Monday, May 12, 2014

गजल - घातीले राती ब्युझाएर गयो

घातीले राती ब्युझाएर गयो
ओभानो आँखा रुझाएर गयो

निदाको पलमा बिपना लाग्ने
सपना सारा धुजाएर गयो

तुहिन बाट जोगाएर राखे
सुसुप्त मन कुजाएर गयो

अतितको याद बिर्सिदै थिए
न सम ब्याज बुझाएर गयो

यादमा बत्ती सल्काएर आए
बलेको दियो बुजाएर गयो  

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...