Wednesday, May 7, 2014

गजल बैशाखको खडेरीमा

बैशाखको खडेरीमा किन आगो फुक्छौ तिमी 
चिन्नुछैन अन्धेरीमा अती सार्हो भुक्छौ तिमी ?

बफादारी पनि सिमा हुन्छ, रगतको खोलो
बगाउदै पन्धेरिमा कस्को लागि लुक्छौ तिमी ?

छिन्नु आफ्नो हक अधिकार, लडी सत्रु सँग
झन्डा´ली भोकमरीमा सयौ दिन सुक्छौ तिमी ?

ईतिहास हेर हिजोको, लड्नेले के नै पाए
लालाबाला मझेरीमा उसै सामु झुक्छौ तिमी ?

आँफै खेल आफ्नो खेल छाड्देउ गोटी बन्न
सोच है! मजबुरीमा अब कती चुक्छौ तिमी ?

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...