Tuesday, May 13, 2014

गजल मोडेर पाइला जब तिम्रो पच्छ्याए...

गरेर अनुरोध पियायौ तिमीले 
जोडेर दुईहात चियायौ तिमीले। 

तोडेर जानु रहेछ सम्बन्ध आज 
छातीमा छटपटी दिलायौ तिमीले। 

रहेर सम्हाली मन तिम्रो मायामा 
प्रितमा कुराआफै मिलायौ तिमीले। 

खोलेर सारादिल संसार लुटाए  
सीतझै बिहानीमा बिलायौ तिमीले। 

मोडेर पाइला जब तिम्रो पच्छ्याए 
पारेर दोधार¨श्री¨जिल्यायौ तिमीले।  

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...