Wednesday, May 7, 2014

गजल बैशाखको खडेरीमा

बैशाखको खडेरीमा किन आगो फुक्छौ तिमी 
चिन्नुछैन अन्धेरीमा अती सार्हो भुक्छौ तिमी ?

बफादारी पनि सिमा हुन्छ, रगतको खोलो
बगाउदै पन्धेरिमा कस्को लागि लुक्छौ तिमी ?

छिन्नु आफ्नो हक अधिकार, लडी सत्रु सँग
झन्डा´ली भोकमरीमा सयौ दिन सुक्छौ तिमी ?

ईतिहास हेर हिजोको, लड्नेले के नै पाए
लालाबाला मझेरीमा उसै सामु झुक्छौ तिमी ?

आँफै खेल आफ्नो खेल छाड्देउ गोटी बन्न
सोच है! मजबुरीमा अब कती चुक्छौ तिमी ?

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...