Sunday, May 4, 2014

गजल घर नम्बर याद छ

हो भिडमा थिए हिजो त्यो प्रहर याद छ
मोहनी मुस्कान उसैको, शहर याद छ

दोहोरो नशामा सायद, बिर्सियो नभन्नु
बेहोशि मा भनेका हर , बहर याद छ

उसको मात्र होइन सङ्गीहरु को सोध्नु
नाम खै कुन्नी , उभिएका लहर याद छ

एक झलकमा दिलमा डेरा जमाउनेको
बानीको के कुरा भो, सुन्ने? रहर याद छ

पछ्याउदै गए , उसैको तगारो सम्म
कसम भुल्या ´ छैन घर नम्बर याद छ





No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...