Sunday, May 4, 2014

गजल घर नम्बर याद छ

हो भिडमा थिए हिजो त्यो प्रहर याद छ
मोहनी मुस्कान उसैको, शहर याद छ

दोहोरो नशामा सायद, बिर्सियो नभन्नु
बेहोशि मा भनेका हर , बहर याद छ

उसको मात्र होइन सङ्गीहरु को सोध्नु
नाम खै कुन्नी , उभिएका लहर याद छ

एक झलकमा दिलमा डेरा जमाउनेको
बानीको के कुरा भो, सुन्ने? रहर याद छ

पछ्याउदै गए , उसैको तगारो सम्म
कसम भुल्या ´ छैन घर नम्बर याद छ





No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...