नजिक पुग्दा भाग्यले पनि, टारेको मान्छे म!!
त्यै खुशी खोज्न दुनियाँसारा, चारेको मान्छे म!!
घरिघरी समयले नै जालमा, पारेको मान्छे म!!
जीउँदै छँदा आफन्तले जुठो, बारेको मान्छे म!!
----------
९ अगस्ट,२०२२
रेक्याभिक,आईसल्याण्ड
कबिता,गजल,गित, कबिता, हाइकु, बसी बियाँलो, तान्काहरुको सँगालो साथै केही अङ्रेजी र स्पेनिस भाषाका साहित्यिक रचनाहरु पनि,एक्लो पनको साथी अबस्य
पागल बनायो त्यो रूपले मलाई
मलाई पागल बनायो त्यो रूपले
निधारमा छ रातो, आँखामा कालो
कसले बनायो टिका
कसले बनायो गाजल
मलाई पागल बनायो त्यो गाजलले
त्यो गाजलले मलाई पागल बनायो
कहिले घुम्टो ओढेर, कहिले आँचल ओढेर
कसले बनायो घुम्टो
कसले बनायो आँचल
पागल बनायो त्यो आँचलले मलाई
मलाई पागल बनायो त्यो आँचलले
पाउजुको झन्कार मीठो, मादलको घिन्ताङ्ग मीठो
कसले बनायो पाउजु
कसले बनायो मादल
पागल बनायो त्यो मादलले मलाई
मलाई पागल बनायो त्यो मादलले
पागल बनायो त्यो रूपले मलाई
मलाई पागल बनायो त्यो रूपले
ती जो भुल थिए हाम्रा प्रिया फूल भए हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो जसै आज अझै यी नजर चुलबुल भए उ...