Sunday, May 25, 2014

केही मुक्तकहरु


 कस्तो छिमेकिको दुनियाँ भनी दर्पण हेर्दैछु म
  छुरा लुकाइ उनैको, शान्ति समर्पण हेर्दैछु म 
 मुली दर्हो नहुँदा बिग्रेको गोठ जस्तो हुँदै गयो
 लाचारी छु आमा, देशको अतिकर्मण हेर्दैछु म !!

Wednesday, May 14, 2014

गजल मनको किताब पढ्नेहरु

 कोही छ कि मेरो मनको किताब पढ्नेहरु 
 भए आउ एक्लो पनको, शिखर चढ्नेहरु!

  बहकिने मनलाई, शितलता दिन्छौ भने 
 माया सँग, रुप-धनको, लडाईं लड्नेहरु!

   पिरतीमा, जिउछु मर्छु, म भन्न सक्दिन 
पर्खि बस्छु, रन-बनको ,किनार सड्नेहरु!

   बोत्तलमा जोवन त्यसै बगाइ राख्छौ साँझ
  लर्खरिदै, घुम्दै फनको, उचाईं बड्नेहरु!

  कोही छन् कि यो आफन्तको हात थाम्नेहरु
 कोही छ कि मेरो मनको किताब पढ्नेहरु

Tuesday, May 13, 2014

जय बुद्द जय बुद्दत्व !!!

२५५८ औ बुद्द जयन्ती तथा चन्डी पुर्णिमाको उपलक्ष्यमा हार्दिक शुभकामना सहित

धर्म कर्म कता खोजु पुण्य भन्दा पाप बढे
जन्मे हुन्थ्यो फेरी बुद्ध शुभ भन्दा श्राप बढे
सुद्दोधन बिउ छर , मायादेवी भर काख 
हिमालय छहारी मुनी लुम्बिनिमा राप बढे
शान्तीशान्ती जप्दै मान्छे किन युद्द तिर बढ्छन
मन्दिर गुम्बा भन्दा अधिक मैदान तिर चाप बढे
हत्या हिन्शा गर्न हुन्न भन्थ्यौ बुद्द तर आज
लालायीत मान्छे पशुबलीमा रगतका ढाप बढे
दोश किन दिन्छौ अबतार कली लाई अब
बोके हुन्थ्यो माला बरु बगलिमा दाप बढे

आउ सबै मिली जपौ ¨बुद्दम शरणम् गच्छामी¨
एकै स्वर एकै लय ¨ॐ संघम शरणम् गछामी¨

जय बुद्द जय बुद्दत्व !!!

गजल मोडेर पाइला जब तिम्रो पच्छ्याए...

गरेर अनुरोध पियायौ तिमीले 
जोडेर दुईहात चियायौ तिमीले। 

तोडेर जानु रहेछ सम्बन्ध आज 
छातीमा छटपटी दिलायौ तिमीले। 

रहेर सम्हाली मन तिम्रो मायामा 
प्रितमा कुराआफै मिलायौ तिमीले। 

खोलेर सारादिल संसार लुटाए  
सीतझै बिहानीमा बिलायौ तिमीले। 

मोडेर पाइला जब तिम्रो पच्छ्याए 
पारेर दोधार¨श्री¨जिल्यायौ तिमीले।  

Monday, May 12, 2014

गजल - घातीले राती ब्युझाएर गयो

घातीले राती ब्युझाएर गयो
ओभानो आँखा रुझाएर गयो

निदाको पलमा बिपना लाग्ने
सपना सारा धुजाएर गयो

तुहिन बाट जोगाएर राखे
सुसुप्त मन कुजाएर गयो

अतितको याद बिर्सिदै थिए
न सम ब्याज बुझाएर गयो

यादमा बत्ती सल्काएर आए
बलेको दियो बुजाएर गयो  

गजल प्रौढ मर्की मर्की हेर्छन्

तिमी लाई मान्छेहरु फर्की फर्की हेर्छन्
डेरा सरी किन होला तर्की तर्की हेर्छन्

हिजो सम्म हाम्रो गाउँघर यस्तो थिएन
तिम्रो आगमन सबै, कर्की कर्की हेर्छन्

राज केछ मुहारमा केबल तिम्रो चर्चा
युवा मात्र हैन प्रौढ मर्की मर्की हेर्छन्

सगर बाट जुन घाम, पालै पालो गरी
परीहरु टिपी पुष्प, छर्की छर्की हेर्छन्

बषन्त पालुवामा हरियाली बाड्दै मेघ
बिज्ली गर्जी आङ्गनमा दर्की दर्की हेर्छन्



गजल-बाटाको आची चलाएर हेरे


जलेर हेरे जलाएर हेरे
रेतमा पानी तलाएर हेरे

लागेन विश्वाश अझै मलाई
टुप्पोमा आँफै पलाएर हेरे

न मल चाहिने न जल धेरै
झुटको खेती फलाएर हेरे

पानी माथिको ओभानो बनेर
छेवैको ढुङ्गो गलाएर हेरे

अदुवा हलेदो नचिने जस्तो!
बाटाको आची चलाएर हेरे 

Friday, May 9, 2014

सपना टुटाउदै छन् मेरा मेरै जिन्दगीमा

सपना टुटाउदै छन् मेरा मेरै जिन्दगीमा
बिपना फुटाउदै छन् मेरा मेरै जिन्दगीमा

माछोमाछो भ्यागुतो झुक्याय किन अती मलाई
सम्बन्ध छुटाउदै छन् मेरा मेरै जिन्दगीमा

खै?कस्तो सहयात्री बनी साथ दिए हिजो सम्म
पराई खुट्याउदै छन् मेरा मेरै जिन्दगीमा

निभेको आगो त यहाँ कसले पो ताप्छ भन्नुस्
दुश्मन जुटाउदै छन् मेरा मेरै जिन्दगीमा

धकेल्न छाडी शिखरमा खुट्टा तान्न लागि परे
¨आफन्त¨ कुटाउदै छन् मेरा मेरै जिन्दगीमा

Thursday, May 8, 2014

गजल: ईशारामा डुब्दैछु

सागर मझधारमा होइन किनारामा डुब्दैछु
आँखाको गहिराइमा होइन ईशारामा डुब्दैछु

कस्तो तिर चलायौ तिमीले भित्रभित्रै घाइते म
गजलको सतहमा होइन, मिशरामा छुप्दैछु

अचुक निशानामा परे कही कतै भाग्न सकिन
राज मात्र निशानामा होइन यी´चिरामा बुझ्दैछु

थाकेको छैन, भए चलाए हुन्छ अझै तिरहरु
ताक्छौ तिर छातीमा होइन यी´शिरामा फुक्दैछु

नखोज आइन्दा अब देखि¨आफन्त¨लाई बाहिर
पछ्यौरिको फेरोमा होइन, सितारामा लुक्दैछु



चिरा-घाऊ
शिरा-मुटुको धमनीशिरा
सितारा- महिलाले कपाल बाध्ने डोरी धागोमा हुने टल्कने 

गजल: फुकी मन्छाइ दिउला

तिमी हिंड्ने गोरेटोमा, काडा पन्छाइ दिउला 
लागोभाओ लाग्न सक्ला फुकी मन्छाइ दिउला

हात देउ साथ देउ थामी राख्छु जुनी जुनी 
चर्कदा नि दर्कदा नि छाता भै छाइ दिउला

त्यो मुहारको गीत लेख्छु गजल पनि लेख्छु
सुनी राख्ने तिमी, साँझ बिहान गाइ´दिउला

ओई! भन्दा होइ! भन, पाए भने छाया सरी
निभ्ने छैन दियो, ज्योति बनी सल्काइ दिउला

शुशेली ले बोलाउला , ईशारा ले बोलाउला
बुझिनौ भने अझै, आँखा यी झिम्काइ दिउला

Wednesday, May 7, 2014

गीत / गजल , रोउँ रोउँ लाग्यो आज

सोध्दै खोज्दै उन्को गाउँ जाउँ जाउँ लाग्यो आज
टिप्दै टिप्दै यीनै फुल, लाउँ लाउँ लाग्यो आज

कस्तो दिन आँखा जुध्यो भुल्न आज गाह्रो भयो
नाच्दै नाच्दै प्रेम गीत गाउँ गाउँ लाग्यो आज

उन्कै लागि गुन्यो चोलो मन भरी माया बोकी
दौडी दौडी भागी भागी धाउँ धाउँ लाग्यो आज

चिन्छु जस्तो लाग्छ गाउँ घर पनि किन किन
भेटी फर्की छिट्टै साँझ आउँ आउँ लाग्यो आज

दाँया होकी बाँया होला,  जाने बाटो उन्को गाउँ
सोधुं भने कोही छैन ,  रोउँ रोउँ लाग्यो आज

गजल बैशाखको खडेरीमा

बैशाखको खडेरीमा किन आगो फुक्छौ तिमी 
चिन्नुछैन अन्धेरीमा अती सार्हो भुक्छौ तिमी ?

बफादारी पनि सिमा हुन्छ, रगतको खोलो
बगाउदै पन्धेरिमा कस्को लागि लुक्छौ तिमी ?

छिन्नु आफ्नो हक अधिकार, लडी सत्रु सँग
झन्डा´ली भोकमरीमा सयौ दिन सुक्छौ तिमी ?

ईतिहास हेर हिजोको, लड्नेले के नै पाए
लालाबाला मझेरीमा उसै सामु झुक्छौ तिमी ?

आँफै खेल आफ्नो खेल छाड्देउ गोटी बन्न
सोच है! मजबुरीमा अब कती चुक्छौ तिमी ?

Tuesday, May 6, 2014

गीत - साँझपख

साँझपख नदि किनार घुम्दै हात समाइ
सुर्यास्तका लालीकिरण चुम्दै हात समाइ

संसार भुल्थे अङ्गालोमा छातीमाथि शीर
भविस्यका मिठा सपना बुन्दै हात समाइ

अहो!कती सुन्दर हेर डुब्दैजादा त्यो घाम
भोलिभेट्ने फेरी है त, झुम्दै हात समाइ

थाहै नपाई दिन बित्थे साँझहरु´नी बित्थे
हाँस्दै हसाउदै कहिले, ठुम्दै हात समाइ

हाम्रो बाल-बैन्श हेर, यी यादहरुमा रोए
भुल्न गार्हो भयो अतित चुम्दै हात समाइ

गजल - राम राम भन चाहे

खै´चिनामा लेखे जस्तो पाईन जिन्दगी , सिनेमामा देखे जस्तो पाईन जिन्दगी 

राम राम भन चाहे भन कृष्ण कृष्ण , मस्जिदमा टेके जस्तो पाईन जिन्दगी  

मलामी त निम्ता बिना काट्टो खानेहरु, जवानीमा छेके जस्तो पाईन जिन्दगी 

स्वदेश देखे बिदेश देखे घाम जुन उही , रिसानीमा फेके जस्तो पाईन जिन्दगी 

धोका खाए पोका खाए केही बाँकी छैन ,जिन्दगीले सेके जस्तो पाईन जिन्दगी

Monday, May 5, 2014

गजल एक्लै किन जल्छौ

पश्चातापको अङ्गेनिमा एक्लै किन जल्छौ
ब्यथाबोकी त्यो उकालिमा एक्लै किन गल्छौ

हामी दुइको गल्ती थियो आज तिमी एक्लै
अनायसै लौ, चौतारीमा एक्लै किन ढल्छौ

गरेका थियौ सही छाप, मिली दस्ताबेज
यसरी कालो मुहारमा एक्लै किन दल्छौ

आउ हात दिन्छु, बिगत सारा बिर्सिएर
एउटै भकुन्डो मैदानमा एक्लै किन छल्छौ

उट मन्त्री हात्ती प्युसा राजा र घोडा हुँदा
पालै पालो यो थरकीमा एक्लै किन चल्छौ




Sunday, May 4, 2014

गजल घर नम्बर याद छ

हो भिडमा थिए हिजो त्यो प्रहर याद छ
मोहनी मुस्कान उसैको, शहर याद छ

दोहोरो नशामा सायद, बिर्सियो नभन्नु
बेहोशि मा भनेका हर , बहर याद छ

उसको मात्र होइन सङ्गीहरु को सोध्नु
नाम खै कुन्नी , उभिएका लहर याद छ

एक झलकमा दिलमा डेरा जमाउनेको
बानीको के कुरा भो, सुन्ने? रहर याद छ

पछ्याउदै गए , उसैको तगारो सम्म
कसम भुल्या ´ छैन घर नम्बर याद छ





प्रित चोरेर लग्यौ गजल

आँखामा बास बसेर किन जित चोरेर लग्यौ
बोलन बोल केही त बोल प्रित चोरेर लग्यौ  

हरेक धड्कन सँगै, मलाई तड्पिन सिकाइ   
थाहै नपाइ मैले मेरो नै गीत कोरेर लग्यौ  

फिर्ता मागेकोछैन जेजे चुड्यौ तिमीले म बाट 
कसै सँग नमिले को हित चित फोरेर लग्यौ  

चुप चाप छौ कता गए हिजो का उनै हर्कत  
मन भित्रको अन्जान तिम्रै मित सोरेर लग्यौ 

छाती मा शिर राखी रुदा पाएका ति स्पर्सहरु  
भन्न लाज लाग्ने मेरा सबै रित जोरेर लग्यौ  



गजल - तिम्रो गिठो बिकेपछी

मेरा चामल कुहिदा तिम्रो पिठो बिकेपछि
भारी दाउरा नबिकी तिम्रो सिट्ठो बिकेपछि

बोल्नेको चामल भन्दा पोल्नेको पिठो उत्तम
सक्रान्ती तरुल भन्दा तिम्रो गिठो बिकेपछि

छिप्छिपेमा हात डोबी सागरमा चोब्न जाने
डिटर्जेन्ट बजार मा,तिम्रो रिठो बिकेपछि

खानैछाडे झिनुवाको उसिनेकोमा पल्केपछी
हलुवाको दुकानमा, तिम्रो लिटो बिकेपछि
 
किन छर्छौ सहानुभुतिका, खाली पर्चाहरु
हुकुमी धरातल मा तिम्रो, बिटो बिकेपछि



Saturday, May 3, 2014

क्रमश: थप्दै जाने ...

&&&
अझै तिमी सँग भए पिडा दिएर जाउ
एक छिन पर्खि अरु आशु लिएर जाउ

आगमनमा जस्तो उल्लाहास छैन आज
मेरो बिन्ती केही क्षण सँगै जिएर जाउ

आउन्न भनी कसम त खायौ तिमीले
काट्दैछु यी आँफैलाई खुन पिएर जाउ

&
तिमी सागर थियौ र त म मोती बटुल्दै छु
होनी चन्द्रमा थियौ र त म ज्योति बटुल्दै छु

&
सपना बाड्नेहरु रात पर्खदैनन् (posted fb)
सराब पिउनेहरु मात पर्खदैनन्
&&&&
आफन्तका केही मुक्तकहरु (published on fb 4 may)

सिरेटो छिर्दा कुटि भित्र चिसिगए रातहरु 
प्रहर नयन बिष: मर्दा, सिद्दिगए मातहरु  

मुहार दर्पण फुटी गिर्दा, रित्तिगए हातहरु
गरिबिले घुम्टो हाल्दा, लत्ताइगए साथहरु

बेहोशिमा बोल्दा आज खै  मेटिगए बातहरु
झोली खोल्दा प्रेम पत्रका, भेटिगए खातहरु

सोझो हुँदा माया-प्रेममा सहिगए  घातहरु
चक्रब्युहमा पर्दा आज  ओहिरिगए लातहरु

&&&
जब म सागर थिए लहर छुन सकिनौ 
छुपायौ आफ्नै मुहार रहर हुन सकिनौ 

गहिराइको मोती दिदा फालेर गयौ किन 
ओकल्यौ मनको हिजो जहर धुन सकिनौ 

ती बस्तिमा मेहफिल सजे गैर हाजिरिमा 
हास्न भुल्यौभुल्यौ एक प्रहर रुन सकिनौ 


&& jhutre jetha posted
होसियार बास बसी धुरी काट्दैछन् 
हेर हतियार सँग, मुरी साट्दैछन्

साँझका पाहुना हुन् भनेर भएन नी 
बाध्नलाई सबै जेथा डोरी बाट्दैछन्

&&/&& posted muktakila manaharu

जती प्यारो लाग्छ जुन उती टाढा हुन्छ 
बिर्सु भन्दा निश्ठुरिको याद गाढा हुन्छ 

मलाई मात्र हो की कसो तिम्लाई पनि ?
पाइलै पिच्छे जा´टेक्छु तिखा काडा हुन्छ 
---------------
सुन्दैछु बस्ती बस्ती जताततै बबाल हुँदैछ 
बिदेश जाने रहर मा, उतै हलाल हुँदैछ 

भेना पासपोर्ट बनाउनु भयो त सोध्दै थियो 
दाइको माहिलो सालो´नी कतै दलाल हुँदैछ







गजल - जिन्दगीलाई सलाम छ

हाँस्दाहाँस्दै रुन सिकाउने जिन्दगीलाई सलाम छ
जिन्दगीमा रुन सिकाउने जिन्दगीलाई सलाम छ

बिना कम्प नै तरङ्ग किनार सम्म आउँदा पनि
सागरै मा  हुन सिकाउने जिन्दगीलाई सलाम छ

धुवाका मुस्लोहरु मा सप्त रङ्गहरु खोजी खोजी
आशुले नै धुन सिकाउने जिन्दगीलाई सलाम छ

मोह र त्रिस्णा समानन्तर परिभाषा मायालु सँग
शन्कैशन्का छुन सिकाउने जिन्दगीलाई सलाम छ

भित्र मरेर आँफै दुनियाँ बाच्न सिकाउनेहरु लाई
अध्यारोमा ज्युन  सिकाउने जिन्दगीलाई सलाम छ

कसले कसरी कस्तो व्याख्या गर्छन् जिन्दगीको यहाँ
मरी बाँच्न पुन: सिकाउने जिन्दगीलाई सलाम छ  

मेरा कबिताहरु !

मेरा कबिताहरु !

किन अबमुल्यन हुँदैछन् ?
मेरा कबिताहरु
हो म स्थापित कबी होइन
बिस्थापित पनि छैन
वास्तवमा म कबी पनि होइन,
तर मेरा भावनाहरु कबिता??
हुन्, छन् र रहनेछन्।
घसिटपसिट शब्दहरु छैनन्
जे छन् यथार्थ र सरलिकरण छन्,
तर आधुनिक
सम,देवकोटा,शिरोमणीहरुको
माहोलमा अबमुल्यन हुन थालएका छन्
मेरा कबिताहरु।
कसैले कलम थमाएका होइनन्
मेरा हातमा,स्व-स्फुर्त चलेका हुन्
कुनै क्रान्तिको छलाङ मारेका नहोलान्
कुनै स्वघोसित महाकबिको ¨तथास्तु¨
नभेटेका पनि होलान् तर,
कबिताका तत्व छन् जहाँ
मानबताका प्रेम र क्रन्दन छन् तहा,
परन्तु किन, लत्याइदै छन्
मेरा कबिताहरु
बोल्नेको पिठो भएको छ
दुश्मनहरुलाई मिठो भएका छ्न्
मेरा कबिताहरु,
सहस्राब्दिका ज्वलन्त वास्तबिकता छ्न्
आजको समाज र समाजको बाटो
इन्कित छन्,अन्कित हुँदाहुँदै पनि
किन धरासायी पारीदैछन्
मेरा कबिताहरु,
जहाँ माया प्रितीका दोहोरी छन्
राता झन्डा उचालेका क्रान्तिका गीत छन्
कान्दा र बादरमुढेका चित्कार छन्
कर्णाली र भेरीका सचित्र बर्णन छन्
गौतम बुद्ध र सगरमाथालाई सँगसङै बोकेका छन्
मालश्री र सारङ्गीका धुनमा बज्न सक्छन्
बिहानी पखको जुन सँग रुन सक्छन्
मायालुहरुको मन हुन सक्छन्
मेरा कबिताहरु
शेल्ली र शेक्स्पियरका अनुवाद होइनन्
न कुनै आफन्तीका भावानुवाद हुन्
नितान्त मौलिक छन्
मेरा कबिताहरु,
तर किन बन्चित छन्
कबिताहरुको सागर बाट?
हृदयका सन्चित चाहना
गतिशिल र चेतनशिल छन्
मेरा कबिताहरु!
अहम् होइनन् मेरा शब्दहरु आज
केबल, उज्यालो खोज्दैछन्
कदर होस् भनी गुनासो पोख्दै छन्
गहिराइ मा छन् मेरा कबिताहरु
छिपछिपे हिलोमा मात्र होइनन् ।

श्रीभक्त पौडेल
रामपुर चितवन
हाल स्पेन
३ मे, २०१४

गीत /गजल:जिताइदिन्थे जिन्दगीमा

गीत /गजल
......................
आएहुन्थ्यो निस्ठुरी राशी जिताइदिन्थे जिन्दगीमा
अङ्गालो मा उसको हासी बिताइदिन्थे जिन्दगीमा
गुलाबी साँझहरु एकान्तमा एक्लै टोलाएर कट्छन्
फुलै फुलको माला गासी, पहिरी दिन्थे जिन्दगीमा
फुलबारिमा रमाउछु, भमरा सँग गीत प्रित साट्दै
तस्बिर यो छातीमा टासी कटाइदिन्थे जिन्दगीमा
गाएहुन्थ्यो मधुर गीत घन्काएर यी बनपाखाहरु
गुलाब का काडा तासी नचाइ दिन्थे जिन्दगीमा
छाएहुन्थ्यो नी बादल बनी माथिमाथि आकाशैमा
बनी ¨श्री¨को फराहा दासी रमाइदिन्थे जिन्दगीमा
.............................
राशी:धनको थुप्रो
तासी:ताछेर

गजल :अप्सराहरु लाज मान्न थाले

मेरा के कुरा अप्सराहरु लाज मान्न थाले 
गजल का ती उपमाहरु ताज मान्न थाले 

उफ!तिनै काफिया चस्काउने मन यो त्यसै 
हर बहर का शब्दहरु, नाज मान्न थाले

भिन्चिका रङ्ग उडे तिमीले कलम समाउदा
फेरी उनै मोनालिशाहरु, साज मान्न थाले

नगर बयान त्यसरी , ती मुस्कानहरुमा
आफ्नै मिलेका लहरहरु, राज मान्न थाले

मुहार देखाउन सकेनन् , किन हो शहरमा
नभएका खुशी पर्बहरु, आज मान्न थाले 

Friday, May 2, 2014

केही मुक्तक/हाइकु

केही मुक्तक

रुमलिएको मायामा जिउदैछु म
धमिलिएको छायामा पिउदैछु म
टुक्रा टुक्रा टुटेर,फुटेको छाती मेरो
अमिलिएको कायामा सिउदैछु म

कसलाई के थाहा भोली के हुँदैछ
सकरात्मक सोचौ भोली जे हुँदैछ
हाहाकार होस् कि जयजयकार होस्
हेर्नुछ दुई आँखा खोली, के हुँदैछ

कस्तो तिम्रो रङ स्वाद पनि त्यस्तै
कसम ढाटेको हैन याद पनि उस्तै
पानी परोस कि आधी तुफान बाहिर
नसकिने बोतलको म्याद झनै त्यस्तै

हाइकु केही
परेवा उड्यो
उस्तै छन् भाषण
श्रम दिवश

हत्यारा घुम्यो
कानुनले देखेन
चोर फासीमा

नयाँ त नयाँ
पुराना पनि उस्तै
आजका जोगी!

एक छिनमा
करोड त सकियो
लाखका कुरा!!!

म पनि हासे /भोगेको उहिल्यै हो /फेसबुक ले



Thursday, May 1, 2014

गजल जलेको छु म

गुलाबी भुल भित्र, जलेको छु म
सराबी धुल भित्र, बलेको छु म

डुबेर खोज मेरा, हेराइ हरुमा
छातीको शुल भित्र, गलेको छु म

नजाउ मेरा रङ्गिन अधरहरुमा
बैशाखी फुल भित्र, चलेको छु म

रमिते भा´छु आज शहरमा हेर
अन्जान हुल भित्र, छलेको छु म

जस्तो देख्छौ त्यस्तो छैन यो आफन्त
नशालु पुल भित्र, ढलेको छु म

बैशाखी (सहारा लिएर)
छलेको(छलिएको) 

घोचो १

 (दोश्रो कोशीस)

काडाले घोच्छ भन्थे कोपिलाले घोच्यो मलाई
तिरले भन्दा भन्दै, बचनले रोप्यो मलाई
कमलको मौषममा गुलाबमा आँखा लाग्यो
प्रितको बगानमा, बारुलाले छोप्यो मलाई
तिरले भन्दा भन्दै, बचनले रोप्यो मलाई
प्रितको बगानमा, बारुलाले छोप्यो मलाई
--------------------------------------------------
घोचो २ 

सल्लाह जान्ने भए मान्छे बन्दुक किन बोक्थे 
सहमती जान्ने भए मान्छे मान्छे किन टोक्थे 

मेरा गोरुका बार्है टक्का नत्र राके जुलुश
सुझाब सुने औठा छापे टाउको किन ठोक्थे 

सहमती जान्ने भए मान्छे मान्छे किन टोक्थे
सुझाब सुने औठा छापे टाउको किन ठोक्थे

These 2 GHOCHOS were completely new creations of mine...

1st May,2014.

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...