Friday, May 2, 2014

केही मुक्तक/हाइकु

केही मुक्तक

रुमलिएको मायामा जिउदैछु म
धमिलिएको छायामा पिउदैछु म
टुक्रा टुक्रा टुटेर,फुटेको छाती मेरो
अमिलिएको कायामा सिउदैछु म

कसलाई के थाहा भोली के हुँदैछ
सकरात्मक सोचौ भोली जे हुँदैछ
हाहाकार होस् कि जयजयकार होस्
हेर्नुछ दुई आँखा खोली, के हुँदैछ

कस्तो तिम्रो रङ स्वाद पनि त्यस्तै
कसम ढाटेको हैन याद पनि उस्तै
पानी परोस कि आधी तुफान बाहिर
नसकिने बोतलको म्याद झनै त्यस्तै

हाइकु केही
परेवा उड्यो
उस्तै छन् भाषण
श्रम दिवश

हत्यारा घुम्यो
कानुनले देखेन
चोर फासीमा

नयाँ त नयाँ
पुराना पनि उस्तै
आजका जोगी!

एक छिनमा
करोड त सकियो
लाखका कुरा!!!

म पनि हासे /भोगेको उहिल्यै हो /फेसबुक ले



No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...