Thursday, May 8, 2014

गजल: फुकी मन्छाइ दिउला

तिमी हिंड्ने गोरेटोमा, काडा पन्छाइ दिउला 
लागोभाओ लाग्न सक्ला फुकी मन्छाइ दिउला

हात देउ साथ देउ थामी राख्छु जुनी जुनी 
चर्कदा नि दर्कदा नि छाता भै छाइ दिउला

त्यो मुहारको गीत लेख्छु गजल पनि लेख्छु
सुनी राख्ने तिमी, साँझ बिहान गाइ´दिउला

ओई! भन्दा होइ! भन, पाए भने छाया सरी
निभ्ने छैन दियो, ज्योति बनी सल्काइ दिउला

शुशेली ले बोलाउला , ईशारा ले बोलाउला
बुझिनौ भने अझै, आँखा यी झिम्काइ दिउला

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...