Tuesday, May 13, 2014

जय बुद्द जय बुद्दत्व !!!

२५५८ औ बुद्द जयन्ती तथा चन्डी पुर्णिमाको उपलक्ष्यमा हार्दिक शुभकामना सहित

धर्म कर्म कता खोजु पुण्य भन्दा पाप बढे
जन्मे हुन्थ्यो फेरी बुद्ध शुभ भन्दा श्राप बढे
सुद्दोधन बिउ छर , मायादेवी भर काख 
हिमालय छहारी मुनी लुम्बिनिमा राप बढे
शान्तीशान्ती जप्दै मान्छे किन युद्द तिर बढ्छन
मन्दिर गुम्बा भन्दा अधिक मैदान तिर चाप बढे
हत्या हिन्शा गर्न हुन्न भन्थ्यौ बुद्द तर आज
लालायीत मान्छे पशुबलीमा रगतका ढाप बढे
दोश किन दिन्छौ अबतार कली लाई अब
बोके हुन्थ्यो माला बरु बगलिमा दाप बढे

आउ सबै मिली जपौ ¨बुद्दम शरणम् गच्छामी¨
एकै स्वर एकै लय ¨ॐ संघम शरणम् गछामी¨

जय बुद्द जय बुद्दत्व !!!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...