरो मात्र, खाँचो मिल्दैन ।।   

ब्रिद्धा आश्रम खोल्छ छोरो, परिवार चिन्दैन
पाकेको पकवानका के कुरा, काँचो मिल्दैन ।।

झिलमील् छन् शहर, रङ्गबिरङ्गी गुडियाहरु
आफन्तलाई दिने कुनै सानो, नासो मिल्दैन ।।   

Saturday, August 3, 2019

खै कस्तो नशा बन्यो, पिउँदै छु म

न कुनै पिउने बाहाना भेटियो आज 
न मनका एक चाहना मेटियो आज

खै कस्तो नशा बन्यो, पिउँदै छु म  
मात्र दकसमा, सकस फेटियो आज 

हुर्काउन सकिन मैले, प्रेमका बिरुवा 
त्यसैले प्रितका कोपिला रेटियो आज 

हलचल छ मन, चन्चल छ मन उसै 
हैन यो कस्तो जमिनमा टेकियो आज

बिर्सिएको थिएँ, भूलेको थिएँ उनलाई 
अहो एक्कासी उसैलाई देखियो आज 

प्रेमिल सम्मोहनमा नजरका मात प्यारो थियो ।।

कहिले उनका कुरा कहिले रात प्यारो थियो
प्रेमिल सम्मोहनमा नजरका मात प्यारो थियो ।।

लाज लाग्छ सम्झदा पनि हिजोका अतितहरु
कसिलो आलिङ्गनमा कोमल हात प्यारो थियो ।।

बिर्सिए पनि बिर्सीनसक्नु खै कस्तो मादकता
वहीँ मादकताभित्र हराएका बात प्यारो थियो ।।

फूलका डालीहरुमा पुतलीले डेरा जमाए नि
शुशेली चिप्लेटी खेल्न चोखो पात प्यारो थियो ।।

प्रतिक्ष्यामा दिन बित्थे साँझमा मनकी पाहुना
चारै प्रहर अनिदा र पनि साथ प्यारो थियो ।।

पुरानै डायरी बाट
fb posted 

Thursday, August 1, 2019

मुटु दुखेको थियो मलम पठायौ


मुटु दुखेको थियो मलम पठायौ
कविता लेख भनी कलम पठायौ

बुझ्नै सकिन तिम्रो मनलाई सायद्
कहिले घाऊ कहिले जलन पठायौ

अनबिज्ञ रहेछु पढ्न तिम्रा प्रेमपत्र 
शब्दहरु नै ठोस् र तरल पठायौ 

स्पर्श बिहिन प्रितका अनुभूतिहरुमा 
रमाउनु नै पर्ने कस्तो चलन पठायौ 

केही त बोल भनेको थिएं केबल 
मिठो ईशारामा यो गजल पठायौ

pic of FB friend 

यदी यो जिन्दगी,

यदी यो जिन्दगी, 
किताब हुन्थ्यो भने 
हरेक दिन प्रेमका पन्ना हुन्थे  
हरेकले आँफैलाई पढ्थे 
जिउने अनेकौं अभिलाषा 
मुस्कुराउने तमन्ना हुन्थे।। 

यदी यो जिन्दगी 
कविता हुन्थ्यो भने 
मिठो सागर मिठै भाब हुन्थे                                                                                          कल्पना आचार्य पौडेल
जीवनकै अनुभुति पिउंथे 
कविता त सिङ्गो आयाम 
मानब मानब बिच सद्धभाव हुन्थे।। 

यदी यो जिन्दगी 
मधुशाला हुन्थ्यो भने 
चौबिसै घन्टाका रात हुन्थे
जून तारा सदा आकाशमा  
हरेक सुकुनका प्रहरहरु
सत्य बचन मिठा बात हुन्थे।।

यदी यो जिन्दगी 
नशा हुन्थ्यो भने 
पलपलमा क्षणिक राहत हुन्थे 
खुशी हुनेका लाखौं बाहानाहरु 
जे जति हुन्थे सास्वत हुन्थे।।

यदी यो जिन्दगी 
नदी हुन्थ्यो भने 
हरेक बहाबमा सागर हुन्थे  
शिपी शिपी भित्रका मोतिहरु
त्यही मोति टिप्ने जागर हुन्थे।।     

------
उड्नेछु एकदिन तारा टिप्नेछु 
एकएक गरी म सारा टिप्नेछु ।। 

छोडेर यी लालाबाला गुँडमा 
धर्तिमा फलेका चारा टिप्नेछु ।। 

नदी बग्यो सागर भेट्न् उसै 

प्यासी छन् जग धारा टिप्नेछु ।। 



    


Tuesday, July 30, 2019

सजिलै बिक्री हुन्छन्, सरकारका सपनाहरु

सजिलै बिक्री हुन्छन्, सरकारका सपनाहरु
भयंकर लाग्दालाग्दै ती, अखबारका सपनाहरु

दोहन भै रहन्छन् वहिं, प्रजाका सब भरोशा
कपोकल्पित दस्तावेज, दरबारका सपनाहरु

सिमानामा जङ्गे रुन्छ, दसगजामा हाम्री चेली
भोटेताल्चा बन्द आरक्षण, गजबारका सपनाहरु

मदारीको तमसामा, बान्दर भालु एकैसाथ
ङिच्च बुढी हरीया दाँत, घरबारका सपनाहरु

सजिलै बिक्री हुन्छन्, सरकारका सपनाहरु
भन्न् छोड्दैन सरकार, दमदारका सपनाहरु

१४ साउन २०७६
मंगलबार
स्पेन    

Sunday, July 28, 2019

यौन गजल : चुस्ने मन छ



के छन् तिम्रा ओठ'भित्र, चुस्ने मन छ
चुस्दा'चुस्दै अझै भित्रभित्रै, घुस्ने मन छ!!

कामुक लाग्ने तिम्रा, मिठा सुस्केराहरु
मुखमा मुख तिखो जिब्रो, थुत्ने मन छ !!  

मात्तिएको भनेभन, टाँस्सिएर बस्ने रहर 
भिजे भिजोस तिम्रोकतै, पुछ्ने मन छ !!

उन्मुक्त देख्छु यौवनका, टाकुराहरु ती
भेटिन्छन् कि केही राज, लुछ्ने मन छ !!

नाबीमा केही बेर सुस्ताई, तल तल झरी  
स्वर्गिय आनन्द के हो त्यो, बुझ्ने मन छ !!

मनको कुनोमा घाऊ छ, लेख्नेलाई के थाहा

गजल 
------
मनको कुनोमा घाऊ छ, लेख्नेलाई के थाहा 
आँखाका सुन्दरता मात्र, देख्नेलाई के थाहा !!

लुकाउँछे बादल, पुर्णिमा कि जूनलाई पनि  
त्यही जुनेलीमा मेहंदी, सेक्नेलाई के थाहा !!

बिझाउंछ रे साउने हिलो, शहरकालाई खै 
प्रत्येक पाईलामा काँडा, टेक्नेलाई के थाहा !!

भेटिन्छन् मायालु, लाल बत्तिहरु मुनी जहाँ 
बान्नाको तगारो लगाई, छेक्नेलाई के थाहा !!

छोड्दे ए 'आफन्त',यी अक्षरमा दबै खोज्न
मनको कुनोमा घाऊ छ, लेख्नेलाई के थाहा !!

----
जिन्दगीमा प्रेम हुन्थ्यो भने, किन दुश्मन हुन्थे 
जतिबाच्छ जिन्दगी सबै, ती सुन्दर जोवन हुन्थे 

फूलका कालिनमा, फूलकै काँडा छर्किए पनि 
चाहे रक्तश्राब किन नहोस्, मिठा यौवन हुन्थे 

बेकारमा बन्धक बनायौ प्रेम, खुल्ला छाड्देउ 
जहाँँ जाऔं प्रेम नै प्रेम, एक मन दोमन् हुन्थे 


      

Wednesday, July 24, 2019

'सरकार' त जबर्दस्त, सोचे जस्तो छ साथी!

गजल

मेरो 'सरकार' त जबर्दस्त, सोचे जस्तो छ साथी 
थाहा छैन तेरो 'सरकार', कस्तो कस्तो छ साथी!

दम्ब छ उ सङ्ग कानुन गोजिमा, बन्दुक बोकिकन 
शिखरै नपुगी हेर तलतलतल, तलै खस्दो छ साथी!

हसाउंछ जन पेट मिचि-मिची, ताली पर्खन्छ उसै 
पुछ्दैन एेना परन्तु लालीपाउडर, घस्दो छ साथी !

रोग सोक भोक दुनियाँ, रातो बिच्छ्यौनामा टेक्दछ
छोड्दैन कहन सम्मृद्धीको पटुकी, कस्दो छ साथी !

ब्यभिचारी पुज्दछ, पुज्दछ बलत्कारी कठै!भ्रमित छ
प्रजा कहन्थे जनता रैति बनाई आज, डस्दो छ साथी!

मेरो 'सरकार' त जबर्दस्त, सोचे जस्तो छ साथी!!

श्रीभक्त पौडेल 'आफन्त'
रामपुर चितवन नेपाल   

Thursday, July 11, 2019

गजल

थाहाछैन साथी हो कि, यो साँझ प्यारो हो
खै ताज-महल हो कि,'मुम्ताज' प्यारो हो !!

डुब्नेहरु डुब्दै जान्छन्, 'मन'कै गहिराईमा
किनारामा अल्झनेलाई, त्यै माझ प्यारो हो!!

नजरका 'तीर' तिखा, ईशारामा गोलिचल्छ 
मन्द मन्द मुस्कानका, हो लाज प्यारो हो!!

चाहिदैन वाह् वाह्, मुशायरामा अबदेखि
'आफन्त'ले गुन'गुनाउदा, नाज प्यारो हो  !! 

नपिएरै 'नशा' चढ्छ, उनी नजिक हुँदा
बुझ्दैछु म नशा सँगै, त्यो राज प्यारो हो !!

Sunday, June 23, 2019

मिश्रित भाबमा गजल

कस्को के लाग्छ कुरै नबुझि झर्किए पछि
नाजवाफ हुन्छु उनका नयन बर्किए पछि ।।

होश मै थिएँ र पनि बेहोशी भएछु हिजो 
ब्युँझिएँ उसै अनुहारमा पानी छर्किए पछि ।। 

काकाकुल छ जिन्दगी न प्यास नै मेटियो
खडेरी रिसायो शायद साउन दर्किए पछि ।।

साँच्चै जिस्क्याउँछ एेनाले पनि हिजोआज
'आफन्ती'ले आङ्गनीमा नुन छर्किए पछि ।।

न खहरे फर्कियो न बगेको त्यो नदी तर
भ्रमित छु मुस्किलका खोला फर्किए पछि ।।

भो पर्दैन आउन अब घरिघरी भूकम्पहरु
पराकम्पनले नै कमजोर मुटु थर्किए पछि ।। 

Tuesday, June 18, 2019

गजल



सखारै भेटौ है भन्नेहरु, टाढिए पछि
यस्तै हुन्छ रेन्त माया, बाढिए पछि !!

दलदल हो संसार, चाहानै चाहानाको
त्यहि दलदलमा मन, गाढिए पछि !!

न आगोले खाने, न पानीले लाने
सम्बन्धमा बनमारा, झाड़िए पछि !!

न जानियो जिउन, न जानियो पिउन 
बुझ्दैछु भट्टीमा जात, छाडिए पछि !!

अनकन्टार लाग्छन्,'आफन्त'का बस्ति
मनका ति हरियाली, फ़ाडिए पछि !!
-----
१८ जून, २०१९ 

Thursday, June 13, 2019

गजल

जब उनको तस्बिर अघिराखी, कबिता कोर्दै थिएं
थोरै सिन्दुरी, धेरै उनकै ओठका लाली चोर्दै थिएं ।।

कलममा मसी अपुग कहिले, कहिले सेता कागज
मागी दिलका पन्नाहरु, गाजलका मसी सोर्दै थिएं ।।

सर्सराहट उस्तै केशका, आँखा नानीका के कुरा
के उपमा दिउँ एकमुष्ठ, शब्दकोशमा खोज्दै थिएं।। 

परेला उनका तरबार, ती नजरहरु घाइते बनाउने
कतै तिमी त जलिनौ? भनि, जून सङ्ग सोध्दै थिएं ।।

सपनाका सिरानीमुनि, भेटिए कैयौं तस्बिरहरु आज
असमन्जस्यमा नपरी कसम, आज यही रोज्दै थिएं ।।   



तस्बिर : आश्मा भट्टराई
पोखरा

Thursday, April 11, 2019

गजल



मुर्झाएका फूलहरु झैं, लोलाउन मन लाग्छ
नबोल्ने तस्बिरहरुलाई,  बोलाउन मन लाग्छ!!

अचेत भएछु सायद, साथिहरु कोट्याउन थाले
देखाउन भएपनि थोरै, सल्बलाउन मन लाग्छ !!

हर रात मुर्छित लाग्छन्, हर सपनाहरु मरेपछि
अनिदा प्रहरहरुमा, बेस्सरी बर्बराउन मन लाग्छ!!

बिर्सिएछन् क्यार मुस्कुराउन, यी ओठहरुले पनि
एकान्तमा एक्लै ऎना सामु, टोलाउन मन लाग्छ!!

हैन केके खेल्छन् कुराहरु, मन मष्तिस्कमा आज
दुई-चार दिनलाई भए पनि, बहुलाउन मन लाग्छ!!

११ अप्रिल, २०१९
गिपुज्कोआ प्लाजा
डोनोस्टिआ 

Wednesday, April 10, 2019

मुक्तक

कहिले कम्प कहिले बाढी फेरि हावाहुरी,
प्रकृतिले चलायो यता लाग्ने चक्कु-छुरी,

सम्हालिन गारो भयो गाँसबासको पत्तो छैन,
राहत छैन सरकारको जहाजचढी कस्तो चुरिफुरी ?

हे दैब! नठग न बिन्ति गर्छु अनेक रुप तेरा,
हेर त ! न अन्न छ खाने न त ओत लाग्ने धुरी,

सोच्नुस यस्तो बेला मानबता हराउनु हुँदै हुन्न
सहयोग गर्ने मनका धनीलाई नमन मुरिमुरी ।।

रेबिकाजिलाई पठाएको मुक्तक

टिपन टापन

खडेरी होस या तुषारापात जीवन, फूलिरहोस हजुरको
शिशिर ऋतु धानकाबाला झैं सुख, झुलिरहोस हजुरको ।

कोईलीले गाईरहुन जिन्दगीका, ती हरेक सुख दुखहरु ।
बाधा अड्चन टाढै,समृद्धी नजिक डुलिरहोस हजुरको।

हरेक सपना,चाहना भावना सधै पूरा होइन यहि कामना
सफलतै सफलताले सदैब शिखर, चुमिरहोस हजुरको।

शब्दका नै किन नहुन मनदेखी नब बर्षको शुभकामना
सुनमा सुगन्ध उमङ्गमा सप्तरङ्ग, सदा घुलिरहोस हजुरको।

Saturday, April 6, 2019

कठै बिस्कुनहरु


छरपस्ट छ बिस्कुन 
मन र मस्तिस्कका आङ्गन भरी 
सपनाहरुका बिस्कुन 
चाहनाहरुका बिस्कुन 
अब त अभ्यस्त भैसके 
खुला नयनहरु पनि
बिस्कुन टोलाउँदा टोलाउँदै  
बन्द मुलायम परेलीले
सम्झन छोडिसके  
फिंजारिएका बिस्कुन 
उठ्छन् या उठ्दैनन् 
या भुमरीमा पर्छन्
या चरिहरुले नै सकिदिन्छन्,
कठै बिस्कुनहरु !!

Friday, March 29, 2019

चसक्क चस्किदा देब्रेछाती

चसक्क चस्किदा देब्रेछाती
आमाको याद आउँछ
म सानो छँदा
आमा पनि त्यसै भन्थिन्
मेलाबाट हस्याङ्ग फस्याङ्ग
दुध चुसाउन आई पुग्थिन् मलाई
परैबाट उनका धोतीबाट आएको
मात्सल्यताको गन्धले म मुस्कुराउँथे होला
उनका मयलले कलेटी परेका
पोतेका झुत्तामा झुन्डदै
नजाउ न आमा भन्थें होला सायद
आमाका आँखाले बुझ्ने भाषाहरुमा।
निदाउन सक्दिन म आज
पटक पटक छाती चस्किएर।
अफसोच
म जती नै हस्याङ्ग फस्याङ्ग गरेपनि आज
म पुग्न सक्दिन मेरो छोरो छेउ
अनी यी मात्सल्यताले भरिएका
दुध चुसाउन,
त्यसले त गानिन थालेका छन् 
सायद त्यसैले होला
झनझन छाती दुखेर आउंछ।।
थाहा छैन के के पो
बोकेको छ यो छातीले
आमाको दुधको भार
बाबाको प्यारको भार
आङ्गनको बालपनको प्यार
अनी जन्मभूमिको प्यार।।
अहो कस्तो गरुङ्गो भएर आयो
आज यो छाती झनै !!

कल्पना पौडेल आचार्य
सान सेबास्टियन
स्पेन
१५ चैत, २०७५ 

Wednesday, March 27, 2019

पिउँदा पिउँदै कैयौं रात, बिहानी भए

पिउँदा पिउँदै कैयौं रात, बिहानी भए
बेहोशी कै कारण आफन्त, बिरानी भए !!

भरिए अखबारहरु, परदेशीका खबरहरुले 
आज यो परदेशीका खबर नै पो, कहानी भए !!

धरो-धर्म कसम मैले, कहिल्यै ढाँट्न जानिन
हररात मेरा रहरहरुका पोका, सिरानी भए !!

लुछा-चुंडी सकसमा, जिन्दगी बित्ने नै भयो
कहिं कतै कामै नलाग्ने आफ्नै, जवानी भए!!

लेखिन्छन्, मेटिन्छन्, र फेरी पनि लेखिन्छन्
कहिले गजल लहिले कबिता आजका, रुमानी भए !!

Tuesday, March 26, 2019

उनलाई लेखेका प्रेमपत्र, गजल भएछन्

उनलाई लेखेका प्रेमपत्र, गजल भएछन्
मजबुत प्रेम-प्रस्ताब भने, तरल भएछन्!

परिक्ष्या त थिएन, बाचुन्जेलको जिन्दगी
म असफल बाँकी सब, सफल भएछन्!

बिस्कुन थिएनन् शब्दहरु, केलायौ किन?
गूलाब सम्झिएको प्रेम नै, कमल भएछन्!
 
अंक-गणित सुत्र जस्तै, जीवनका किताब
केही मुस्किल थिए केही, सरल भएछन्!

सताउंछन् हिजोआज, ति पूराना यादहरुले
धमिलिएका मनु-स्मृतिहरु,'धवल' भएछन् !
---
धवल- निखार, सेतो, स्पस्ट, उज्यालो


Thursday, March 21, 2019

कबिता र आवाज

विश्व कबिता दिवसको सबैमा शुभकामना सहित एक कबिता बैशाखका नब सगुन हुन् कबिता जेष्ठमा आरुका फूल हुन् असारमा छिपछिपे हिलो हुन् कबिता साउनमा शब्दकै भेल हुन् कबिता भदौमा बाछिटा हुन कबिता अशोजमा पारिजात हुन् कार्तिकमा सयपत्री फूल हुन् मङ्गसिरमा झुलेका धानका बाला पुषमा कबिता ठिग्रो हुन् भने माघका पारिला घाम हुन् कबिता फागुनका रङ्ग हुन् कबिता चैतका खडेरी पनि हुन् कबिता।। आखिर सबथोक हुन् कबिता कतै बिद्रोहका ज्वाला हुन् कतै शान्तिका परेवा पनि। आगो ओकल्दा कबिताले कवि जलिरहेको हुन्छ मसि बगीरहेको हुन्छ रगत उम्लिरहेको हुन्छ क्रान्ती छेडिरहेको हुन्छ शान्ती खोजिरहेको हुन्छ कबिताले कबिता मात्र एस्तो भाब हो जो कहिल्यै बिकृमा थियो न बिक्छ कहिल्यै। भिडले नबोलेको बोल्छ कबिताले सरकारले नदेखेको देख्छ कबिताले दिन्छ त केबल कबिताले "आवाज" ।

- प्रेम प्रकाश पौडेल रामपुर चितवन भनपा १६.

विश्व कबिता दिवशको शुभकामना सबैमा

आर्तनादबाट छुटेका क्रन्दनहरु माझ 
केही सहिष्णुताका बिज उम्रन खोज्छन् परन्तु ,
तथाकथित उग्रसामन्तबादका 
गिद्धे नजरहरुले डस्न थाल्छन्
कुनै एकादेशको कथा होइन यो,
न कुनै कपोकल्पित कोरा कबिता
सताब्दिऔ कुन्ठित अर्ध स्वतन्त्रतामा
जकडिएको एक पृथक-बादलाई चिर्नु छ
त्यसैले त जुर्मुराउन खोज्दैछन्
तोड्न खोज्दैछ्न् स्वछन्दताका पर्खालहरु
आजिवन दासत्वका जिउँदा लाशहरु
जुलुश निकाल्दै छन्
नउदाएका होईनन् लाखौं सुर्य
र पनि अन्धकारमा बाचेका छन्
नजोतिएका होईनन् बान्झा जमिन
र पनि भोकले ग्रसित छन्।
न पोखिएका हैनन् साहदत्वका खुन यहाँ
किन्तु
कहिल्यै उपनिबेश बादको
हावा नलागेको धर्तिमा
आखिर किन सल्बलाउदै छन् त ?
टुक्रे महाराजाहरु
टुटे फुटेका श्रीपेच जोड्न खोज्दैछ्न्
बादैबादको भारी बोकाएर
राज गर्न खोज्दैछ्न्
अनेक पन्थिहरु
दास्त्वका पूजारीहरु
उत्तर दक्षिण शक्ति पिठ घुम्दै
टुक्राउ अनि राज गर
रूप र रङ्गभेदका होलि मनाउदै।
यो कुनै मनोबाद होईन
यो त्यो कबिता हो
जहाँ भूपिको 'अन्धोमान्छे' जिउदै भेटिन्छ्न् ।

- मार्च २१, २०१८
आल्बिर आलिकान्ते
स्पेन

Friday, March 15, 2019

जुन'किरीको पछी लाग्दा, घाम छुटेछ

जुन'किरीको पछी लाग्दा, घाम छुटेछ
भिडै'भिडमा आफ्नै साथी, राम छुटेछ

कमाएको त होनि, हातमा नभएर मात्र
दुनियाँलाई भाग लगाउँदा, दाम छुटेछ

अडिएन घर सपनाको, रेतको थुप्रो झैं 
दलिन बलो धुरीखम्बा, थाम छुटेछ

सुनेको थिएँ, अप्ठेरोमा देउता भेटिन्छन्
थाहै भएन खै नजिकैको, धाम छुटेछ

धेरै भेटिए कालका रुप, यि यात्रामा
लगेन यमराजले शायद, नाम छुटेछ !!

Thursday, March 14, 2019

सार्है खुल्दुली भो !!

चोरलाई चौतारो, साधुलाई सुली भो
किन भने होलान्, सार्है खुल्दुली भो !!

सकेन फक्रिन फूल, बशन्तमा अझै
जिन्दगी त, बालपनको टालाटुली भो !!

उज्यालो खोज्दै, जुनकिरीको पछीपछी
देखेका सपनाहरु, सधैं झुलाझुली भो !!

भेटिन्नन् बिरासत, रगतमा छ भन्दैमा
दुनियाँ दु:ख मात्र कै, हालिमुली भो !!

चोरलाई चौतारो, साधुलाई सुली भो
किन भने होलान्, सार्है खुल्दुली भो !!

Thursday, March 7, 2019

'जय जय जय जय' "श्री" शम्भो

'जय जय जय जय' "श्री" शम्भो खै जिन्दगीमा सधैं, दाम कम्भो ।। सिताको चिर हरण, रोकिएन अझै यी रावणका बस्तिमा 'राम' कम्भो ।। टेकेका पाईला, लड्खडाए पनि बरबराउँदैछु, आज जाम कम्भो ।। पिएरै सकिन्छु,, अझै सक्ने भए सहिद घोषणा गर्थें, काम कम्भो ।। चिन्दैन भित्ताका, ऎनाले आखिर बदनामीकै लागि पो, नाम कम्भो ।।

published on polandkhabar.com

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...