Thursday, May 1, 2014

गजल जलेको छु म

गुलाबी भुल भित्र, जलेको छु म
सराबी धुल भित्र, बलेको छु म

डुबेर खोज मेरा, हेराइ हरुमा
छातीको शुल भित्र, गलेको छु म

नजाउ मेरा रङ्गिन अधरहरुमा
बैशाखी फुल भित्र, चलेको छु म

रमिते भा´छु आज शहरमा हेर
अन्जान हुल भित्र, छलेको छु म

जस्तो देख्छौ त्यस्तो छैन यो आफन्त
नशालु पुल भित्र, ढलेको छु म

बैशाखी (सहारा लिएर)
छलेको(छलिएको) 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...