Wednesday, May 14, 2014

गजल मनको किताब पढ्नेहरु

 कोही छ कि मेरो मनको किताब पढ्नेहरु 
 भए आउ एक्लो पनको, शिखर चढ्नेहरु!

  बहकिने मनलाई, शितलता दिन्छौ भने 
 माया सँग, रुप-धनको, लडाईं लड्नेहरु!

   पिरतीमा, जिउछु मर्छु, म भन्न सक्दिन 
पर्खि बस्छु, रन-बनको ,किनार सड्नेहरु!

   बोत्तलमा जोवन त्यसै बगाइ राख्छौ साँझ
  लर्खरिदै, घुम्दै फनको, उचाईं बड्नेहरु!

  कोही छन् कि यो आफन्तको हात थाम्नेहरु
 कोही छ कि मेरो मनको किताब पढ्नेहरु

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...