Thursday, July 30, 2015

remains editting


२२२ ११ २१२ १११ २, २२ १ २२१ २
कस्तोभो त नि जिन्दगी रहरमा, छाडेर नेपाल त्यो
सस्तोभो त नि जिन्दगी बगरमा, छाडेर नेपाल त्यो

अन्ध्यारो छ जताततै झिलिमिली बल्दैन बत्ती यहाँ
यस्तोभो त नि जिन्दगी डगरमा, छाडेर नेपाल त्यो

धूवाँमा भिडमा हराउछु, कता? बिर्सन्छु बाटा यिनै
खस्दोभो त नि जिन्दगी लहरमा, छाडेर नेपाल त्यो  
-----------
२१२ २१२ २१२ २१२
भोकमा शोकमा, साटिगो जिन्दगी
कूहिने होकि खै, माटिगो जिन्दगी

कूहिरो यो धूवाँले, बनायो दीकदार्
सीउने पो क´हाँ, फाटिगो जिन्दगी

Wednesday, July 29, 2015

मणी हराएको, नाग भएको छु

मणी हराएको, नाग भएको छु
बिना झंकारको, राग भएको छु

एक्लो पनले त, रुवाउंदो रहेछ
हुलले छाडेको, काग भएको छु

कहिले बादल, त्यो औँशीको रात
रोशनी सँगैको, दाग भएको छु

हराबरा देख्छु, डाँडा पाखा पर्वत्
आफुँ ओईलाएको, साग भएको छु

माहोल पूरानो, ´आफन्त´आफन्तका
ताप्दै´थे निभेको, आग भएको छु

- आफन्त



Tuesday, July 28, 2015

नजर नजरका, तिनै बात मिठो

नजर नजरका, तिनै बात मिठो
उनी सँगका औंशीका रात मिठो

रूखका के कुरा प्यारो छ छाया
बिर्सेंर फूल कोपिला पात मिठो

कोर्दिन गजल् भन्थें, नभेटे उन्लाई
बिर्सेर नै नसक्नु, छोटा साथ मिठो

अमृतका के कुरा बिष:का प्याला
दिन्छन् भने त उनैका हात मिठा

नजर नजरका, तिनै बात मिठो
उनी सँग त औंशीका रात मिठो




गीत

शुशेलीमा मिठो लाग्थ्यो, मायालुले बोलाएको
एकान्तमा मेरै तस्बिर्, हेर्दै उनी टोलाएको

गोधुली र झिस्मिसेमा, आउंदो रैछ याद् धेरै
क्षितिजको जून हेर्दै, उन्ले काख्´मा झूलाएको

पर्देशिले माया मार्यो, भन्दै उनी रुन्छिन् होला
अनिंदो र छट्पटिले, परेली ती लोलाएको

जहाज् चढि भेट्न् जाने, मन भरिको कल्पना
प्यारोलाग्छ् माला तिनै, मेरै लागि ओईलाएको

शुशेलीमा मिठो लाग्थ्यो, मायालुले बोलाएको
एकान्तमा मेरै तस्बिर्, हेर्दै उनी टोलाएको ।। 

Sunday, July 26, 2015

हिन्दूत्व् नरहे, रहने छैन राष्ट्र

बेचेर देश, स्वाभिमानका कुरा
कता हराए, अभिमानका कुरा ,,

राँको बाल्दैमा, पिचास तर्सिन्न
भुल्दै छौं मान´सम्मानका कुरा

मुर्दा शान्तीमा, राज्य चल्दैन
गर्नेछन् फेरि, समशानका कुरा

हिन्दूत्व् नरहे, रहने छैन राष्ट्र
ब्यर्थै नगरे, हानाहानका कुरा

दुख्दोछ छाती सुस्ता लिपुलेकमा
प्रभुका शरण्, अपमानका कुरा !

Saturday, July 25, 2015

भोलि थाहा छैन G

खै! के के, हुने हो, भोलि थाहा छैन
च्यातिने, पो होकी, झोलि थाहा छैन

बहाना, भाँचियो, डुङ्गामा छेद् छ
तर्नु त, छँ´दैछ, खोली थाहा छैन

मलामी, लाई निम्ता, चलन् बसाए
जन्ती र, नौमती, डोली थाहा छैन

मस्यौदा, के थियो, सुझाव कहाँ छन्
संकल्प्´को ,के कुरा, बोली थाहा छैन

जल्दैछ, दुनियाँ, दुनियाँ देखेर
न धुवाँ, न आगो, गोली थाहा छैन


Tuesday, July 21, 2015

केहि शेर र मुक्तक



मैनको धागो झैं, म जल्न चाहन्न 

एेनको आगो झैं, म जल्न चाहन्न 
------------
आधुनिकताको नाममा छोट्टिएको देखें 
नेपाली स्वाभिमानमा, कोट्टिएको देखें 
बेमौसममा रुझ्छन, यौवनका भोका 
नशिलो अभिमानमा, घोट्टिएको देखें 

-----------
यो पराकम्पन्, त्यो पूरानो माया, उस्तैउस्तै लाग्छ 
चर्किएको छाती, अनि फुटेको एेना, दु´रुस्तै लाग्छ 
-----
आफ्नो त सधैं सधैं नै, रहर भो जिन्दगी 
पिउँ कि फ्याकुँ भन्नुस, जहर भो जिन्दगी 
भग्नाबेस् भए चाहना, सपना टुटी गए 
खण्डहर्´ले भरिएको, शहर भो जिन्दगी 
सूनामीले बढारेको, लासै लासको ढेर
बालुवा न पत्थर आज्, बगर भो जिन्दगी 

--------
जिन्दगीको के भरोषा छूटि जाने रै´छन् 
आफ्नु भन्नेले त यहाँ लूटि जाने रै´छन्  

ओठको हान्सो र आँखाको ईशाराले यहाँ 
हुन्न भन्दा पनि सारा चूटि जाने रै´छन् 

एक ढिक्का, एक आत्मा भन्नेहरुले नै 
आँगनीको छेउ पारी कूटि जाने रै´छन्
---------------
उजाडियो त्यो, बन जस्तै जिन्दगी 
मुखै कालो भो, धन जस्तै जिन्दगी 
उपहार् भन्थे, सृस्‍टि´को खै के हो 
गरुङ्गो पो छ, घन जस्तै जिन्दगी ।। 
-------------

शंकालु ईशारा छ तिम्रो 
मायालु ईरादा छ तिम्रो 
हूने छु तिम्रोनै म सदा 
घायल नीशाना छ तिम्रो
,,,,,,,,,,,,,,,,,,,,,,
For Laxman Adhikari (barcelona)
तिमी रिसाएर हो कि, चस्किएको छ छाती बिना निन्द्रा सपनीमा, झस्किएको छ छाती
ठुस्किएकी मेरी उनलाई, फकाउनु पर्‍यो मनभरिका यी यादहरु, जताउनु पर्‍यो टाढा भएरै होला, याद नजिकीन थाले सम्झनाले चिमोटेर, सताउनु पर्‍यो

बिन्ती न´रिसाउ, मेरो मनकी माया माफीमाग्छु सरी, मेरो तनकी माया भूल होलान् मेरा, गल्ती भने छैनन् छातीचिरी देखाउं, लक्ष्मन कि माया??



जरुरी छ 2

कर्तब्य र अधिकार, बुझ्न जरुरी छ
परि आए रगतमा, रुझ्न जरुरी छ

स्वाभिमानी नेपाली हौं, रहन चाहन्छौं
स्वाभिमानका खातिर, जुध्न जरुरी छ

आज ढुङ्गामुढा भोलि बन्दुक् हुन सक्छ
झन्डा बोकी पूर्वपश्चिम, कुद्न जरुरी छ

अखण्डता हाम्रो माग, हिन्दू राष्ट्र होस्
खोसिएका ती हिन्दूत्व, लुछ्न जरुरी छ

कर्तब्य र अधिकार, बुझ्न जरुरी छ
परि आए रगतमा, रुझ्न जरुरी छ

Wednesday, July 15, 2015

गजल जस्तै बाउ छ शहरमा

जलप लगाएका कै, भाउ छ शहरमा
निको नहुने पुरानै, घाउ छ शहरमा

हेर बछेडा र चल्ला, भोक्भोकै मरेका
भकारो नछाड्ने त्यै, माउ छ शहरमा

शनि मन्छाएं परन्तु, साँढे´सात उस्तै
लिसो टास्सिएका झैं, राहु छ शहरमा

गिंड्छन रे ममता, मातृत्वका नाममा
बुझ्यौ त अचानो मै, दाउ छ शहरमा

छोरो सोध्छ ए आमा, केके छ शहरमा
जान्छस् त तं सौताने, बाउ छ शहरमा ??

$$$ गजल $$$

न जूठो न चोखो, छ मेरो जवानी
न लामो न छोटो, छ मेरो कहानी ।।

धुवां´मा बितेका, पलै जो हिजोका  
न हाँसो न आँशु, छ मेरो बिहानी ।।

भिजेका रुमाल्´झैं , निचोर्यौ मलाई
न सुख्खा न गीलो, छ मेरो सिरानी ।।

छ ज्वाला मनै´मा, ननिभ्ने दियालो  
न देख्छौ न बुझ्छौ, छ मेरो रिशानी ।।

छ यस्तै छ साथी, न पोखे गुनासो
न तीखो न बोधो, छ मेरो निशानी ।। 

$$$गीत$$$ कता होलिन्

दोबाटोमा जिस्काउने मोरी कता होलिन्
आँखामात्र झिम्काउने गोरी कता होलिन्

बाटो ढूकी ईशारा´मा छड्के तिरै हान्ने
डाँडापाखा निम्ताउने ¨मेरी¨कता होलिन्

धेरै भो´नी सम्झनामा, देखा नपरे´की
पल्लोगाउँ साइँला´की छोरी कता होलिन्

ओठै टोकी भूइँ कोर्ने बानी थियो उन्को
मेरी मन्´की मूटूबांध्ने डोरी कता होलिन्

दोबाटोमा जिस्काउने मोरी कता होलिन्
आँखामात्र झिम्काउने गोरी कता होलिन्

Sunday, July 12, 2015

भानुको सम्झनामा


कोकिल कन्ठले, जब तिमरो, ´रामायण´ म बाच्दछु
यस्तो लाग्छ, ´भानु´ यो लयमा, लाखौं बर्ष बांच्दछु ।।

लेख्यौ ´प्रश्नोत्तर´, परन्तु मनमा, सवाल यी अनेकौँ
आउंछु, तिम्रो ´कान्तिपुरी नगरी´, भन कहाँ म भेटौं ।।

लाग्छ अधुरो, ´वधूशिक्षा´ किन हो, समाजका खातिर
लेखि पठाउ, कर्तब्य परायण अझै, दुनियाँका खातिर ।।

ए भानुभक्त, बाङ्ग्मयका ज्योति, बिन्ती उदाउ अझै
भाषा´धर्म´दर्शन, साहित्य जनमा, बिन्ती बुझाउ अझै ।।

साराकृतिहरु गहना, नेपालीका,´भक्तमाला´ म बुज्दछु
हृदयमा बसेको, रामचरित्र ´रामायण´, सदा म पूज्दछु ।।

धरोहर थियौ, रह्यौ रहनेछौ, ´आदिकबि´ यो युगमा
मेटिन्नन् पथहरु,तिमीले कोरेका, साहित्य यो जुगमा  ।।

--------------
प्रेम प्रकाश पौडेल
रामपुर चितवन
असार २७, २०७२ 

चोइटिएर बांच्छन्,

झुट बोलेर बांच्छन्, आँफै घुटपिएर बांच्छन्
लुटे भन्दै मायामा, आँफै लुटिएर बांच्छन्

बदनामी को भयो, जमाना नै बदनामी छ
छुटे भन्दै मायामा, आँफै छुटिएर बांच्छन्

क्षणिक मोहको सागरमा, डुबुल्की मारेर
चुटे भन्दै मायामा, आँफै चुटिएर बांच्छन्

शिकार खेल्न नजान्नेले, बनभित्र नपस्नु नी
भुटे भन्दै मायामा, आँफै भुटिएर बांच्छन्

के´के नै हो माया, आँफै छटपटिएर बाँच्दै
चोइटाए भन्दै मायामा, आँफै चोइटिएर बांच्छन्,

Saturday, July 11, 2015

$$$गीत$$$

झरिले दिलायो, याद पूरानै
कसरी भुलौला, साथ पूरानै

नदिका किनारा, भेट हुँदैनन्
उनीसँगको त्यो, साँझ पूरानै

दिल´ले पुकार्यो, प्रेम पूजारी
मनको म राजा, ताज पूरानै

मधुरा थिए जो, रात ढल्कंदै
पलजो भुतुक्कै, लाज पूरानै

पिरती अधूरो भो, आज ए आफन्त्
कसलाई पोखौं, राज पूरानै

$$$ गजल $$$

निद छैन आँखमा, धुलले सतायो
ढुक´ढूकिमा पिडा, शुलले सतायो

चढिजानु डोलिमा, नभुले मलाई
तर आज रङ्गिन, तुलले सतायो

दिलको छ दस्तुर, दिलको दिलैमा
शिरमा फुले उनै, फुलले सतायो

बहमा छ आँसु यो, रहमा डुबेको
पिरती रहेन रे, भुलले सतायो

निद छैन आँखमा, धुलले सतायो
ढुक´ढूकिमा पिडा, शुलले सतायो

सूत्र - llS lSl S,ll SlS S

photo : sudip bhatta (chitwan) 

Thursday, July 9, 2015

गजल १२२ं * ४

दुखेको छ छाती, नसोधे मलाई
हराएं म साथी, नखोजे मलाई

लुकेको छ पीडा, र बेथा मुटूमा
हवामा म उड्छु, नजोखे मलाई

निसाना चुकाएँ, बिराएँ ति बाटा
भुलेको छु मूल्य, नतोके मलाई

म आफैं छु भारी, जमाना म सँगै
कसैले गुनासो, नपोखे मलाई

म हिंड्छु किनारा, नदीका तिरैमा
र डुब्छु म त्यहीं, नरोके मलाई

दाग हजुर

कोतारेर् जांदैन, जिन्दगीको, दाग हजुर
कसले सल्कायो, बिहानीको, आग हजुर

निभ्दैन भन्छन्, सल्किएपछी, यो आगो
सनाईले बोल्दैन, जवानीको, राग हजुर

बोलेको पुगोस, देखेको चाहियो, रे यहाँ
यस्तै यस्तै त छ, दुनियाँको, माग हजुर

फक्रन्न कोपिला, कहाँ टिप्नु, फूल अाइन्दा
सुन्य सुन्य लाग्छन्, शिशिरको, बाग हजुर

दौलतमा बिक्छन्, यौवनका, फूलहरु तर्
ब्यर्थै सुन्नु पर्छ, मायालुको, धाक हजुर




कस्तो मोड आयो, कहानीमा साथी

हरेक् यी सुन्दर, रूमानीमा साथी
खुल्दछन् नजर, बिहानीमा साथी

लेख्दछु कबिता, हेरेर तस्बिर्´मा
सौन्दर्य निखार, रिसानीमा साथी

सपना बिपना, झझल्कोमा उनी
तस्बिर लुकाएं, सिरानीमा साथी

सोचेको चन्द्रमा, धूलको साथ पाइन
कस्तो मोड आयो, कहानीमा साथी

बेमतलब् बेवास्था, देखेको नदेखै
कोहीआयो उन्को, निसानीमा साथी

छट्पटी अनिदो, मिठा यी पिडामा
खै के के हुने हो, जवानीमा साथी!?

title seems: Sajde (kill dill)

Tuesday, July 7, 2015

बिचार



राजनीति र नियत 

नियती हो भोग्नै पर्छ तर नियत खराब भएकाहरु सँग जोगिनु या टाढै रहनु पर्छ।प्रसँग हिन्दू राष्ट्र,हिन्दू सापेक्ष राष्ट्र या धर्म निरपेक्ष राष्ट्र। हिजोको ईतिहास भन्दा धेरै फरक छ अहिलेको बर्तमान। देशले धेरै कालखण्ड भोगिसकेको छ। दैबी प्रकोप देखि लिएर कथित महाराजाहरु भोगेको छ झेलेको छ राष्ट्रले। सिमित राजनीति फाईदाको लागि र अहमबाद मौलाएको बेलामा (जसलाई म राजनीतिक क्रान्ति मात्र भन्न् चाहन्न)देशलाई एक मैदान बनाइयो जहाँ मनलाग्दी खेलहरु (बाद) को प्रशिक्षण भए। सकेसम्म भकुण्डो आफ्नो पोल्टोमा पार्ने दुशित खेल चलिरह्यो। राजनीति र सामाजिक परिवर्तन भन्दै गाई काटेर ख्वाइयो पनि। तुहिएको क्रान्ति सङ्गै स्खलित भए सामाजिक परिवर्तनका मुद्धाहरु। अनि खेल सुरुभयो संघियता र धर्म निरपेक्षको। संघियता आफ्नो ठाउमा छ अहिलेको नेपाली समाजको माग हो कि होइन त्यो त भोलि नै थाहा हुन्छ। कहिले बाट र कहाँ बाट जन्मियो? यो सानो देशमा संघियताका कुराहरु। त्यो धेरै महापण्डितहरु व्याख्या गरिसकेका छन्। टुक्रे महाराजाका श्रीपेच गुथ्ने सोच र भोकमा गुज्रिएकाहरु दिमागी उपज हो, संघियता। १४७१८१ बर्ग किमी भएको राष्ट्रलाई कति राज्यमा बिभाजन गर्नेहुन् त्यो त हेर्न नै बाँकी छ। आखिर जुनसुकै शिर्षक (पहिचान,भौगोलिक, सामर्थ्य इत्यादी) मा काटे पनि देश टुक्रिने नै हो उदेश्य टुक्राउने नै हो। ¨डिभाइड एन्ड रुल¨ पृथ्वी नारायण शाहका मुर्ती ढलाउनेहरु एकताको कुरा गर्दै संघियताको घिनौना वकालत गर्छन्। भूकम्पले ध्वस्त बनाएकाहरुको स्थाइ बास बनाउन नसकेकाहरुले भोलि टुक्रे राज्यहरुको ब्यबस्थापन कसोरी गर्ने हुन् त्यो पनि हेर्न बाँकी नै छ। अझै पनि मेरो चुनावी क्षेत्र भन्दै रकम निकाशी र बाँड्फाड गर्नमा तल्लिन छ सरकार अनि प्रतिपक्ष। असारको चटारोमा स्थानिय बिकास रकम निकाशा गर्दैछ सरकार भने प्रतिपक्षी हो मा हो मिलाउंदै छन्।जिल्ला जिल्लाका सदरमुकाम र सदरमुकाम बाट देशको राजधानी जोड्ने एउटा गतिलो राजमार्ग बनाउन सकेका छैनन्। गर्नु पर्ने धेरै छन् तर दरिद्र सोचका टाउकेहरु ¨माछा देख्दा दुलोमा हात भ्यागुता देखे बाहिर भने झैं¨ भएका छन्। हो संघियता चाहिन्छ हुनु राम्रो पनि हो तर सर्बप्रथम त देश पूर्व-पश्चिम एकनासले बिकषित भएको हुनुपर्छ, भौतिक रचनाहरु समान रुपले निर्माण हुनुपर्छ। संघियताको लागि हुनुपर्ने सामाजिक,आर्थिक पूर्वभ्याश नभैकन सम्भब पनि छैन। जतिसुकै संघियता आयोग र समितीले काम गरे पनि सिमांकन बिबाद रही नै रहनेछ। त्यसैले म संघियता बिरोधी भने होइन तर समोन्नती प्रगती र बिकास नभै अहिले देशलाई टुक्र्याउने काम नहोस् भन्ने मात्र हो। 
----
हिन्दु शब्द आँफैमा महान छ। जहाँ सन्स्कार छन्। जहाँ भौतिकबाद बाट केही अलग्गिएर अध्यात्मबाद सँगै जीवन जिउने कलाहरु छन्। खुला समुन्द्र जस्तै जो कोही डुबुल्की मार्न सक्छन्। स्वतन्त्रताको अर्को नाम हो हिन्दू, जहाँ ढुङ्गा पूजिन्छ भने मानबता आँफैमा इश्वर (सकरात्मक सोच) कहलिन्छ।¨हिन्दू¨ एक सोच हो बिचार हो भन्न् अतियुक्त नहोला पनि। खाली मुर्तिपुजाको बिरोध हुनु स्वभाविक हो भने बली प्रथा रोकियोस भन्ने धेरैको धारणा पनि छ। भने अहिले आएर हिन्दू शब्दलाई नै किन बिबादमा तानिन खोजिदै छ? हरिया डलरका एजेन्टहरु राता निला ठेलीहरु गाउँ छिराउदैमा देश धर्म निरपेक्ष हुनु हुँदैन भन्ने धेरैको ठम्याइ पनि यही नै हो। विकिपेडियाले ¨हिन्दू¨ शब्दको परिभाषा र व्याख्या जसरी गरेपनि निछोड एउटै छ त्यो के हो भने मानब सभ्यताको बिकाष सँगै पहिलो र दोश्रो सताब्दीमा  अर्थशास्त्र,राजनिती,सामाजिक,मानव शास्त्रको व्याख्या गर्दै यथार्थ रुपमा एउटा बिज्ञान(तरिका,माध्यम) को पादुर्भाव भयो त्यो नै ¨हिन्दू¨ हो। जसको आधारमा ठूल्ठूला ग्रन्थलेखिय चाहे त्यो ईस्लामिक होस्स चाहे त्यो क्रिश्चियनका। हिन्दू एस्तो आधार(बेस) हो जहाँ बिज्ञान(शास्त्र)ले हार खाइसकेको छ। भने यो २२औं सताब्दिमा बुद्ध जन्मिएको देश नेपाल लाई एक हिन्दु राष्ट्र सम्बोधन गर्न किन हिचकिचाउन पर्‍यो? 

भाषा,सभ्यता,सन्स्क्रिती,ज्ञान सारा जो मानब जातिको लागि नितान्त जरुरी छन् त्यो सबै पाईन्छ ¨हिन्दू¨ शब्द र शब्दावलिमा। ज्ञानहरुको श्रोत हो हिन्दूत्व भने धर्महरुको महाधर्म हो हिन्दू। जहाँ सबै बिचार धर्मावलम्बिहरु अटाउछन बिचारहरु अटाउंछन् हिजो पनि अटाएका थिए भोलि पनि अटाउने नै छन्। जती बिग्रिसक्यो बिग्रियो अब बिग्रिनु हुँदैन। 

म धर्म निरपेक्षको बिरोधी पनि होइन न संघियताको नै तर यथार्थ के हो भने बर्तमान राजनतिको मूल समस्या र देशले निकाश पाउन नसकेको मूख्य मुद्धा नै यही हो। यदी साँच्चै नै जनमतको कदर हुन्छ भने,एक पटक छातीमा हात राखेर यी दुई मुद्धामा जनमत लिनै पर्छ। होइन भने ब्रिटिश साम्राज्यबादिहरुलाई लखटेका गोर्खाली खुकुरीहरु अझै कोतहरुमा छन्। 

असार २२,२०७२ 
श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन 
हाल स्पेन 

असारे गीत

असारे गीत
ठाढो भाकामा
११+६=१७·२=३४
--------------
मनसुन् पापी/ ढिलो गरी आयो, रोपाइ ढिलो भो
बिउको मुठा/ मनपरी फ्याक्यौ, पछ्यौरी हिलो भो।।

बाउसे र लाठे/ कान्लामा बसे, ढोड् बिज्यो खुट्टामा
दिएको बैना/ त्यो रातो रुमाल, मन बुज्यो बुट्टामा।।

दही र चिउरा/ कुम् जोडी खांदा, कसैले देखे कि
दाँया र बाँया/ हेरे है ल माया, हिलोमा टेके सि।।

बर्ष दिन खाने/ मुठी र मानो, गैरी खेत् रोपियो
घरबारी आज/कुल्चौंकी  भनि, भल् पानी छोपियो।।

स्वामी छन् बिदेश/ एकलो ज्यान, मेलामा हिंड्नु छ
नाना र बाला/ पकाइ ख्वाउनु, बेलामा हिंड्नु छ।।  

मनसुन् पापी/ ढिलो गरी आयो, रोपाइ ढिलो भो
बिउको मुठा/ मनपरी फ्याक्यौ, पछ्यौरी हिलो भो।।


निसानीमा साथी

हरेक सुन्दर, बिहानीमा साथी
खुल्दछ जिन्दगी, रूमानीमा साथी

मातेको छु आज, बैन्शको नशाले
यस्तै हुँदो रै´छ, दिवानीमा साथी

खेलेर जान्छन्, खेल् होइन माया
के गर्नु विश्वाश्, जमानीमा साथी

छट्पटी अनिदो, मिठा यी पिडामा
खै के के हुने हो, जवानीमा साथी!?

अघाउन्न यो मन्, प्रेमको नगर´मा
कोही आयो नयाँ, निसानीमा साथी

हरेक सुन्दर, बिहानीमा साथी
खुल्दछ जिन्दगी, रूमानीमा साथी

Monday, July 6, 2015

रानी हराएछन् गीत

देखेपछी मुस्कुराउने, बानी हराएछन्
मलाई हेर्ने नजरका, नानी हराएछन्

यौवनमा फक्रिए झैं, डालीका ती फूल
आखिर किन पिरतीका, खानी हराएछन्

मोती लाग्थे उन्का आँसु, छुट्दा डिलबाट
परेलीका ती कोशबाट, पानी हराएछन्

भरोषामा बान्धिएको, हुन्छभन्थे जीवन्
विश्वाश´का चक्र सँगै, मानी हराएछन्

बगानमा एक्लै डुल्छ, आजभोलि रानो
बषन्तको यो बहारमा, रानी हराएछन्

Saturday, July 4, 2015

गीत न आए नि हुन्थ्यो

सधैं भरी सपनीमा, न आए नि हुन्थ्यो
बिना निम्तो निदरीमा, न धाए नि हुन्थ्यो

उज्यालोले डस्छ अनि, भिड्मा सधैं एक्लो
जुन्किरिले अन्धेरिमा, न छाए नि हुन्थ्यो

क्षणिकको मातले आज्, बेहोसीमा जिउनुपर्दा    
मायाप्रिती जिन्दगीमा, न लाए नी हुन्थ्यो

आफैं खुशी आफ्नै ताल्ले, बनमा मजुर् नाच्छ्
सान्कान्छिले पन्धेरिमा, न गाए नि हुन्थ्यो

सधैं भरी सपनीमा, न आए नि हुन्थ्यो
बिना निम्तो निदरीमा, न धाए नि हुन्थ्यो

कहानी जिन्दगीको

मिलेर लेखौं, कहानी जिन्दगीको
खुलेर लेखौं, जवानी जिन्दगीको

कथा छ बेथा छ हाम्रो जिन्दगीमा
बुझेर लेखौं, रूमानी जिन्दगीको

भएन भन्छौ, कहीले पो सिक्यौ
सिकेर लेखौं, निशानी जिन्दगीको

झरी छ साउनको मज्जा लिनु है
रूझेर लेखौं, बिहानी जिन्दगीको

रहेछ यात्रा, नटुङ्गिने कहिल्यै
झुमेर लेखौं, सुहानी जिन्दगीको 

Friday, July 3, 2015

Te quiero


Lo siento parece ser la palabra más difícil 

¿Qué tengo que hacer para que me ames? 
¿Qué tengo que hacer para hacer que te importe? 
¿Qué hago cuando un relámpago me golpea? 
Y despierto para encontrar que no estás allí 

¿Qué tengo que hacer para que me quieras? 
¿Qué tengo que hacer para ser escuchado? 
¿Qué digo cuando todo ha terminado, bebé? 
Cuando lo “siento” parece ser la palabra más difícil 

Es triste, tan triste, es una triste triste situación 
Y se ha hecho más y más absurdo 
Es triste, tan triste 
¿Porqué no podemos hablarlo? 
Oh me parece a mí, que lo “siento” parece ser la palabra más difícil 

¿Qué tengo que hacer para que me quieras? 
¿Qué tengo que hacer para ser escuchado? 
¿Qué digo cuando todo ha terminado, bebé? 
Cuando lo “siento” parece ser la palabra más difícil 

Es triste, tan triste, es una triste triste situación 
Y se ha hecho más y más absurdo 
Es triste, tan triste 
¿Porqué no podemos hablarlo? 
Oh me parece a mí, 
Que lo “siento” parece ser la palabra más difícil. 

¿Qué hago para hacer que me ames? 
¿Ohh qué tengo que hacer para ser escuchado? 
¿Qué hago cuando un relámpago me golpea, sí? 
¿Que tengo que hacer, 
Que tengo que hacer? 
Oh, cuando lo “siento” parece ser la palabra más difícil


(japanese song simply translated via google)


El cierre de la puerta de nuestra habitación
Me despedí de los recuerdos
Desde entonces, ha sido la mitad de un año
Por fin puedo sonreír
He estado ocupado
Estoy viviendo una nueva vida a mi manera

Quiero verte.
La noche quiero verte y no puedo dormir
tu calor, recuerdo este calor del brazos
y cerrar los párpados suavemente

Quería caminar detrás de tu
Quería hacer futuro contigo
Ni siquiera me doy cuenta
que no importa cómo mucho Te quiero, no sucede
Yo sólo estaba mirando a ti, amarte, dando todo a ti

Por favor no se olvide de los días que pasamos juntos
Tu no me arrepientas, ¿verdad? el hecho de que nos amábamos
Susurro,,,,, "Te quiero" Te quiero" 

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...