Tuesday, May 6, 2014

गजल - राम राम भन चाहे

खै´चिनामा लेखे जस्तो पाईन जिन्दगी , सिनेमामा देखे जस्तो पाईन जिन्दगी 

राम राम भन चाहे भन कृष्ण कृष्ण , मस्जिदमा टेके जस्तो पाईन जिन्दगी  

मलामी त निम्ता बिना काट्टो खानेहरु, जवानीमा छेके जस्तो पाईन जिन्दगी 

स्वदेश देखे बिदेश देखे घाम जुन उही , रिसानीमा फेके जस्तो पाईन जिन्दगी 

धोका खाए पोका खाए केही बाँकी छैन ,जिन्दगीले सेके जस्तो पाईन जिन्दगी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...