Thursday, May 1, 2014

गजल जलेको छु म

गुलाबी भुल भित्र, जलेको छु म
सराबी धुल भित्र, बलेको छु म

डुबेर खोज मेरा, हेराइ हरुमा
छातीको शुल भित्र, गलेको छु म

नजाउ मेरा रङ्गिन अधरहरुमा
बैशाखी फुल भित्र, चलेको छु म

रमिते भा´छु आज शहरमा हेर
अन्जान हुल भित्र, छलेको छु म

जस्तो देख्छौ त्यस्तो छैन यो आफन्त
नशालु पुल भित्र, ढलेको छु म

बैशाखी (सहारा लिएर)
छलेको(छलिएको) 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...