Tuesday, May 13, 2014

गजल मोडेर पाइला जब तिम्रो पच्छ्याए...

गरेर अनुरोध पियायौ तिमीले 
जोडेर दुईहात चियायौ तिमीले। 

तोडेर जानु रहेछ सम्बन्ध आज 
छातीमा छटपटी दिलायौ तिमीले। 

रहेर सम्हाली मन तिम्रो मायामा 
प्रितमा कुराआफै मिलायौ तिमीले। 

खोलेर सारादिल संसार लुटाए  
सीतझै बिहानीमा बिलायौ तिमीले। 

मोडेर पाइला जब तिम्रो पच्छ्याए 
पारेर दोधार¨श्री¨जिल्यायौ तिमीले।  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...