Tuesday, April 7, 2020

पूराना किताबहरु short film concept

खोज्दै थिएं म आज आफ्नै जिन्दगीका मुखपृष्‍ठहरु
कि कतै कसैले लेखिदिएका छन् कि भनि
पूराना किताबले भरिएका तिस पाथे चोकरका बोराहरुमा
जहाँं भेटिए केवल
भौतिक जीवनमा कहिल्यै काम नलाग्ने
परन्तु टुप्पी कसेर पढाईएका
बिज्ञान, गणित अनि अर्थशास्त्रका ठेलिहरु
अरे वाह
अनुरुप कोणहरु
समानान्तर रेखाहरु
पाइथोगोरस सिद्धान्त
साइन ठिटा
एक्सका मानहरु
उपयोगीताका ह्रास नियम
मार्क्स र मार्शलका परिभाषा
के के हुन् के के
अझै पूराना थैलाहरु खन्याउंदै जान्छु
भेटिन्छन्
केही च्यात्तिएका, किराले खाएका
अग्नि-दिक्षा, देवाशुर सँघ्राम
गोर्किको आमा,
कोइरालाका तीन घुम्ती र शुम्निमा
केही बुवाले खरिद गर्नुभएको थियो भने
केही मैले वल्लो घर पल्लो घर अंकलहरुको बाट
नढांटी भन्दा चोरेका किताबहरु,
थाहा छैनन् आज किन अटेनन्
यी पुराना किताबहरु
नयाँ घरका दराजहरुमा?
प्रसङ्ग फरक भएछ,
टक्टक्याउंछु
आमाले पञ्चायत कालमा लुकाउनुभएका
पुराना ढड्डिहरु जहाँ
कांग्रेसिहरुकै उपस्थिती लेखिएका थिए
रातारात हुनेगरेका पंचायति ब्यबस्था बिरुद्धका बैठकहरु 
फेरी प्रसङ्गले बाटो बिराएछ
किन कि आज म खोज्दैथिएं
आफ्नै जिन्दगीका दस्ताबेजहरु,
जो कहिल्यै लेखिएकै छैनन्
झल्यांस्स हुन्छु
केही पूराना किताबहरु त म आँफैले
पूराना कागज खाली शिशी भन्दै आउने
'मधिसे'लाई बेचेको थिएं
भिडियो हेर्न, चनाचटपट र बरफ् खान,
फेरी अर्को च्यातिएको सानो किताब भेट्छु
गौरी शंकर गुटिका
पेज न ८६ अझै कन्ठस्ठ छ
जहाँ लेखिएको थियो मेरो
गायत्री मन्त्र।
अहो कती प्यारो थियो
यो किताब यो गुटिका।।
मनमनै दोश
यो आधुनिकतालाई पनि दिन्छु एति बेला।

गजल:भाईरस बनि पसे हुन्थ्यो

सधैं किन हतार सानु, छेउ मै आई बसेहुन्थ्यो
यो छातीमा पिरतीका, तिखा काँडा डसेहुन्थ्यो!!

कतिधाउँ म लेकबेशी, जुनि बित्यो पछिलाग्दा
विश्वाश गरी मायालुले, पटुकी त्यो कसेहुन्थ्यो !!

घमण्डको पहाड चढ्यौ, सुन्दरताको नदी तरी
आउनु पर्ने हो सतहमै, शिखर बाट खसेहुन्थ्यो !!

मर्थेँ बरु तिम्रैकाखमा, अमृत भनि बिष: देउ 
हैन भने धारिला सब, चक्कु छुरी धसे हुन्थ्यो !!

यसै रोगी उसै रोगी, दिर्घ रोगी बनाई सक्यौ
नजर हुँदै मनमुटुमा, भाईरस बनि पसे हुन्थ्यो !!

- श्रीभक्त पौडेल 'आफन्त'
 स्पेन

Monday, April 6, 2020

मृत्‍युका शिलशीलाहरु


 कविता

साँझ ८ बजे
थपडी, सिट्टी र पटकाको आवाज सङ्गै 
दिवा तन्द्राहरु ब्युझिंन थाल्छन्
सुनेको हुन्छु
शहर लकडाउनमा तङ्रिन खोज्दैछ
मृत्‍युले थिचिएको शहर हिजोआज
सुनसान गल्लिहरु
एम्बुलेन्सका साइरनले सडकहरु
सुस्ताउन पाएका छैनन्।
आकाश खुलेको छ
सागर शान्त छ
पहाडहरु शरदका रङ्गहरु पखाल्दै छन्।
यो त्यही शहर हो
जहाँका हस्पिटलहरु
मृत्‍युका तथ्यांक निकाल्न ब्यस्त छन् ।
एति लेख्दासम्म मेरा औंलाहरु कामिरहेका छन्
म एस्तो शहरमा छु
कि जहाँँ मृत्‍यु मृत्‍यु हैनन्
महोत्सब हुन्।
रोकिएकै छैनन्
मृत्‍युका शिलशीलाहरु 
बन्द कोठामा क्यान्डल बालेर
भगवान सम्झनु बाहेक केही गर्न सक्दिन म।
हरेक न्युज पोर्टलहरु हानथाप गरिरहेका छन्
कसले छिटो मृत्‍युको तथ्यांक प्रेसित गर्न भनि
कल्पना सम्म गर्न सक्दिन म
कि कस्तो होलान् ति लाशका पहाडहरु?
जमिन पुगेका छैनन् लासहरुको लागि 
बिद्धुतिय सब गृहमा पालो पर्खाईमा छन्   
अझै हज्जारौं लाशहरु ।
धन्न छन् सेता पोशाकका जिवित भगवानहरु
नमन गर्छु सबैलाई
उनै हुन् नायकहरु
लडिरहेका छन् यस मृत्‍यु बिरुद्ध।
सोच्छु कति कठिन भएको होला
एक मुठी प्राण जान
कति ज्याद्रो होलान् ति मृत्‍युहरु
तड्पाई तड्पाई लुछिरहेका छन्
जिवित जीवनहरु।
आफ्नै छाती छाम्छु
घाँटी छाम्छु
निधार छाम्छु
धन्न म त जिवित नै रहेछु।
फेरी अनलाईन न्युज पोर्टलमा आँखा पुर्याउंछु
मृत्‍युका ग्राफिक उकालो चढिरहेकै छ ।
अहो कस्तो मृत्‍युका शिलशीलाहरु?
म मेरा भगवान सम्झन्छु
जिसज क्राइस्ट सम्झन्छु
मुहम्मद अल्लाह सम्झन्छु
अनि सात समुन्द्रपारीका
मेरा आफन्त सम्झन्छु
फेरी सम्झन्छु म मेरो
यही शहर।
छिटोछिटो तेल सकिन लागेको दियोमा 
तेल थप्छु
अर्को एक क्यान्डल बाल्छु
आँखा चिम्लिएर दुई हात जोड्छु
कि रोकियोस यी मृत्‍युका शिलशीलाहरु ।।
- श्रीभक्त पौडेल "आफन्त"
सान सेबास्टियन, पाइसभास्को
राज्य गिबुज्कोआ

ं एति लेख्दा सम्म स्पेनमा कोरोनाको महामारीमा ज्यान गुमाउनेको सन्ख्या १३०५५ पुगेको जानकारी गराउँछु ।


 poem sent to साझापोस्ट डट कम

आस्थाका दिप


धार्मिक विश्वाश
अनि आस्थाले पनि
चाहे तोरीका तेलमा भिजेका
कपासका बत्ति हुन्
चाहे मममा छिराएका मैन बत्ती
नै किन नहोस्।
असत्य र नकारात्मक बेदनाहरुलाई सदैब भगाई रहन्छन्
यी जलीरहेका दिपहरुले ।।
जब जल्छन् दिपहरु
अन्धकार मात्र हैन दुनियाँको
मनको अन्धकार पनि हट्छ
निराकार निरन्जन
लाखौं दिप बल्नै पर्छ
नकरात्मक सोच बिरुद्ध
करोडौं दिप जल्नै पर्छ
मस्जिद र गिर्जाघरमा पनि
विश्वाशका दिप
आस्थाका दिप
भरोशाका दिप
मनोक्रान्तिका लागि
मनोशान्तिका लागि
अखण्ड दिप जल्नै पर्छ
निभ्न दिनु नै हुँदैन
हामीले कहिल्यै
यी हाम्रा दीपहरु
जो अनन्त कालदेखि बलिरहेका छन्
बिहानी पूजाका हुन् या
साँझ आरतीका
बलिरहन दिऔं
सक्छौं भने कपासका
नभए मम बत्तिहरु
जलिरहन दिऔं ।।
जलिरहन दिऔं ।।

Saturday, April 4, 2020

जीवनका सौन्दर्य बोधहरु

कस्तो बोध यो?
जीवन प्रतिको मोह
जिन्दगी प्रतिको चाह
सुन्नै चाहन्न म हिजोआज
मृत्‍युका खबरहरु,
सिङ्गो संसार शोक मनाई रहँदा
म खोतल्न थाल्दछु
केवल आफ्नै जीवनका
जिजिविशाहरु मात्र
मस्तिस्कमा छिराउन खोज्छु
बग्रेल्ती लेखिएका जीवन दर्शनहरु
बुझ्न् खोज्छु बलजफ्ती
आखिर के हो
जीवन अनि जिन्दगी भनेर
माया के हो भनेर
मोह के हो भनेर
बिस्फोट हुन खोज्छन्
आँफै भित्रका गुम्स्याईहरु
अतित बर्तमान र भबिश्यका
भैपरि पारी आउने भवितब्यहरु
एस्तो लाग्छ म पागल भएको छु
जीवन अर्थ खोज्दा खोज्दै
नितान्त 'अजिब गरीब' सवालहरु
अनि जवाफ आँफै दिन्छु
सन्तुस्ट हुँदै हुन्न म
आफ्नै जवाफहरु सङ्ग।
किन कि म सौन्दर्य मात्र खोज्दैछु
यो संसारको, यो दुनियाँको
हैन। 
मात्र म अनि मेरो जीवनको
जानी नजानी लम्ब्याईएका कविताहरु जस्तै
म जीवनको सौन्दर्य खोज्दैछु
म त्यती साह्रै कुटिल त छैन
कि म बुझ्न् सकुँ
जीवनका सौन्दर्य बोधहरु। 
आखिर हावा चलेकै छ
जुन घाम उदाइ रहेका छन्
ताराहरु झिलमिलाई रहेका छन्
हरेक चिजहरुमा बस्तुहरुमा रङ्ग देख्छु
फूलका रङ्गहरुमा हराएको हुन्छु
जे छन् वरपर
जे भेट्छु वरपर
सबै जीवन्त नै पाउँछु
भने, म किन आँफैलाई बोझ थुपार्दै छु
कि जिन्दगीलाई बुझ भनेर
जिन्दगी आँफै जीवन्त छ
जीवन्त नै जिन्दगी छ
हर बस्तुमा सौन्दर्यता भेट्छु भने
किन भन्न् सक्दिन म आफु आँफैलाई
कि म पनि एक दार्शनिक हुँँ भनेर
जति मैले बुझेको छु
आफ्नो जिन्दगीको बारेमा
जति म लेख्न र बताउन सक्छु
आफ्नै जीवनको बारेमा
अरु कसैले सक्छ?
कति सजिलै भन्न सक्छु म
म मृत्‍यु सङ्ग त्रसित छु
मलाई मर्नु छैन
एही नै हो मेरो बुझाई
यही नै हो मेरो बोध आजको
जीवन मोहको
प्राप्तिको
अनि सौन्दर्यको।।

नजरबन्द

नजरबन्द
------=//
थोरै मानवता
धेरै सतर्कता
बलियो ऎकबध्यता
जिन्दगी न हो
सबैलाई प्यारो लाग्छ
मृत्यु एक शाश्वत सत्य नै किन नहोस्
र पनि मान्छे
मृत्यु सङ्ग डराउने नै रहेछ।
हो त्यही डरको बिगबिगी छ दुनियाँमा
डर हो असहज मृत्युहरुको
काल पल्किसकेको छ
बुढी मरिसकेकी छ।
लक्षमण रेखा नाघिसकेको छ
अदृश्य कालले
मान्नै पर्नेछ केही कुराहरु
यो कालका पनि
रङ्गभेदको अन्त्य भएको छ
शक्तिसम्पन्नहरु निरीह बनेका छन्
बिज्ञान थाकेको छ ।
एटमका अणुहरु निस्कृय बनेका छन्
एटमको पिरो धुवाँ बिना नै
विश्व युद्ध छेडिएको छ
बादी अदृश्य शक्ति
प्रतिबादी सिङ्गो मानवजाती
न कुरुक्षेत्र
न हिरोशिमा न नागासाकी
युद्ध सोचेको भन्दा छिटो चल्दैछ
न आकाश बाट क्षेप्यास्त्र छोडेका छन्
न जमिन मुनिबाट मिसायल नै
र पनि मृत्यु बढेका बढेयै छ्न्।
र पनि अझै मान्छे निकै आतुर छन्
सुनका कटेरा जोड्न
सायद हिरा जडित कछाड सिलाउन
लोभले छोडेको छैन
सरकार ओछ्यान परेको बेला
प्रजा र रैती नजर बन्दमा छन् ।।
#Covid19 stay safe
By:Kalpana Kalpana Paudel Acharya

Thursday, April 2, 2020

तर्कना

युद्ध जितेको दिन आजको
अहो फेरि उहि तर्कना
थाहा छैन सपना कस्ता आउने हुन्,
रातले त आफ्नो धर्म नछोडी
अँध्यारो छोडेर गयो मझेरीमा,
रात छिप्पिदै छ
रातको १२:३० पनि भैसकेछ
शहरमा कहर छ
र पनि मौनता छाएको छ।
एक अर्को भयानक रात
त्यो भन्दा भयानक बिहान हुनेछन्
जहाँ मृत्युका अप्डेट माथी चर्चा हुनेछन्
अहो कस्तो तर्कना ??
छाती माथी दुई हात राखी जप्छु
हे भगवान !कसैलाई केही नहोस्
नपरोस् पढ्न अनि सुन्न
मृत्युका आर्तनादहरु भोलि
बिज्ञानको बिजय सुन्न पाइयोस
होमो प्याथियोलोजिको सफलता सुन्न पाइयोस
अनि सुन्न पाइयोस
रोकिए दुनियाँबाट आज मृत्युका यात्रा पनि।
अनि बिश्वाश लिन्छु
कि यी मेरा तर्कनाहरु
सत्य होउन्
साचो होउन् ।

Tuesday, March 31, 2020

मौनता


अहो कस्तो मौनता !
नितान्त फरक
सुन्यतामा पनि कहर मिसिए जस्तै
अमृतमा जहर मिसिए जस्तै,
मौनता अनि कहर?
आँफै दिग्भ्रमित छ मान्छे।
हो,
यो सुन्यता
यो मौनता
मान्छे कै सृजना नै त हुन् आखिर
अनि बोझ?
बोझ सुन्यताताको
अहो कस्तो सत्यता!
खाली दिमागमा के को बोझ?
अदृष्‍य बोझ बिज्ञान समेत हैरान छ                                                   अघोषित युद्धहरु सङ्ग आज
मृत्‍युका मेला लागेका बेला
संसार नै मौनतामा छ।
संसार अनि मौनता?
हो संसार मौन छ आज ।
आवाज छैन
कोलाहल छैन 
युद्ध छ
मृत्‍यु छन्
धुवाँ पनि उंडेको छैन
तर आगो छ
ताप छ
माबतामा केही त पश्चाताप छ।।
त्यसैले त धुम्धुम्ती आज ऊ
मृत्‍यु पर्खिरहेको छ
अनि नहोस् त सुन्यता?
सायद
आफ्नै अस्तित्वले पिरलेको छ
रहल नरहला भोलि
डायनोस्वोरको अस्तीपन्जरमा
अझै बिज्ञान रुमल्लिएको बेला 
भोलि यिनै बैज्ञानीकको अभिलेख कसले राख्ला??
त्यसो भए यो मौनता किन ?
एतिधेरै बोझ बोकेको मस्तिस्कमा
यो मौनता किन ?
कहिले सम्म?
के दिन सक्थ्यो जवाफ यो दिमागले खै?
हरेक दिमागमा केबल सुन्यता मात्र छ
मात्र आफ्नो अस्तित्वको रक्षा कसरी गर्ने?
अनि हिजो सम्मका अहन्कारहरु?
थाहा छैन?
निमिट्यान्न पारिसक्यो नि
निस्पक्ष्य मृत्‍युका सूनामीहरुले।।
अहो यो कस्तो सम्बाद !
मन, मस्तिस्क र दिमाग बिच
के यो डर हो?
के यो सन्त्रास हो?
मानबियताको खडेरी बिच
बिस्फोट भएका
ज्वालामुखीहरुको ।
एक पछी अर्को सवालहरुको बोझ 
शन्कै शन्काको बोझ
र पनि
कति मौन छ है यो मान्छे??
कति कमजोर छ है मान्छे??
अहँ म मान्दै मान्दिन
कि मान्छे कमजोर छ
निकै ज्याद्रो जिब पो हो मान्छे ।

- श्रीभक्त पौडेल "आफन्त"
रामपुर चितवन
हाल स्पेन

| *  साथी लालकाजी को कलामा केन्द्रित भएर कोरिएको कविता "मौनता" 

Thursday, March 26, 2020

जिन्दगीले बाँच्न सिकायो


साच्चै भन्नुपर्दा जिन्दगीले बाँच्न सिकायो
थोरै थोरै भए पनि खुशी साँच्न सिकायो

भागम्भाग लुछाचुँडी यही भुँडीका लागि
मरूभूमीमा दाना पानी लाछ्न सिकायो

कंक्रिटका शहरमा सपनाका महल अरे
महल अनि झुपडी बिच दाँज्न सिकायो

के नै रहेछ त आखिर मरी जानु पर्दा
परिआए मृत्‍यु पनि आज भाँच्न् सिकायो

साच्चै भन्नुपर्दा जिन्दगीले बाँच्न सिकायो
थोरै थोरै भए पनि खुशी साँच्न सिकायो


         
कल्पना आचार्य पौडेल 

मृत्‍युका अपडेटहरु

मृत्‍युका अपडेटहरु
-------------
हरेक बिहान तर्सनु पर्ने,
आँफैलाई जिउंदो पाएर
एस्तो लाग्छ
एक अर्कोरात सङ्गको युद्ध जिते जस्तो
सांच्चै विश्वाश लाग्दैन
छातीको देब्रे छामु लाग्छ
आँफैलाई चिमटु लाग्छ
हिजो दिनभरीका
अनलाइन अखबारका पन्नाहरु 
आँखा सामुन्ने नाचिरहन्छन्
निदाएको त थिईन र पनि
केहि तन्द्राहरुमा
सपना जस्तै लाग्थे
तिनै मृत्‍युका अपडेटहरु 
मिडिया सुन्दा एस्तो लाग्छ
संसार मृत्‍युको होडबाजिमा छ
स्कोर माथि स्कोर थप्दै।।
भबितब्यको भब्य महलभित्र
मृत्‍युकै प्रशाद बांडिएको छ
नखानेलाई कोचाइंदै छ
के यहाँ मृत्‍युको बिकल्प नै छैनन् हिजोआज?
सायद् मरेकाहरुलाई के थाहा
जिवितहरुको बेथा झनै।
अहो कस्तो बिहान आज
खुशी भन्दा धेरै सकस जिवित हुनुमा
मनका धरोहर बिना भुइँचालो नै लडिरहेका हुन् कि झैं लाग्छ
अनि छाती बिना छुरी नै घाऊ बोकेका हुन् कि झैं लाग्छ।।
मुखै नधोई टेबलको कम्पुटर खोल्छु
नचाह्दा नचाहंदै खोतल्छु म फेरी
मृत्‍युका अपडेटहरु।
त्यो रातोघेरामा रहेका संख्यामा
अनबरत थप्पिरहेका छन् जोर संख्याहरु
केहि खुशी हो सायद
मेरो गन्ती त्यहाँ छैन।
त्रास, सन्त्रास, भय 
पक्कै आजका मितीमा
जिवित जीवनका परिभाषा।
आखिर के छन् ति मृत्‍युहरुमा
किन सोहोरिएका छन् मानब् शरीरहरु त्यहाँ
मृत्‍यु कहलिन?
म एक्लै कहाँ छु र आज
सिङ्गो शहर शिङ्गो देश सिङ्गो संसार
बेचैन छन्
शहर पसेको छ रे भन्ने मृत्‍युको खबरले।
अणुबम सङ्ग नतर्सिएको हिजो विश्व
आज कापेको छ जैविक हतियार सङ्ग।
शक्तिशाली दुनियाँ कापेको छ आज
अद्र्स्य मृत्‍यु सङ्ग?
आखिर किन अनि कहिले सम्म?

अहो कति भयाबहमा छन् जिवित मान्छेहरु   
म किन एति त्रसित छु बन्द कोठामा आज
किन कि म जिवित छु
मृत्‍युका अपडेटहरु पढ्न।।
--------
२६ मार्च, स्पेन 

श्रीभक्त पौडेल 'आफन्त'

Monday, March 23, 2020

कहिले सम्म चल्छ, यो हावा रुवाउन

विश्वमा फैलिरहेको कोरोना भाईरस मा आजसम्म ज्यान गुमाउने सम्पूर्णमा हार्दिक श्रद्धान्जली सहित् विश्व भाईचारामा कमी नआओस भन्दै एक गीत

कहिले सम्म चल्छ, यो हावा रुवाउन
माली छ 'ईश्वर' बगान यो फूलाउन

सहनु छ केही दिन, पिडा जिन्दगीका
च्यातिनेछन् तम्सुक, खुशी बन्दकीका 
भेटिनेछन् साथहरु, ति ब्यथा सुनाउन
माली छ 'ईश्वर' बगान यो फूलाउन
 
झिलमिल सितारा, त्यो जून आकाशमा
भरोशा आत्मबल मन भित्रको विश्वाशमा
उमङ्गका पिङ्गमा, सुस्ताउन झुलाउन
माली छ 'ईश्वर' बगान यो फूलाउन 

हार्दैन मान्छेले यहाँ, बिज्ञानले जित्दैछ 
प्रकृती हामी को'हौं, मानबले सिक्दैछ

कहिले सम्म चल्छ, यो हावा रुवाउन
माली छ 'ईश्वर' बगान यो फूलाउन

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...