Monday, May 12, 2014

गजल - घातीले राती ब्युझाएर गयो

घातीले राती ब्युझाएर गयो
ओभानो आँखा रुझाएर गयो

निदाको पलमा बिपना लाग्ने
सपना सारा धुजाएर गयो

तुहिन बाट जोगाएर राखे
सुसुप्त मन कुजाएर गयो

अतितको याद बिर्सिदै थिए
न सम ब्याज बुझाएर गयो

यादमा बत्ती सल्काएर आए
बलेको दियो बुजाएर गयो  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...