Monday, May 5, 2014

गजल एक्लै किन जल्छौ

पश्चातापको अङ्गेनिमा एक्लै किन जल्छौ
ब्यथाबोकी त्यो उकालिमा एक्लै किन गल्छौ

हामी दुइको गल्ती थियो आज तिमी एक्लै
अनायसै लौ, चौतारीमा एक्लै किन ढल्छौ

गरेका थियौ सही छाप, मिली दस्ताबेज
यसरी कालो मुहारमा एक्लै किन दल्छौ

आउ हात दिन्छु, बिगत सारा बिर्सिएर
एउटै भकुन्डो मैदानमा एक्लै किन छल्छौ

उट मन्त्री हात्ती प्युसा राजा र घोडा हुँदा
पालै पालो यो थरकीमा एक्लै किन चल्छौ




No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...