Sunday, July 13, 2014

गजल हात्ती जस्तो, दारा

गजल 

गल्ली र चौबाटोमा सस्तो नारा देखिदैछ 
स्यालहरुको हात्ती जस्तो, दारा देखिदैछ 

चिल्ला मोटर चढी सुकुम्बासी भेट्न जाने 
अंगालोमा छुरी धस्ने कस्तो पारा देखिदैछ 

रानो धेरै, रनभूल्ल, घारका मौरीहरु 
रानो पिच्छे फरक त्यस्तो, धारा देखिदैछ 

मध्य असारको देख्नु भो´नी यो गाईजात्रा 
हलो हैन धारको उस्तो, आरा देखिदैछ 

गल्ली र चौबाटोमा सस्तो नारा देखिदैछ 
स्यालहरुको हात्ती जस्तो, दारा देखिदैछ

एकताका कुरा

कहिले आम एकताका कुरा 
अहिले बाम एकताका कुरा 
हुनसक्ला कि नसक्ला देशमा 
रावण राम एकताका कुरा ??

सुन्दैछु आजभोलि देशमा खै 
मिलेमा दाम एकताका कुरा 
पोल्टोमा केही पार्न सके यहाँ 
जमिन घाम एकताका कुरा??

तथानाम र बदनाम कतै 
मैदान धाम एकताका कुरा
हुनसक्ला कि नसक्ला देशमा 
रावण राम एकताका कुरा ??

तस्बिर बसेछ गजलमा

कसरी तिम्रो तस्बिर बसेछ गजलमा
सिन्दुर टिका अबिर खसेछ गजलमा

जानेर होइन सायद अन्जानमा यहाँ
नलेखिएको तक्दिर कसेछ गजलमा

बेहोशीमा सधैं श्री गुन गुनाइ रहँदा
कति गहिरो लकिर धसेछ गजलमा

भ्रमित छु आँफै हर शेरहरुमा तिमी
कसरी तिम्रो तस्बिर बसेछ गजलमा

बेहोशीमा सधैं श्री गुन गुनाइ रहँदा
कति गहिरो लकिर धसेछ गजलमा

Wednesday, July 9, 2014

गजल ओली फरक लाग्छन्

नेपालमा नेपालका बाम एकता र एमाले महाधिबेशन सन्दर्भमा

गजल

एउटै बाद एउटै झन्डा, बोली फरक लाग्छन्
सबले बोक्ने अलग डण्डा गोली फरक लाग्छन्

एकताको माला जप्छन् गुटै गुटको नारा बेग्लै
झुटै झुटमा यो अंशबण्डा टोली फरक लाग्छन्

कुर्ची मोह सत्ता मोह उद्धन्डताको त सिमा छैन
मानब हुन् कि मुण्ड चण्ड झोली फरक लाग्छन्

ओठमा लाउने चिल्लो छैन, ढसर पार्ने पुवा
भबिस्य हैन हेर्नु प्रचन्ड भोली फरक लाग्छन्

कोही भन्छन् नेपाल हाम्रो है, खनाल फेरि पनि
उखान र टुक्कामा प्रखण्ड ओली फरक लाग्छन्

कबिता म जिउँदो छु

कबिता

म जिउँदो छु र त लेख्दै छु। 

समेट्दै जिवित अभिलाषाहरु,
मेट्दै छु अक्षरले निराशाहरु,
मरेकाहरु सँग के गर्नु आशाहरु
कम से कम जिवित छु म,
ब्युँताउन खोज्दैछु म मान्छेहरु 
म जिउँदो छु र त लेख्दै छु।

ए मरेकाहरु पनि उठ!
मरेको नाटक गर्ने पनि उठ
अझै केही प्रहरहरु बाँच 
आउ मिलेर बांचौ,
फ्याकेर सबै निराशाहरु
सजिलो छैन बाँच्न यहाँ
सारा अभिमानहरु थांती राखेर
स्वाभिमानहरुको गला थिचेर
बाँच्नु पर्छ, सक्छौ भने उठ।

हेर मैले नाटक गरेको छैन,
नपत्याय चिमोट मलाई,
हो म मरेर बाँचेको छु
बांचेर मरेको छु, तर
तर म जिवित छु अझै
म जिउँदो छु र त लेख्दै छु।





 

Thursday, July 3, 2014

गजल मेरो बिहानीमा

देख्दैछु तिमीलाई नै रानी, मेरो कहानीमा भेट्दैछु आज रुप कै खानी, मेरो जवानीमा मिठो तरंगको अनुभूती यो अस्थिर छ मन दिँदैछु लैजाउ आफ्नै ठानी, मेरो जमानीमा पागल हुन्छु भाबुक, तिम्रो अनुपस्थिति ले लेख्दैछु गीत सृङ्गार मानी, मेरो दिवानीमा कथा कबितामा तिमी, अक्षरहरुमा तिमी खोज्दैछु सानीको आनी बानी मेरो रुमानीमा कतै बाढी कतै पैरो, बर्षाद´को आगमन भिज्दैछु म सिमसिम पानी,मेरो बिहानीमा 

दिवानी -पागलपन

गीत गजल हूलमा नआउ सानु

यिनै शब्दहरु तिमी, धुनमा सजाउ सानु
त्यही संगितमा झुमी,जूनमा रमाउ सानु

माया पाउनेछौ त्यहा,सत्कार हुनेछ जहाँ
भाब बिम्बहरु चुमी, फूलमा समाउ सानु

गीत कोर्छु तिम्रो लागि प्रित पनि चोर्छु अब
नबिर्स है मातृ भूमि, धुलमा नजाउ सानु

एक्लै हुन्नौ गोरेटोमा,साथ साथ चल्ने नै छौं
एकान्तमा घुमौं हामी, हूलमा नआउ सानु 

देख्दा जस्तो भेट्दा हुन्न सुन्दरको पछिलागि
नझुक्किय भन्दै दामी,  भूलमा नधाउ सानु 

Wednesday, July 2, 2014

गजल बचाउँछु भन्नेले, डुबाएर गए

जलाउँछु भन्नेले बुझाएर गए 
बचाउँछु भन्नेले, डुबाएर गए

भन्नेहरुले के के पो भने हजुर
बनाउँछु भन्नेले, धुजाएर गए

नदेखाउनु थियो लुकेको घाऊ यो
सेकाउँछु भन्नेले, दुखाएर गए

ओसिएका थिए चाहनाहरु मेरा
सुकाउँछु भन्नेले,रुझाएर गए

सँगालेका चिल्लर टालेको थैलिमा
जोगाउँछु भन्नेले, फुकाएर गए

विश्वाश कसैको मान्दैन यो आफन्त 
हसाउँछु भन्नेले ,रुवाएर गए !!!

गीत बन्दिपुरे उकालीमा

निलो पानी सागरको किनारामा छाल राम्रो
लर्के बैन्श जोवनको, हिंडाइमा चाल राम्रो  

लाछी डोरी भुइँ कम्मरीया छोउँ छोउँ लाग्ने
दोश हो´की उमेरको, तिम्रो जिउ डाल राम्रो

कालो गाजल परेलीमा, छड्के पोते त्यस्तै 
स्याउ बिर्सेंँ हेलम्बुको टोकुँ टोकुँ गाल राम्रो

कल्लिको छम्छमीमा खैंजडीको आवाज मिठो
बैशाखको पुर्णिमा´मा, घाँटु नाच्दा ताल राम्रो

पा´रोटीको सोली बोकी, बन्दिपुरे उकालीमा 
लर्के बैन्श जोवनको, हिंडाई मा चाल राम्रो  


पा - रक्सी

गजल मन्सिएको बोको भएं

डोको बोक्न मन लागेन, बिदेशको भोको भएं
अस्टमीको काल-रात्रीमा, मन्सिएको बोको भएं

कहिले बिस्फोट कहिले अपहरण के भन्नु र
त्रासै त्रासको शहरमा, रहस्यको पोको भएं

मरुभूमिको बालुवामा, पसिनाको मोल छैन
पानी माग्दा पिसाब दिने हरामीको ठोको भएं

रहर हो कि बाध्यता कुन्नी प्रवासी कर्म मेरो
आगो ताप्न जलाउने त्यै, भत्किएको ढोको भएं

लक्ष्मीको मन्दिर खोज्दै शैतानको यो गुफाभित्र
आफन्त लाई झुन्ड्याउने, सुर्किएको झोको भएं

.-.-.-.--------.-.-.-.-.-.-.-.

ठोको:ठोक्नु कृयाको आदेश जनाउने वा हिन्दी भाषामा आक्रमण भन्दा प्रयोग हुने
झोको: नेपाली बोलचालको भाषामा झोका,कपडा,मकैको झोली झुन्डाउन बनाइने डोरिको  

Tuesday, July 1, 2014

चार मुक्तक

किन जान्थे सागर छाल उठ्दैन भने
सफल हुन्न कोही जाल उठ्दैन भने
नगर अाइन्दा भो स्वाभिमानका कुरा
राजनितिमा, झेल-झाल उठ्दैन भने

तिर्खामा पानी दियनौ, नदेखाउ दहिका कतरा अब
लाग्दैछ तिम्रो मुस्कान नदिछेउ गोहिका खतरा अब
मोहिको बदला जब दही दिन्छु भन्छन् मान्छे यहाँ
साबधान बुझ्न जरुरी साथी जो कोहिका नखरा अब

नखानु मन यो मेरो, कुटुक्क खायौ
बिना निम्ता सपनीमा सुटुक्क आयौ
बिपनीमा थाहा छैन रातको अँधेरिमा
उध्रिएको छानो थियो, चुटुक्क छायौ

तिम्रो नबाबीपनले, दुनियाँ चकित छ
घरमा अभाबीपनले दुनियाँ रमित छ
बाहिर नैन सुत भित्र भोकै सुत जस्तो
त्यो भेदभाबीपनले, दुनियाँ थकित छ

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...