Tuesday, May 6, 2014

गजल - राम राम भन चाहे

खै´चिनामा लेखे जस्तो पाईन जिन्दगी , सिनेमामा देखे जस्तो पाईन जिन्दगी 

राम राम भन चाहे भन कृष्ण कृष्ण , मस्जिदमा टेके जस्तो पाईन जिन्दगी  

मलामी त निम्ता बिना काट्टो खानेहरु, जवानीमा छेके जस्तो पाईन जिन्दगी 

स्वदेश देखे बिदेश देखे घाम जुन उही , रिसानीमा फेके जस्तो पाईन जिन्दगी 

धोका खाए पोका खाए केही बाँकी छैन ,जिन्दगीले सेके जस्तो पाईन जिन्दगी

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...