Thursday, May 8, 2014

गजल: फुकी मन्छाइ दिउला

तिमी हिंड्ने गोरेटोमा, काडा पन्छाइ दिउला 
लागोभाओ लाग्न सक्ला फुकी मन्छाइ दिउला

हात देउ साथ देउ थामी राख्छु जुनी जुनी 
चर्कदा नि दर्कदा नि छाता भै छाइ दिउला

त्यो मुहारको गीत लेख्छु गजल पनि लेख्छु
सुनी राख्ने तिमी, साँझ बिहान गाइ´दिउला

ओई! भन्दा होइ! भन, पाए भने छाया सरी
निभ्ने छैन दियो, ज्योति बनी सल्काइ दिउला

शुशेली ले बोलाउला , ईशारा ले बोलाउला
बुझिनौ भने अझै, आँखा यी झिम्काइ दिउला

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...